नेकपा बैठकमा सहभागी भइन् तुम्बाहाङ्फे, भन्छिन्– ‘यहाँ नआए कहाँ जाने ?’

प्रतिनिधि सभाको उपसभामुखबाट राजीनामा दिएकी नेकपा सांसद डा. शिवमाया तुम्बाहाङ्फे नेकपा केन्द्रीय कमिटी बैठकमा सहभागी भएकी छन् ।

नेकपा सचिवालय बैठकले मंगलवार मात्र उनलाई केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो । तुम्बाहाङ्फे बुधवार राष्ट्रिय सभा गृहमा जारी केन्द्रीय समिति बैठकमा सहभागी भएकी हुन् ।


Advertisement

बैठक स्थलमा लोकान्तरलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भनिन्– ‘यहाँ नआए कहाँ जाने ?’ उनले लोकान्तरसँग भनिन् ।

यसअघि आफूलाई सभामुख बनाउन दबाब दिँदै आएकी उनले राजीनामा दिएपछि पितृसत्ताको खरो आलोचना गरेकी थिइन् । 


Advertisement

राजीनामा दिनुअघि उनले आफू नेकपाको सदस्य नै नरहेकाले निर्देशन नमान्ने बताउने गरेकी थिइन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्