कात्तिक २९, २०८०
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
बिहीवार माघ शुक्ल पञ्चमी अर्थात् वसन्त पञ्चमी परेको छ । यस तिथिलाई श्रीपञ्चमी र सरस्वती प्राकट्य दिवस पनि मानिन्छ ।
देवी सरस्वतीको पूजा यस दिन गरिन्छ । यहाँ हामी पूजाविधि र मन्त्र दिँदैछौं ।
सबभन्दा पहिला देवी सरस्वतीको प्रतिमा वा मूर्तिलाई आसनमा राख्नुस् । देवीको आसनमुनि पहेंलो, सेतो वा कसरी रंगको वस्त्र राख्नुपर्छ । देवीको पूजामा पहेंलो वा सेतो फूल उपयोग गर्नुपर्छ । सरस्वती देवीलाई प्रसादका रूपमा खीर, मालपुवा र मौसम अनुसारको फल चढाउनुपर्छ ।
अनि दाहिने हातमा जल लिएर मन्त्र भन्नुस् :
ऊँ अपवित्रः पवित्रो वा सर्वावस्थां गतोऽपिवा।। यः स्मरेत्पुण्डरीकाक्षं स बाह्यभ्यन्तरः शुचिः ॥ ऊँ पुनातु पुण्डरीकाक्षः पुनातु पुण्डरीकाक्षः पुनातु ।।
तीनपटक हातमा जल लिएर मन्त्रोच्चारण गर्दै आफूमाथि र पूजनसामग्रीमाथि जल छर्किनुस् ।
अनि ऊँ केशवाय नम:, ऊँ माधवाय नम:, ऊँ नारायणाय नम: उच्चारण गर्दै आचमन गर्नुस् । फेरि हात धुनुस् ।
अनि पुनः आसन शुद्धि मन्त्र पढ्नुुस् : ऊँ पृथ्वी त्वयाधृता लोका देवि त्यवं विष्णुनाधृता। त्वं च धारयमां देवि पवित्रं कुरु चासनम्॥
शुद्धि र आचमनपछि निधारमा चन्दन लगाउनुपर्छ । साहिँली औंलाले श्रीखण्ड चन्दन लगाउँदै यो मन्त्र उच्चारण गर्नुस् : ‘चन्द सुमहत्पुण्यम् पवित्रं पापनाशनम्, आपदां हरते नित्यम् लक्ष्मी तिष्ठतु सर्वदा।’
अब पूजनका लागि संकल्प गर्नुस् ।
हातमा तिल, फूल, अक्षता, मिठाइ र फल लिएर ‘यथोपलब्धपूजनसामग्रीभिः भगवत्यास् सरस्वत्यास् पूजनमहं करिष्ये’ उच्चारण गर्दै हातमा राखिएको सामग्री देवी सरस्वतीका अगाडि राख्नुस् ।
अब भगवान् गणपतिको पूजन गर्नुस् ।
हातमा फूल लिएर गणपतिको ध्यान गर्नुस् । मन्त्र यसप्रकार छ :
गजाननम्भूतगणादिसेवितं कपित्थ जम्बू फलचारुभक्षणम्। उमासुतं शोक विनाशकारकं नमामि विघ्नेश्वरपादपंकजम्। हातमा अक्षता लिएर गणपतिको आह्वान गर्नुस् र मन्त्र पढ्नुस् ः ऊँ गं गणपतये इहागच्छ इह तिष्ठ।। यति भन्दै पात्रमा अक्षता राख्नुस् ।
अनि जल लिएर भन्नुस् :
एतानि पाद्याद्याचमनीयस्नानीयं, पुनराचमनीयम् ऊँ गं गणपतये नम:।
अनि रक्तचन्दन लगाउनुस् : इदम रक्त चंदनम् लेपनम् ऊँ गं गणपतये नमस्।
त्यसैगरी श्रीखण्ड चन्दन भन्दै श्रीखण्ड चन्दन लगाउनुस् । अनि सिन्दूर चढाउनुस् र उच्चारण गर्नुस् : “इदं सिन्दूराभरणं लेपनम् ऊँ गं गणपतये नम:
दूबो र बेलपत्र गणेशजीलाई चढाउनुस् । गणेशजीलाई रातो वा पहेंलो वस्त्र चढाउनुस् ।
इदं पीत वस्त्रं ऊँ गं गणपतये समर्पयामि।
गणेशजीलाई प्रसाद अर्पण गर्नुस् : इदं नानाविधि नैवेद्यानि ऊँ गं गणपतये समर्पयामि ।
मिष्ठान्न अर्पण गर्नका लागि मन्त्र : इदं शर्करा घृत युक्त नैवेद्यं ऊँ गं गणपतये समर्पयामि ।
प्रसाद अर्पण गरेपछि आचमन गराउनुस् : इदं आचमनयं ऊँ गं गणपतये नम:।
त्यसपछि पान सुपारी चढाउनुस् ः इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ गं गणपतये समर्पयामि।
अनि एउटा फूल लिएर गणपतिलाई चढाउनुस् र मन्त्र भन्नुस् : एष: पुष्पान्जलि ऊँ गं गणपतये नम:
गणपति पूजनपछि सूर्य सहित नवग्रहको पूजा गर्नुस् ।
सरस्वती पूजन आरम्भ
ध्यान
सरस्वती महाभागे विद्या कमललोचने,
विश्वरूपे विशालाक्षी विद्यां देहि विद्यांवरे।
प्रतिष्ठा
हातमा अक्षता लिएर उच्चारण गर्नुस् :
“ऊँ भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ। मन्त्रोच्चारण गरेर अक्षता राख्नुस् ।
अनि जल दिएर पाद्य र आचमन गराउनुस् : ‘एतानि पाद्याद्याचमनीय(स्नानीयं, पुनराचमनीयम्।”
प्रतिष्ठापछि स्नान गराउनुस् ः ऊँ मन्दाकिन्या समानीतैः, हेमाम्भोरुह(वासितैः स्नानं कुरुष्व देवेशि, सलिलं च सुगन्धिभिः।। ऊँ श्री सरस्वतयै नमः।।
चन्दन
इदं रक्त चंदनम् लेपनम्...
सिन्दूर
इदं सिन्दूराभरणं...
पुष्प
‘ऊँ मन्दारपारिजाताद्यैरनेकैः कुसुमैः शुभैः। पूजयामि शिवे, भक्तया, सरस्वतयै नमो नमः।। ऊँ सरस्वतयै नमः, पुष्पाणि समर्पयामि।’
वस्त्र
इदं पीत वस्त्र समर्पयामि
प्रसाद
“इदं नानाविधि नैवेद्यानि ऊं सरस्वतयै समर्पयामि”
मिष्ठान्न
“इदं शर्करा घृत समायुक्तं नैवेद्यं ऊँ सरस्वतयै समर्पयामि”
आचमन
इदं आचमनयं ऊँ सरस्वतयै नम:।
सुपारी
इदं ताम्बूल पुगीफल समायुक्तं ऊँ सरस्वतयै समर्पयामि।
फूल
एष: पुष्पान्जलि ऊँ सरस्वतयै नम:
अनि एक फूल लिएर त्यसमा चन्दन र अक्षता लगाएर किताब र कापीमा राख्नुस् ।
अन्त्यमा देवी सरस्वतीको आरती गरेर प्रसाद वितरण गर्नुस् ।
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...