×

NMB BANK
NIC ASIA

कांग्रेस विवादको मध्यमार्गी समाधान - फर्किए विधानका निलम्बित धाराहरू !

माघ १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले २०७७ सालको फागुनमा महाधिवेशन गर्ने मिति यथावत राखेर अन्य अधिवेशनको मिति सार्ने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय महाधिवेशनको मिति यसअघिकै बैठकले तय गरेअनुसार हुने निर्णय गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै कांग्रेसको १४ औं महाधिवेशन २०७७ सालको फागुन ७ गतेदेखि १० गतेसम्म हुने भएको हो ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय समिति सदस्य नविन्द्रराज जोशीले लोकान्तरलाई अन्य अधिवेशनको मिति सार्ने सहमति भएको बताए । त्यससँगै बैठकले क्रियाशील सदस्यता छानबिनका लागि ७ सदस्सीय समिति बनाउने निर्णय गरेको छ ।

Vianet communication
Laxmi Bank

'सदस्यको नाम आएको छैन, ७ सदस्सीय समिति बनाउने निर्णय मात्र भएको छ,' जोशीले भने, 'यससँगै क्रियाशील सदस्यतासम्बन्धी धारा निलम्बन गर्ने गत पुस ११ गतेको बैठकको निर्णय उल्टिएको छ ।'

क्रियाशील सदस्यतासम्बन्धी धाराहरू ४ (२), ४ (१०) (ञ), ४ (१२) (ख), ३५ (२) (घ) र ५० (६) मा रहेको व्यवस्था निलम्बन गर्ने यसअघिको बैठकको निर्णयलाई सोमवारको बैठकले उल्ट्याएको हो ।

जोशीले आज यी दुई विषयबाहेक अन्य कुनै निर्णय नभएको बताए । सोमवार नै बस्ने बैठकले भातृसंगठन नेपाल विद्यार्थी संघको तदर्थ कमिटी गठन गर्ने अपेक्षा गरिएको थियो ।

तर केन्द्रीय समितिको बैठक बस्नुभन्दा अघि पार्टी केन्द्रीय कार्यालय सानेपामा देउवा पक्षधर र सिटौला पक्षधर विद्यार्थीबीच झडप भएको थियो । 'त्यही संवेदनशीलतालाई ख्याल गरेर आज नेविसंघसम्बन्धी केही पनि निर्णय गरिएन,' अर्का एक केन्द्रीय सदस्यले लोकान्तरसँग भने ।

नेविसंघसम्बन्धी निर्णय आगामी बस्ने बैठकले लिने उनको भनाइ थियो ।

सोमवार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसमेत सहभागी थिए । यसअघि वरिष्ठ नेता पौडेलले गत पुस ११ गतेको निर्णय फिर्ता नलिएसम्म औपचारिक बैठकमा सामेल नहुने अडान लिएका थिए ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच देखिएको विवाद समाधान गर्न दोस्रो तहका नेताहरूले प्रयास गरिरहेका थिए । विवाद समाधानका निम्ति उपसभापति विमलेन्द्र निधि, नेता प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले धेरै चरणको छलफल गर्नुपरेको थियो ।

केही दिन अघि सभापति देउवानिवास बुढानीलकण्ठमा बसेको बैठकले सहमतिका लागि आधार तयार गरेको थियो । त्यतिबेला नै केन्द्रीय महाधिवेशनको मिति हेरफेर नगरी अन्य अधिवेशनको मिति हेरफेर गर्न सकिने, क्रियाशील सदस्यता छानबिन गर्न समिति गठन गर्न सकिने र नेविसंघको नयाँ तदर्थ कमिटीमा सबैतिरबाट प्रतिनिधित्व हुने गरी निर्माण गर्न सकिने मोटामोटी सहमति जुटेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x