×

NMB BANK
NIC ASIA

टीकापुर घटना राजनीतिक हाे : मन्त्री भट्टराई

माघ १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले टीकापुर घटनालाई विर्सदै समाज विकासमा लाग्न आग्रह गरेका छन्।

Sagarmatha Cement
Muktinath Bank

कैलालीको टीकापुरमा मंगलबारबाट सुरु भएको सुदूरपश्चिम औद्योगिक ब्यापार मेला तथा टीकापुर महोत्सव–२०७६ को उद्घाटन गर्दैै मन्त्री भट्टराईले टीकापुर घटना राजनीतिक घटना भएको बताउँदै देश वा समाज निर्माणको क्रममा कहिले काही समाजले दुखद् घटना पनि व्यहोर्नु परेको उल्लेख गरे । त्यस्ता घटनालाई बिर्सदै समाजको विकासमा लाग्न उनले आग्रह गरे।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसैबीच मन्त्री भट्टराईले नेपाल सरकार कुनैपनि मित्रराष्ट्रसँग सहयोगको हात बढाउन तयार रहेको बताएका छन्।


Advertisment
Nabil box
Kumari

घुमाउरो शैलीमा सरकार अमेरिकी सहयोग सम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन गराउन तयार रहेको उनले बताएका हुन् । उनले सरकारले अघि सारेका कुनैपनि योजना प्रति भावनात्मक रुपमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरे। ‘साथीहरु भावनामा बहकिनु हुन्छ । त्यसरी नरात्मक भ्रम नफैलाउन आग्रह गर्छु’ उनले भने, ‘राष्ट्र, जनता र सार्वभौमिकताको रक्षा गर्नु सरकारको दायित्व हो । यो कुरामा सरकार स्पष्ट छ।’

Vianet communication
Laxmi Bank

भट्टराईले सरकार समृद्ध नेपाल सुखी नेपाली अभियानमा लागेको भन्दै वर्षौदेखि विभाजित समाजलाई कसरी समता मूलक बनाउन सकिन्छ भन्ने सोचमा रहेको बताए।

उनले सरकार सबै राजनीतिक दलहरुसग हातेमालो गरेर अघि बढिरहेको बताउँदै सबैको सहकार्यले मात्रै परिवर्तन सम्भव हुने बताए । उनले काग्रेस र कम्युनिष्टबीचको सहकार्यले नै अहिलेको परिवर्तन सम्भव भएको बताए । ‘हामी बेलाबखत अशान्तिका संकेत देख्छौं । यसले देश र जनताको पक्षमा हित गर्दैन’ उनले भने,‘संविधान भित्र रहेर स्वस्थ प्रतिस्पर्धा गरौं । जित्ने र हार्ने सामान्य कुरा हो ।’

उनले पर्यटन भ्रमण वर्ष २०२० लाई सफल पार्न र स्थानीय पर्यटन विकासको गुरुयोजना ल्याउन स्थानीय सरकारहरुलाई आग्रह गरे । महोत्सव आयोजक टीकापुर उद्योग वाणिज्य संघले टीकापुर एयरपोर्ट संचालनका विषयमा राखेको माग पुरा गर्ने बचन दिए । 

भट्टराईले भने,‘अरु ठाउँबाट डेलीगेसन आउदा खाली केन्द्र सरकारले मात्र गरिदिन आग्रह गर्छन तर टीकापुर नगरपालिका र वरपरका पालिकाले आफुले पनि लगानी गर्ने गरी माग राखेकाले सहकार्यमा एयरपोर्ट संचालन हुन्छ । यसका लागि केही दिनमै प्राविधिक टोली टीकापुर आउनेछ ।’

उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका ७ जना व्यक्तिलाई सम्मान गरिएको छ । शिक्षा क्षेत्रबाट भक्तिराम कोइराला, व्यापार क्षेत्रबाट टीकाराम जैशी, पर्यटन क्षेत्रबाट भोजराज ढुंगाना, कृषि क्षेत्रबाट टेकेन्द्र धामी, पत्रकारिता क्षेत्रबाट गणेश चौधरी, कला क्षेत्रबाट शिशिर साधक र खेलकुद क्षेत्रबाट जनक केसीलाई सम्मान गरीएको छ । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव २६ गतेसम्म सञ्चालन हुनेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x