×

NMB BANK
NIC ASIA

‘डन सांसद’लाई तीन दिनमै उन्मुक्ति, गायिका आस्थालाई चार दिन थुना ?

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कुटपिटको आरोपमा गत शुक्रबार पोखरामा पक्राउ परेका मनाङका प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे)माथिको अनुसन्धान प्रहरीले दुई दिनमै टुंग्यायो । उनले सार्वजनिक मञ्चमै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई मुक्का हानेका थिए । अभद्र व्यवहार मुद्दामा आइतबार उनी पाँच हजार धरौटीमा छुटे । तर, प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई चार दिन थुनामा राख्न प्रहरीले अनुमति लिएको छ । जबकि उनी सोमबार बिहान आफैँ महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी थिइन् ।

Muktinath Bank

अभद्र व्यवहार मुद्दा हेर्ने निकाय जिल्ला प्रशासन कार्यालय हो । प्रहरीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ)समक्ष उनलाई सात दिन हिरासतमा लिने गरी म्याद मागेकोमा सिडिओले चार दिन दिएका छन् । आस्थाको बयान सोमबार नै सकिएको छ । सामान्य विवादको विषयमा गायिका राउतमाथि फौजदारी मुद्दा चलाएपछि प्रहरीको कदम विवादमा परेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विमानस्थलको चेकिङको विवादलाई लिएर सामाजिक सञ्जालमा प्रहरीको आलोचना गरेको भन्दै गायिका राउतलाई प्रहरीले हिरासतमा राखेको हो । मुलुकी अपराध संहिताअन्तर्गतको अभद्र व्यवहार मुद्दामा चार दिन थुनामा राख्ने अनुमति लिएर उनीमाथि अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनी बिरामी भएको भन्दै सोमबार बेलुका अस्पताल भर्ना भएकी छिन् । 


Advertisment
Nabil box
Kumari

गत १ माघमा विमानस्थलको चेकिङमा प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहार गरेको आरोप आस्थामाथि छ । त्यस्तो अवस्थामा तत्कालै उनलाई नियन्त्रणमा लिन सक्ने भए पनि प्रहरीले त्यसलाई सामान्य रूपमा लिएको थियो । पछि आफूमाथि दुव्र्यवहार भएको भन्दै उनले फेसबुकमा प्रहरीको आलोचना गरेपछि प्रहरीले उनीविरुद्ध उत्रिएको हो । महानगरीय प्रहरी कार्यालयले चेकिङमा संलग्न जवान श्रेष्ठलाई गायिकाविरुद्ध उजुरी हाल्न लगाएर उनीविरुद्ध ‘प्रतिशोध’ लिन खोजेको हो । जबकि प्रहरी आलोचनामा केही गलत शब्द बोलेको भन्दै आस्थाले माफी मागेकी थिइन् । 

Vianet communication
Laxmi Bank

‘प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा राख्यो’

गायिका आस्था राउतलाई मुद्दा चलाएर प्रहरीले समग्र कलाकारको मन दुखाएको संगीतकार सुरेश अधिकारी बताउँछन् । ‘हो सेलिब्रेटी हो भन्दैमा घमन्ड गर्न पाइँदैन, यसमा आस्थाले माफी मागिसकेकी छिन्,’ उनले भने, ‘चेकिङको क्रममा सामान्य विवाद मात्र भएको हो, भिडियो हेर्दा उनीमाथि प्रहरीले नै बढी ज्यादती गरेको देखिन्छ, यस्तो अवस्थामा प्रहरीले मुद्दा चलाउनु उचित होइन । यसबाट प्रहरी र कलाकारको दूरी नबढोस् भन्ने म चाहन्छु ।’ प्रहरीले आफूलाई शक्तिशाली देखाउन आस्थालाई थुनामा लिएको उनको भनाइ छ । 

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारी पनि प्रहरीको यो कदमबाट खुुसी छैनन् । सामान्य घटनामा मुद्दा प्रक्रियामै जानु सही नभएको उनको भनाइ छ । ‘कानुनको बर्खिलाप गर्नेलाई कारबाही गर्नुपर्छ, तर यसमा मुद्दा नै चलाउनुपर्छ जस्तो म देख्दिनँ,’ उनी भन्छिन्, ‘आस्थालाई सेलिब्रिटीभन्दा पनि म सामान्य नागरिकको रूपले हेर्छु, उनले गल्ती महसुस पनि गरेकी छिन्, यही आधारमा मुद्दा चलाउने हो भने प्रहरीबाट हजारौँ नागरिक पीडित भएका छन्, ती प्रहरीलाई के कारबाही भएको छ त ?’ प्रहरी र सर्वसाधारणलाई सबैलाई कानुन समान हुनुपर्ने उनको भनाइ छ । 

काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदी महिला प्रहरीमाथि अन्याय भएकाले मुद्दा चलाउनु परेको बताउँछ । उनी भन्छन्, ‘गल्ती गर्नेहरू कानुनको दायरामा सबै आउँछन् भन्ने सन्देश दिन खोजेका हौँ ।’ यसअघि फिल्मको आलोचनात्मक समीक्षा गर्दा प्रनिश गौतम तथा प्रहरीलाई गाली गरेर गीत गाएकोमा र्‍यापर भिटेनलाई पक्राउ गर्दा प्रहरी आलोचित भएको थियो । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x