मंसिर १५, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
२ नम्बर प्रदेशको नामकरणका विषयमा सोमवार बसेको संसदीय विशेष समितिको पहिलो बैठकमा राजनीतिक दलले आ–आफ्नै प्रस्तावमा अडान यथावत् राखेका छन् ।
उपसभामुख उपमा देबको अध्यक्षतामा सोमवार बसेको प्रदेशको नामकरण तथा राजधानी सम्बन्धी अध्ययन विशेष समितिको बैठकमा सबै राजनीतिक दलले दलगत प्रस्ताव अनुसार नै सहमति हुनुपर्ने अडान राख्दा सर्वसम्मत सहमति हुन सकेको छैन ।
बैठकमा सहभागी भएका समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादवले सबै राजनीतिक दलका सांसदले आफ्नो नाममा सहमति कायम गर्न एकअर्कालाई आग्रह गरेको बताए । ‘सबै दलको फरक–फरक प्रस्ताव भएपनि पहिचानलाई आधार मानेर प्रदेशको नामकरण गर्नुपर्नेमा भने सबैले आफ्नो धारणा राख्नुभयो,’ यादवले लोकान्तरसँग भने, ‘पहिलो बैठक भएका कारण सहमति जुट्न नसकेपनि नाममा पनि सहमति जुट्नेमा भने सबै जना आशावादी नै छौं ।’
प्रदेश सरकारको नेतृत्व गरिरहेका समाजवादी पार्टी र गठबन्धनका घटक दल राजपा नेपालले भने प्रदेशको नाम ‘मधेश प्रदेश’ हुनुपर्छ भन्ने प्रदेश सभामा दर्ता गराएको प्रस्तावमा सहमति कायम गर्न आग्रह गरेको भएपनि प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेसले मान्न तयार नभएको राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह सुडीले बताए ।
बैठकमा सहभागी नेकपाकी सांसद शारदा थापा पनि आफ्नो दलगत प्रस्ताव ‘जानकी’ प्रदेशमा नै सहमत हुन अन्य सांसदलाई आग्रह गरेको बताउँछिन् । ‘जानकी प्रदेशको प्रमुख पहिचानको आधार हुनुका साथै महिला शक्तिको समेत सम्बोधन हुने हुँदा जानकी प्रदेश नै कायम हुनुपर्ने भनेर मैले भनेकी छु,’ थापाले भनिन्, ‘पितृसत्तात्मक सोचभन्दा मातृसत्तात्मक सोचसहित पहिचानलाई आधार मानेर प्रदेशको नाम राख्नुपर्नेमा हामीले जोड दियौं ।’
बैठकमा उपस्थित नेपाली कांग्रेसका सांसद नरेश यादवले पनि नेपाली कांग्रेसको प्रस्ताव ‘मिथिला–भोजपुरा प्रदेश’लाई स्वीकार गर्न आग्रह गरेको बताउँछन् । ‘बैठकमा सबै नाम माथि आ–आफ्नो अडान सबै जनाले कायमै राख्नुभयो,’ नेपाली कांग्रेसका सांसद यादवले भने, ‘तर सबै दलले आफ्नो अडान कायम राखेपनि आ–आफ्नो अडानबाट पछि हटेर बीचको कुनै अर्को नाममा सहमति हुनसक्ने संकेत र लचकता पनि सबैले देखाउनुभयो ।’
बैठकमा सहभागी राजपा नेपालकी सांसद रानी शर्मा तिवारीले पनि सबै दल आगामी दिनमा लचकताका साथ प्रस्तुत भएर सर्वसम्मत तरिकाले नाममा पनि सहमति जुटाउनेमा भने सकारात्मक नै देखिएको उनले बताइन् । ‘सबै आ–आफ्नो अडानबाट हटेर नयाँ नाम ल्याए सहमति हुनेमा भने प्रबल सम्भावना छ,’ नेकपा सांसद थापाले समेत भनिन्, ‘जसरी राजधानीमा हामी सबै सर्वसम्मतले एउटा नाम राख्न सफल भयौं, त्यसैगरी प्रदेशको नाममा समेत सहमति हुने सम्भावना बढ्दै गएको छ ।’ आगामी दिनमा बस्ने समितिको बैठकमा सबै दललाई मान्य हुने गरी नयाँ नामको प्रस्ताव समेत आउन सक्ने उनले बताइन् ।
मधेश प्रदेश, जानकी प्रदेश, मिथिला भोजपुरा प्रदेश, मध्य मधेश प्रदेश, मिथिला भोजपुरा मधेशसहित ५ वटा नाम प्रदेश सभामा दर्ता भएको छ । ती ५ मध्ये तल–माथि गरेर नयाँ नाममा सहमति जुटाउने तयारीमा समिति लागेका छन् ।
प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपाको ३२, समाजवादीको ३०, राजपाको २५, नेपाली कांग्रेसको १९ र नेपाल संघीय समाजवादी पार्टीको १ गरेर कूल १०७ जना सदस्य छन् । कुनै पनि दलसँग दुईतिहाइ बहुमत नरहेका कारण कम्तिमा पनि ३ वटा दल एकठाउँमा आउनैपर्ने बाध्यता छ । समितिको आगामी बैठक माघ १८ गतेका लागि बोलाइएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...