ललितपुर र काभ्रेमा राजनीतिक संरक्षणमै क्रसर उद्योग चलेका छन् : सांसद श्रेष्ठ

बागमती प्रदेशसभा सांसद बिराजभक्त श्रेष्ठले प्रदेशमा रहेका अवैध क्रसर उद्योगलाई नियमन र नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्।

सोमबार हेटौडामा प्रदेश सभाको विशेष समयमा बोल्दै श्रेष्ठले यस्तो धारणा राखेका हुन्। 
 
‘राजनीतिक संरक्षणमै खासगरी ललितपुर र काभ्रेको क्रसर उद्योगहरु कानूनै नभएजस्तो गरी अवैधानिक तरिकाले चलिराखेकोमा सार्वजनिक लेखा समिति र सरकारको ध्यानाकर्षण गराँउछु,’ सांसद श्रेष्ठले भने।


Advertisement

उनले रोष्ट्रमबाटै लेखा समितिले विगतमा गरेका अनुगमनको कार्यान्वयनको स्थिति समेत माग गरेका थिए ।

विकास निर्माण गर्दा समाजिक र पर्यावरणीय पक्षलाई अत्यन्तै महत्व दिनुपर्ने उनको भनाइ छ।


Advertisement

सोमबार नै दोस्रोपटक बसेको सदनमा प्रदेश भित्र सुशासनको प्रत्याभुति गर्न बनेको विधेयकमा समेत छलफल भएको थियो । विधेयकको छलफलमा भाग लिँदै श्रेष्ठले विधेयकको स्वागत र सम्मान गरेको बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्