केन्द्रीय कमिटीमा ओलीले भने– 'नेकपा सरकारविरुद्ध प्रचारयुद्ध डरलाग्दो छ'

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नेतृत्वको वर्तमान सरकारविरुद्ध डरलाग्दो प्रचारयुद्ध भइरहेको बताएका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध एकतर्फी आक्रमण भइरहेको टिप्पणी गरेका हुन् । प्रचारयुद्धलाई सरकारले नतिजाबाट जवाफ दिइरहेको उनले बताए ।


Advertisement

‘हाम्राविरुद्ध प्रचारयुद्ध डरलाग्दो छ, प्रचार आक्रमण । युद्ध दुईतर्फी हुन्छ, तर हामीले गरेका छैनौं । एकतर्फी आक्रमण भएको छ । हामीले नतिजाबाट जवाफ दिएका छौं’ ओलीले भने । 

नेकपा अध्यक्ष समेत रहेका ओलीले संसद् सञ्चालन, सरकार, स्थानीय तह, संविधान कार्यान्वयनका सन्दर्भमा थुप्रै कामहरू भएका दाबी गरे ।


Advertisement

कतिपय आलोचना, कतिपय कमजोरी भएपनि सरकारले काम गरिरहेको उनले बताए । 

‘हामी उपलब्धि हासिल गर्मे काममा पछि परेका छैनौं,’ ओलीले भने । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्