×

NMB BANK
NIC ASIA

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टस्को एकमात्र आधिकारिक वितरक सिप्रदी अटोपार्टस् प्रालिले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुद्रा बिक्रेता, च्याम्पियन जोन तथा आधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहका क्रममा टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णन, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेशनल बिजनेस प्रमुख राकेश मित्तल, टाटा मोटर्स लिमिटेड, इन्टरनेसनल बिजनेस कस्टमर केयर प्रमुख गणेश शेट्टी, सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख अपरेटिङ अधिकृत राजेशप्रसाद गिरी, टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का प्रबन्ध निर्देशक  विशाल पटेल तथा सिप्रदी अटोपार्टस् प्रालिका प्रबन्ध निर्देशक युवराज बूढाथोकीले संयुक्त रुपमा टाटा मोटर्स जेन्युइन आयल अन्तर्राष्ट्रिय बजारमा औपचारिक रूपमा सार्वजनिक भएको घोषणा गरेका थिए ।


Advertisment
Nabil box
Kumari

समारोहमा १ देखि १५ लिटर रेन्जसम्मका विभिन्न प्याकमा उपलब्ध ३ विभिन्न उत्पादनहरू – टाटा जेन्युइन इन्जिन आयल, गियर आयल तथा रियर एक्सल आयल लन्च गरिएको थियो । 

Vianet communication
Laxmi Bank

समारोहमा बोल्दै टाटा मोटर्स लिमिटेड, कस्टमर केयरका ग्लोबल हेड आर रामाकृष्णनले भने, ‘टाटा मोटर्स जेन्युइन इन्जिन आयल ल्याएर हामीले ग्राहकहरूसँगको हाम्रो सम्बन्धलाई थप बिस्तार गरेका छौँ । यी उत्पादनहरुलाई लिएर हामीले एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौँ । गाडीको अवस्था ठीक राख्न, कम इन्धन खपतका लागि र लामो ड्रेन इन्टरभलका लागि यो निकै उपयुक्त छ ।’

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भने, ‘सबै सेग्मेन्टहरूमा ग्राहक पहिलो रोजाइ भन्ने हाम्रो उद्देश्यलाई पछ्याउँदै टाटा मोटर्ससँगको साझेदारीमा टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक गर्न पाउँदा निकै खुशीको महसुस गरेका छौं ।’

टाटा मोटर्स जेन्युइन आयल सार्वजनिक भएकोबारे बोल्दै टाटा मोटर्स लिमिटेड, स्पेयर पार्टस्का इन्टरनेसनल बिजनेस प्रमुख राकेश मित्तलले थप भने, ‘सहज र निर्वाध यात्राको प्रत्याभूति दिनका लागि टाटा मोटर्स जेन्यूइन आयल बनाइएको हो किनकि यसले टाटा मोटर्सका कमर्सियल गाडीहरूका लागि सुपेरियर मल्टीप्रपोस आयल रेन्जको रुपमा काम गर्दै गाडीहरूको कार्यक्षमता बढाउँछ ।’

टाटा मोर्टस् लिमिटेड ४४ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हो । ११० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति भएको टाटा ग्रुपको एक हिस्सा टाटा मोटर्स भारतकै र बृहत् रेन्जमा इन्टिग्रेटेड, स्मार्ट तथा इ–मोबिलिटी सलुसनहरू प्रदान गर्ने एकमात्र ओइएम हो ।

बेलायतमा रहेको ज्यागुअर, ल्यान्डरोभर तथा दक्षिण कोरियास्थित टाटा डेइवुसहित १३४ वटा सशक्त सहायक कम्पनीहरूको विश्वव्यापी संजालमार्फत् टाटा मोटर्स बेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसिया टाटा मोटर्स् सञ्चालनमा छ ।

इन्जिनियरिङ तथा प्रविधिद्वारा सञ्चालित अटोमेटिभ सलुसनहरू गर्नमा केन्द्रित टाटा मोटर्स् भारतीय बजारमा कमर्सीयल गाडीको बिक्रेताका रुपमा अग्रस्थानमा छ भने प्यासेन्जर गाडीको अत्यधिक बिक्री गर्न सफल उत्कृष्ट चार कम्पनीहरूमा पर्दछ । जेननेक्स्ट कस्टमरहरूको अवधारणामा आधारित रही टाटा मोर्टसले सर्वोत्कृष्ट डिजाइन र भारत, बेलायत, ईटली तथा दक्षिण कोरियामा रहेका आर एण्ड डी सेन्टरहरूबाट अभिप्रेरित भई नयाँ नयाँ उत्कृष्ट उत्पादनहरू ल्याउने चाहना टाटा मोर्टसले लिएको छ । 

अन्तर्राष्ट्रिय स्तरमा टाटाका कमर्सियल तथा प्यासेन्जर गाडीहरू अफ्रिका, मध्यपूर्व, दक्षिण एसिया, दक्षिण पूर्वी एसिया, दक्षिण अमेरिका, अस्ट्रेलिया, रूस, लगायत विश्वका विभिन्न देशहरुमा बिक्रीवितरण गरिन्छ ।

देशकै ठूलो प्रतिष्ठित ब्राण्ड सिप्रदी टेड्रिङ मुख्यतः अटोमोटिभ तथा एलाइड व्यवसायमा संलग्न छ । ३७ बर्ष देखि यो व्यवसायमा संलग्न सिप्रदीको बार्षिक आय ३५० मिलियन अमेरिकी डलर भन्दा बढी छ । अटोमेटिभ, इनर्जी, लुब्रीकेन्ट, वित्तीय सेवाहरु तथा इक्यूपमेन्ट व्यवसायको क्षेत्रमा द्रुत गतिमा फस्टाईरहेको छ । करिब ७५० कर्मचारीहरु र ६५० सपोर्ट स्टाफहरू एउटै साझा उद्देश्य अर्थात् गुणस्तरीय सेवा र उत्पादन प्रदान गर्नमा प्रतिबद्ध छन् । सन् १९८२ देखि टाटा मोटर्स्को एकमात्र बिक्रेता भएको सिप्रदी टेड्रिङ आईएसओ ९००१ः२०१५ प्रमाणित कम्पनी हो । सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण संजाल रहेको छ ।

टाटा मोर्टर्सका सम्पूर्ण रेन्जका प्यासेन्जर र कमर्सियल गाडीरुको बिक्रीवितरण गर्न सिप्रदीको नेपालभर ३० वटा बिक्री कार्यालयहरु र ५१ वटा सर्भिस सेन्टरहरू रहेका छन् । देशभर ३०० वटा स्पेयर आउटलेटहरू रहेका छन् । सिप्रदी एक्साइड ब्याट्रीज, म्याक लुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि वितरक हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x