समुदायको खबरदारी रहे मात्र शिक्षाको विकास सम्भव : पूर्वराष्ट्रपति यादव

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको मङ्गलबार आयोजित स्वर्णमहोत्सवमा सहभागी हुन आउनुभएका पूर्व राष्ट्रपति डा रामवरण यादवलाई स्वागत गर्दै विद्यालयका विद्यार्थी,शिक्षक । तस्वीर: कृष्ण न्यौपाने, रासस

पूर्वराष्ट्रपति डा रामवरण यादवले समुदायको निरन्तर खबरदारी रहे शिक्षा क्षेत्रको विकास सम्भव हुने बताएका छन्।

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यमिक विद्यालयको मंगलबार स्वर्णमहोत्सवमा पूर्वराष्ट्रपति यादवले भने, ‘धेरै राजनीतिक परिवर्तन भए पनि शिक्षाको अवस्था भने परिवर्तन हुन सकेको छैन।’


Advertisement

विद्यालय तथा क्याम्पस धेरै स्थापना भए पनि गुणस्तरीय विद्यालय, क्याम्पसको अत्यन्तै कमी रहेको भन्दै पूर्व राष्ट्रपति यादवले संसारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा आवश्यक रहेकोमा जोड दिए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्