फेरि वर्षा र हिमपातको सम्भावना

मुलुकको पश्चिमी क्षेत्रमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। 

यो प्रणाली थप क्रियाशील बन्दै गए यसले मंगलबार पानी पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको छ। 
 
महाशाखाका अनुसार सोमबार बेलुका पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदलीको अवस्था रहने छ।   र, मंगलबार पश्चिमी भूभागका केही स्थानर मध्य तथा पूर्वी भूभागका १—२ स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 


Advertisement

महाशाखाले बुलेटिन जारी गर्दै अगाडि भनेको छ, ‘पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।’

पश्चिमी वायुको प्रभावले बुधबार देशैभर पानी पर्न सक्ने अनुमान गरिएको छ। र,  हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। 


Advertisement

यस्तो छ मौसम पूर्वानुमान

सोमबार
रातीः 
देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी र मध्य भूभागमा आंशिक बदली रहने देखिन्छ। पश्चिमी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भुभागमा हल्का हिमपातको सम्भावना छ ।

 

मंगलबार
दिउँसो :
देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। पश्चिमी भूभागका केही स्थान र मध्य तथ पूर्वी भूभागका १-२ स्थानमा हल्का वर्षाको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा पूर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।


रातीः  देशको पश्चिमी र मध्य भूभागमा सामान्य बदली तथा पूर्वी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहनेछ । पश्चिमी भू-भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा तथा पुर्वी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

 

बुधबार
दिउँसो : देशभर सामान्य बदली  रहनेछ। पश्चिमी र मध्य भूभागका अधिकांश स्थान र पूर्वी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।

 

रातीः  देशभर सामान्य देखि पुर्ण बदली  रहनेछ । पश्चिमी र मध्य भू-भागका अधिकांश स्थानहरु र पूर्वी भु-भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागका एक वा दुई स्थानमा भारी हिमपातको संभावना रहेको छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):-
पश्चिमी उच्च पहाडी तथा हिमाली भु-भागमा हल्का देखि मध्यम हिमपातको साथै पश्चिमी भु-भागका केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।तसर्थ सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउनु हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्