×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेश घुम्ने पर्यटकको संख्या घटेको छ। अघिल्लो महिना तुलनामा सन् २०१९ डिसेम्बरमा प्रदेश घुम्ने पर्यटकको संख्या घटेको हो। 

Muktinath Bank

नोभेम्बरमा २५ हजार ३ सय ५६ पर्यटकले गण्डकी भ्रमण गरेकोमा डिसेम्बरमा यो संख्या झण्डै आधाले घटेको छ। नेपाल पर्यटन बोर्डका अनुसार डिसेम्बरमा १६ हजार ७ सय ६३ जना पर्यटकले मात्र गण्डकी प्रदेश भ्रमण गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अक्टुबरमा गण्डकी प्रदेश भ्रमण गर्नेको संख्या २४ हजार ४ सय ७७ थियो। अक्टोबर र नोभेम्बर पर्यटकीय आगमनका हिसाबले व्यस्त सिजन भए पनि डिसेम्बरमा पर्यटक घटेको नेपाल पर्यटन बोर्डले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

पछिल्लो समय गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपाल पर्यटन बोर्ड, पोखराले प्रदेश घुम्ने पर्यटकको तथ्यांक राख्न थालेको छ। 

Vianet communication
Laxmi Bank

सोही अनुरुप गण्डकीमा कास्कीस्थित पोखरा विमानस्थल, तनहुँको आँबुखैरेनी र स्याङ्जाको गल्याङस्थित प्रहरी चौकीले बाह्य पर्यटकको तथ्यांक संकलन गर्दै आएको छ। गण्डकीका ११ जिल्लाअन्तर्गत सो तथ्यांकमा नवलपुर जिल्ला समावेश छैन। 

डिसेम्बरमा पर्यटक आगमनकोे प्रवृत्ति हेर्दा सो महिनामा करिब ४१.५ प्रतिशत विमानबाट र बाँकी पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्ग भएर भित्रिएका छन् । तीमध्ये तेस्रो मुलुकका पर्यटकको हिस्सा ६२ प्रतिशत छ। 

तथ्यांक अनुसार डिसेम्बरमा पोखरा विमानस्थल ओर्लिनेमा भारतीय पर्यटक १ हजार ४ सय ७७ र तेस्रो मुलुकका ५ हजार ४ सय ८१ छन् । त्यस्तै, आबुखैरेनीमा भारतीय पर्यटक २ हजार ४ सय ५० र तेस्रो मुलुकका ४ हजार ८ सय ७९ जना छन् भने गल्याङमा भारतीय पर्यटकको तथ्यांक ५ हजार ३ सय ७२ र तेस्रो मुलुकका १० हजार ३ सय ९१ रेकर्डमा उल्लेख छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x