×

NMB BANK
NIC ASIA

सेवाग्राहीसँग मिठो बोल्न प्रहरीलाई मेट्रो प्रमुख पोखरेलको निर्देशन

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारको कामको प्रत्यक्षरुपमा देखिने संयन्त्र प्रहरी भएकाले बोली व्यवहारमा सुधार गर्न महानगरीय प्रहरी कार्यलयका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरेलले निर्देशन दिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

डीआइजी पोखरेलले मंगलवार बिहान महानगरीय प्रहरी परिसरमा अपराध महाशाखाको निरीक्षण गर्दै प्रहरीलाई नम्र र शिष्ट हुन निर्देशन दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महानगरीय प्रहरी प्रमुख पोखरेलले राजधानीमा सबै जिल्लाका मानिसहरूको बसोबास हुने,  प्रहरीले गरेको कार्य वा व्यवहारले समग्र संगठनको प्रतिनिधित्व गर्ने र सो कुरा अन्तराष्ट्रिय जगतमा समेत सम्प्रेषण हुने बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

पोखरेलले निर्देशन दिँदै भने, ‘प्रहरी कार्यालयमा आउने सेवाग्राही पीडित भएर नै आउने हुनाले उहाँहरूमाथि   परेको पीर मर्कालाई आफूलाई नै परेको पीडा हो भन्ने सम्झेर सरल छिटो छरितो तरिकाले सेवा प्रवाह गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

पोखरेलले पाइला-पाइलामा नागरिक, सरोकारवाला निकाय, राज्य संयन्त्र साथै सरकारबाट समेत निरिक्षण भइरहेको हुनाले गलत गर्ने प्रहरी कर्मचारीलाई गल्ती नगर्ने दोहोर्याउदै व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा पर्नेलाई सेवाबाट हटाउनसमेत आफू पछि नपर्ने बताए ।

कानूनको उल्लंघन गर्ने जो कोही भएता पनि ओहदा नहेरीकन कानूनी दायरामा ल्याउन निर्देशन दिँदै पोखरेलले कानूनको सही तरिकाले निर्दयतापूर्वक कार्यान्वयन गर्दा जस्तोसुकै दबाब आएपनि पछि नहट्न निर्देशन दिए ।

पोखरेलले विभिन्न अपराधिक र प्रतिबन्धित तत्वहरूले शान्ति सुरक्षामा खलल पार्न सक्ने हुनाले त्यसतर्फ सचेत रहँदै शान्तिसुरक्षा मजबुत बनाउन पनि प्रहरी कर्मचारीलाई दिन रात नभनी त्रुटीरहित जिम्मेवारी बहन गर्न समेत निर्देशन दिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x