माघ २५, २०८०
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
मुलुकमा निर्माणाधीन तथा निर्माण कार्य सम्पन्न भइसकेका भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्न राष्ट्रिय सतर्कता केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको छ ।
केन्द्रले सिंहदरबारस्थित आफ्नै भवनमा प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको हो । राष्ट्रिय सतर्कता केन्द्रका सचिव डा. ऋषिराम शर्माले प्राविधिक परीक्षणहरूको थप विश्वसनीयता, गोपनीयता तथा गुणस्तर कायम गर्न केन्द्रले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएको जानकारी दिए। उनले आफ्नै प्रयोगशाला सञ्चालनमा ल्याएसँगै केन्द्र थप प्रभावकारी बन्ने विश्वाससमेत व्यक्त गरे।
काम सम्पन्न भइसकेका विकास आयोजनाहरूका निर्माण कार्य डिजाइन बमोजिम भएको छ छैन, गुणस्तर कायम भएको छ छैन, त्यसको परीक्षण गर्न निर्माण भएका आयोजनालाई नभत्काई÷नबिगारी परीक्षण (नन डिस्टक्टिभ टेस्ट) गर्न सकिने उपकरणसमेत खरिद गरिसकिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट ‘प्रयोगशाला सञ्चालन तथा गुणस्तर परीक्षणसम्बन्धी निर्देशिका, २०७५’ स्वीकृत भइसकेको छ । यसका लागि आवश्यक पर्ने ‘टेस्ट मेनुअल’ समेत तयार भइसकेकोे केन्द्रले जनाएको छ । परीक्षण गर्ने विधि तथा कुन एकाइमा कुन विधिले कसरी परीक्षण गर्ने लगायतका विषयवस्तु परीक्षण कार्यविधिमा समेटिएको छ ।
‘ल्याब टेक्निसियन’ र ‘ल्याब ब्वाइ’ लगायत प्राविधिक सहितका कर्मचारी लोक सेवा आयोगसँग माग गरिएको र प्रयोगशाला तत्काल सञ्चालनमा ल्याउनका लागि करारमा प्राविधिक कर्मचारीसमेत नियुक्त गरिएको छ । केन्द्रले यसअघि भौतिक पूर्वाधारहरूको प्राविधिक परीक्षण गर्ने क्रममा सडक विभाग, इ(िन्जनियरिङ कलेजहरूका प्रयोगशाला प्रयोग गर्दै आएको थियो ।
आर्थिक वर्ष २०६५÷६६ देखि हालसम्म केन्द्रले ७१५ वटा प्राविधिक परीक्षण गरेको छ । सरकारद्वारा सञ्चालित पचास करोड रुपियाँभन्दा माथिका आयोजनाहरूको प्राविधिक परीक्षण राष्ट्रिय सतर्कता केन्द्रले गर्ने गर्दछ ।
पचास करोडभन्दा तलका आयोजनाको समेत प्राविधिक परीक्षण केन्द्रले गर्नुपर्छ भन्ने माग केन्द्रले सरकारसमक्ष गर्दै आएको छ । राष्ट्रिय सतर्कता केन्द्र कार्य सञ्चालन नियमावली, २०६५ ले प्राविधिक परीक्षण गर्ने जिम्मेवारी राष्ट्रिय सतर्कता केन्द्रलाई दिइएको छ । यसै नियमावलीका आधारमा केन्द्रले परीक्षणको काम गर्दै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...