×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा सभामुखको विवाद टुंगिएको छ । पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई किनारा लगाउँदै अन्ततः पूर्व माओवादी र वर्तमान नेकपा नेता अग्नि सापकोटाले सभामुख पद प्राप्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सापकोटा आन्तरिक बाह्य अवरोध छिचोल्दै सभामुख बनेका हुन् । उनी सभामुख बनेपनि खतरामुक्त भइसकेका छैनन्, आगामी दिनमा अप्ठ्यारो चुनौतीको सामना गर्नुपर्ने स्थिति छ । संक्षिप्तमा भन्दा अग्नि सापकोटाका भावी दिनमा अग्निपरीक्षा हुँदैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सापकोटा सभामुख त्यति सजिलै बनेका होइनन्, सामान्य परिस्थितिमा उनले सभामुखजस्तो महत्त्वपूर्ण पद प्राप्त गर्न सक्ने अवस्था थिएन । प्रधानमन्त्री तथा नेकपाका शक्तिशाली अध्यक्ष केपी ओलीले अन्तिम दमसम्म सापकोटालाई सभामुख बन्न नदिने कसरत गरेको नै हुन् । जुनसुकै मूल्य चुकाएर पनि सभामुख आफ्नो विश्वास प्राप्त सुवासचन्द्र नेम्वाङलाई बनाउने एक सुत्रीय एजेण्डा बोकेका प्रधानमन्त्री ओलीले सापकोटालाई स्वीकार गरेको बाध्यताले मात्र हो ।


Advertisment
SBL

सापकोटा नेकपाका अध्यक्ष प्रचण्डका विश्वास प्राप्त व्यक्ति हुन् । उनको रोजाइमा सापकोटा निरन्तर पर्दै आएका छन् । पार्टीभित्र होस् कि सरकारमा होस् प्रचण्डले प्रायः अग्नि सापकोटालाई सम्झिने गरेका छन् तर अहिले सापकोटा प्रचण्डको पहल र बलमा मात्र सभामुख बनेका होइनन् । नेकपा भित्रको समीकरण र सन्तुलन प्रधानमन्त्री ओलीको पक्षमा रहेको बेला प्रचण्डले सुभासचन्द्र नेम्वाङको पक्षमा हात उठाएका नै हुन् । नेकपाको बदलिँदो अन्तरपार्टी शक्ति समीकरण र सन्तुलनमा प्रधानमन्त्री ओली कमजोर बनेका कारणले मात्र सभामुख बन्ने अवसर सापकोटाले प्राप्त गरेका हुन् ।

Vianet communication
Laxmi Bank

केही समययता नेकपाको आन्तरिक राजनीति मात्र होइन, राष्ट्रिय राजनीति पनि अमेरिकी नीति र रणनीतिको गोलचक्करमा फस्दै आएको छ । अमेरिकी इण्डो–प्यासिफिक स्ट्राटेजी र एमसीसीको पक्षविपक्षमा नेकपा २ ध्रुवमा विभाजित भएको छ । अमेरिकी नीति र रणनीतिको पक्षमा प्रधानमन्त्री ओली खुलेर मात्र होइन, नाङ्गिएर लागिपरेका छन् । एमसीसी संसदबाट अनुमोदन गराउन पूर्व सभामुख कृष्णबहादुर महराले असहयोग गरेको र त्यसको बदला स्वरुप महरालाई यौनकाण्डमा फसाइएको आरोप प्रधानमन्त्री ओलीलाई लाग्दै आएको छ । यो आरोपलाई घटनाक्रमले सत्य सावित पनि गर्दैछ ।

यसरी प्रधानमन्त्री ओली अमेरिकी नीति र रणनीतिको पक्षमा खडा भएका छन् भने त्यसको विरोधमा अन्य नेता कार्यकर्ता खडा भएका छन् । पूर्व एमालेका ओली विरोधी मात्र होइन, ओली समर्थक पनि इण्डो–प्यासिफिक र एमसीसीविरुद्ध खडा हुँदै गएका छन् । यसबाट प्रधानमन्त्री ओली एक्लिँदै र कमजोर हुँदै गएका हुन् । पूर्व एमाले एकढिक्का भएको भए सापकोटाले सभामुख पद पाउने कुनै सम्भावना नै थिएन् । त्यो अवस्थामा अन्तरपार्टी जीवनमा शरणार्थीको रुपमा रहेका पूर्व माओवादीको साथ पनि सापकोटाको पक्षमा हुने थिएन ।

अमेरिकी इण्डो–प्यासिफिक रणनीति र एमसीसीलाई निर्लज्जतापूर्वक बोकेको कारणले नै प्रधानमन्त्री ओली शक्तिहीन हुँदै गएको र त्यसको लाभ अग्निप्रसाद सापकोटाले प्राप्त गरेका हुन्भन्दा अतिशयुक्तिपूर्ण हुँदैन । प्रधानमन्त्री ओलीको इच्छा विपरीत सभामुख बनेका सापकोटाको अगाडि निकै चुनौती छन् । सापकोटालाई मौका पारेर ढलाउने मनस्थितिमा प्रधानमन्त्री ओली रहेको घटनाक्रमले देखाइरहेको छ । प्रधानमन्त्री ओलीका दाहिना हात एनजीओकर्मीले सापकोटा विरुद्धको अभियानलाई दिइरहेको तीव्रताले पनि यो संकेत गर्दछ ।

