नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी २०२० आयोजना हुँदै

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले संयुक्त रुपमा आयोजना गर्दै आइरहेको नेपाल उड इन्टरनेसनल एक्सपो तथा नेपाल इन्टरनेसनल फर्निचर एण्ड होम डेकोर इन्टरनेसनल एक्सपो छैठौं वर्ष माघ १७, १८ र १९ गते काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुने भएको छ ।

प्रदर्शनीमा संसारका विभिन्न देशका २०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डका १५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी ५ वर्षदेखि कोशेढुङ्गा सावित हुँदै आएको छ ।


Advertisement

छैठौं नेपाल उड प्रदर्शनीमा आयोजकले संसारभरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा आएर भविष्य लक्षित वस्तु तथा टेक्नोलोजीलाई नेपाली उद्योगमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन् । प्रदर्शनीले सानादेखि ठूला उद्योगसम्मलाई आफ्नो प्रयोग भइरहेका मशिनलाई उन्नयन गर्दै अझ बढी प्रभावकारी बनाउन मद्दत गर्ने जनाइएको छ ।

‘प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने हामीले विश्वास राखेका छौं । यस प्रदर्शनीमा घर बनाउन चाहने व्यतिm, आम नागरिकबाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जिनीयर्स तथा इन्टिरीयर डिजाइनरको सहभागिता रहने छ । अन्तर्राष्ट्रिय प्रदर्शनीको मूल उद्देश्यको रुपमा नेपालमा भएका उच्च दर्जाका काठ प्रयोग गरेर फनिर्चर तथा अरु सामग्रीहरू बनाएर निर्यात गर्ने वातावरण बनाउनु हो,’ आयोजकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापुर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने हो । साथै यस प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धी कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने विश्वास लिएका छौं ।’


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्