×

NMB BANK
NIC ASIA

पोल्यान्ड हिँडेका १७ नेपाली चार महिना अजरबैजानमा बन्धक !

माघ १५, २०७६

NTC
Sarbottam
वर्किङ भिसामा प्रतिव्यक्ति आठ लाख बुझाएर पोल्यान्ड हिँडेका १७ जना नेपाली अजरबैजानको एक कोठामा । तस्वीर सौजन्य : नयाँ पत्रिका
Premier Steels
Marvel

सर्लाही लालबन्दीका २९ वर्षीय लीलाराज थापाको पोल्यान्ड जाने सपना त्यतिवेला तुहियो, जतिवेला उनी पूर्वी युरोपेली मुलुक अजरबैजानमा बन्धक बने । उनी १७ जना नेपालीसँगै बन्धक बनेका थिए । प्रतिमहिना सात सय युरो कमाउने सपना बोकेका उनले दलाललाई आठ लाख रुपैयाँ बुझाएका थिए । तर, उनले पोल्यान्ड टेक्नसमेत पाएनन् । चार महिनाको बन्धक जीवनपछि उनी ज्यान जोगाएर नेपाल फर्किएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

डुबेको रकम उठाउने चक्करमा कहिले प्रहरी त कहिले वैदेशिक रोजगार विभाग धाइरहेका उनले नयाँ पत्रिकासँग भने, ‘वर्किङ भिसामा पोल्यान्ड लैजाने भन्यो । कमाइ प्रतिमहिना सात सय युरो हुने प्रलोभन दियो । यसका लागि आठ लाख रुपैयाँ बुझाउनुपर्ने भन्यो । बेरोजगार हामी दलालको प्रलोभनमा फस्यौँ । ऋण गरेर उसले मागेजति रकम दियौँ । लगेर हामीलाई अजरबैजान पुर्‍यायो । चार महिना बन्धक बनाएर राख्यो । विभिन्न प्रयास गरेर हामी भागेर नेपाल फक्र्यौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थापाका अनुसार बन्धक बनेका १७ नेपाली पनि उनीजस्तै पोल्यान्ड नै हिँडेका थिए । यसबापत उनीहरूले पनि दलाललाई सातदेखि आठ लाख रुपैयाँ तिरेका थिए । तर, उनीहरूले पनि त्यही दुर्गति भोगे, जुन थापाले भोगे । उनले भने, ‘मसँगै मेरै गाउँका खुम थापा पनि गएका थिए । अजरबैजानको एयरपोर्टमा उत्रियौँ । मनोजकुमार भनिने एक भारतीय एजेन्टले हामीलाई एउटा घरमा लग्यो । त्यहाँ पुग्दा त हामीजस्तै पोल्यान्ड हिँडेका १७ भाइ भेट्यौँ । जो पछि हामीसँगै बन्दी बने ।’  


Advertisment
Nabil box
Kumari

 विमानस्थल पुगेपछि अजरबैजानको  बिजनेस भिसा हातमा
पाल्पा तानसेनका २७ वर्षीय शशी ज्ञवाली र विजय कार्कीको पीडा पनि थापाको भन्दा फरक छैन । उनीहरू पनि प्रतिमहिना पाँच सय युरो कमाउने दलालको प्रलोभनपछि पोल्यान्ड जान राजी भए । यसका लागि प्रतिव्यक्ति आठ लाख दलाललाई बुझाए । वर्किङ भिसामा पोल्यान्ड जाने मनस्थितिमा रहेका उनीहरू तब झस्के, जब हातमा अजरबैजानको बिजनेस भिसा पर्‍यो । तर, त्यसवेलासम्म उनीहरू दलालको जालमा फसिसकेका थिए । 

Vianet communication
Laxmi Bank

चार महिनाको बन्धक जीवनपछि अजरबैजानबाट भागेर नेपाल आएका ज्ञवालीले भने, ‘वर्किङ भिसामा लैजाने भनेको थियो । हामी त्यही मनस्थितिमा थियौँ । जब विमानस्थल पुग्यौँ, हाम्रो हातमा भिसा पर्‍यो । हेर्दा पोल्यान्डको नभई अजरबैजानको रहेछ । त्यो पनि वर्किङ नभई बिजनेस । छाँगाबाट झरेझैँ भयो । तर, विकल्प थिएन, किनकि रकम दलालको हातमा परिसकेको थियो । दुबई हुँदै अजरबैजान पुग्यौँ । चार महिनाको बन्धक जीवनपछि बल्ल बाँचेर नेपाल फक्र्यौं ।’

 काभ्रे रोसीका गुणराज लामाद्वारा ३५ भन्दा धेरै युवासँग करोड ठगी
पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर युवा अलपत्र पार्ने काभे्र रोसीका ३८ वर्षीय राजकुमार भनिने गुणराज लामा हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार उनको गिरोहले आकर्षक तलबमा पोल्यान्ड लैजान प्रलोभन दिएर ३५ जनाभन्दा धेरै युवा ठगेको छ । जसमध्ये १५ पीडितले जाहेरी दिएका छन् । झन्डै एक करोड रुपैयाँ ठगिएको जाहेरीमा उल्लेख छ । 

महाशाखाका प्रवक्ता एसपी मुकेश सिंहले पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पर्ने लामा पक्राउ परेको र उनीविरुद्ध जाहेरी आउने क्रम जारी रहेको बताए । ‘पोल्यान्ड लैजाने भन्दै अजरबैजान लगेर अलपत्र पारेको अभियोगमा राजकुमार भनिने गुणराज लामा पक्राउ परेका छन् । उनीविरुद्ध जाहेरी आउने क्रम जारी छ । अनुसन्धान भइरहेको छ ।’

लामा सामान्य धरौटीमा रिहा भए, परिचय  बदलेर ठगी धन्दा सुरु गरे
प्रहरीका अनुसार लामा पहिले सामाखुसीमा देउराली ह्युमेन रिसोर्स नामको मेनपावर चलाउँथे । अहिले उनको प्रस्तुति रिक्र्युट नामको मेनपावर छ । उनले देउराली ह्युमन रिसोर्सबाटै डिल गरेर ३५ भन्दा धेरै युवालाई विश्वका विभिन्न मुलुक लैजाने प्रलोभन दिएका थिए । तर, आफूले भनेको मुलुक जान नपाएपछि पीडितहरूले लामाविरुद्ध प्रहरीमा दिएको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन् ।

उनलाई ५ पुस ०७४ मा वैदेशिक न्यायाधिकरणले दोषी ठहर गर्दै तीन वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । तर, उनी धरौटीमा छुट्न सफल भएका थिए । रिहा भएपछि उनी आफ्नो परिचय बदलेर राजकुमार लामा बने । सोही आवरणमा उनले प्रस्तुति रिक्र्युट नामको मेनपावर खोले । र, पुनः ठगीधन्दा सञ्चालन गरे । लामाको सोही आवरणबाट पछिल्लोपटक पोल्यान्ड जाने चक्करमा युवाहरू फसेका हुन् । महाशाखाका प्रवक्ता एसपी सिंहले भने, ‘पक्राउपछि यसको विगत अध्ययन भयो । त्यसपछि पो खुल्यो कि यो त फरार प्रतिवादी पो रहेछ । ऊविरुद्ध त अदालतले पहिल्यै कैद सजाय र जरिवाना तोकेको रहेछ ।’ नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x