सापकोटा इण्डो–प्यासिफिक स्ट्राटेजी र एमसीसी विरोधी नेकपाका नेता कार्यकर्ताको बलमा सभामुख बनेका हुन् । सापकोटा एमसीसी विरोधी पक्षको भावना अनुसार अगाडि बढ्ने हुन् कि प्रधानमन्त्री ओलीसँग आत्मसमर्पण गरेर एमसीसी कित्तामा खडा हुने हुन् ? यो प्रश्न सबैको लागि जिज्ञासाको विषय बनेको छ । हुन त सापकोटालाई सभामुख बनाउन प्रधानमन्त्री ओलीले सहयोग गर्ने र सापकोटाले एमसीसी संसदबाट अनुमोदन गराउन सहयोग गर्ने ओली र प्रचण्डबीच सहमति भएको चर्चा पनि राजनीतिक वृतमा नभएको होइन तर यो चर्चा त्यति विश्वासजनक देखिँदैन ।

प्रधानमन्त्री ओली जुनसुकै हत्कण्डा प्रयोग गरेर भएपनि एमसीसी अनुमोदन गराउन लागिपरेको कुरा सार्वजनिक भइरहेको छ । आफूसरहका नेतालाई पेलेर अगाडि बढिरहेका प्रधानमन्त्री ओली अहिले निकै नरम देखिएका छन् । एमसीसी अनुमोदनको लागि प्रधानमन्त्री ओलीले अन्य नेताहरूसँग गरिरहेको हारगुहारले पनि यो कुराको संकेत गर्दछ । अन्तिममा केही नलागे संसदबाट संकल्प प्रस्ताव पारित गराएर भएपनि एमसीसी संसदबाट अनुमोदन गराउने पक्षमा प्रधानमन्त्री ओली लागिपरेका छन् । पार्टीको केन्द्रीय समितिमा छलफल नै नगराई एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउने रणनीतिमा प्रधानमन्त्री ओली रहेको राजनीति वृत्तमा चर्चा छ । यसको लागि सभामुख सापकोटालाई  प्रयोग गर्ने तानावाना प्रधानमन्त्री ओली बुनिरहेका छन् ।

नेकपाको अन्तरपार्टी जीवनमा प्रधानमन्त्री विरोधी खेमा दिन प्रतिदिन बलियो बन्दै गएको छ । प्रधानमन्त्री ओलीको खेमाका नेता–कार्यकर्ता पलायन हुने क्रम बढ्दो छ । प्रधानमन्त्री ओली विरोधी खेमाका नेता कार्यकर्ताले राजनीतिक आत्मसमर्पण गर्ने सम्भावना न्युन छ । आत्मसमर्पण गर्दा उनीहरूको राजनीतिक जीवन संकटग्रस्त हुने अवस्था छ । नेकपाका आम कार्यकर्ता र समर्थक इण्डो–प्यासिफिक रणनीति र एमसीसीको विरोधमा खडा हुँदै गएका छन् । आम जनताको सेन्टमेन्ट पनि यतै बढ्दै गएको छ । यो अवस्थामा सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसमक्ष आत्मसमर्पण गर्न त्यति सहज छैन ।

हुन त  पद बाहिर रहँदा र पदमा हुँदा व्यक्तिको भूमिका फरक–फरक हुने गरेका कैयौ घटना छन् । अवसर पाउना साथ कतिले आफ्नो धरातल भुल्ने गरेका छन् । सभामुख सापकोटालाई बाहिरबाट प्रहार गर्ने र भित्रबाट घेराबन्दी गर्ने रणनीतिलाई प्रधानमन्त्री ओली पक्षधरले तीव्रता दिएका छन् । सभामुख सापकोटाको मूल चाबी बोकेका नेकपाका अध्यक्ष प्रचण्डले खुट्टा कमाउने हुन् कि भन्ने आशंका गरिँदैछ । सभामुख सापकोटाले आत्मसमर्पणको बाटो रोज्ने हुन् कि राष्ट्र र जनताको लागि विदेशी षड्यन्त्रसँग जुध्ने हुन् ? यसको परिणामको लागि केही दिन पर्खिनुपर्ने छ । जेहोस्, सभामुख अग्निप्रसाद सापकोटाको अग्निपरीक्षा हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ५, २०८०

हाम्रा पुर्खाहरूले २०० (सन् १८१४) वर्षअघि कस्तो समाजमा जीवनयापन गरे ? यसको लेखाजोखा हेर्दा कहालिलाग्दा तथ्यबाहेक केही भेटिन्न । मूलतः पूर्वदेखि पश्चिमसम्म मध्यपहाडी क्षेत्रका युवाहरू लावालस्कर लागेर युद्धमा होमिए ।...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x