क्वारेन्टाइनका लागि चीनको एक होटलमा राखिएका मानिसलाई रोबोटले पुर्‍यायो खाना (भिडियो)

चीनमा कोरोनाभाइरसको प्रकोप बढ्दै जाँदा क्वारेन्टाइनमा राखिएको एक होटलमा फसेका मानिसलाई रोबोटहरूले खाना पुर्‍याएको एक नयाँ भिडियो फूटेज सार्वजनिक भएको छ । 

ती रोबोटहरूलाई कोठाकोठाका ढोकामा रोकिन प्रोग्राम गरिएको छ । रोबोटहरूले खाना पुर्‍याउने र अतिथिको मनोरञ्जनका लागि गीत गाउने काम गर्छन् । 


Advertisement

पूर्वी चीनको हाङ्चोको आइसोलेसन पोइन्टमा २०० भन्दा बढी पर्यटकहरू राखिएका छन् । उनीहरूको विमान उक्त शहरमा अवतरण गरिएपछि उनीहरू त्यहाँ थुनिएका थिए । 

केही यात्रुहरू वुहान शहरबाट पनि आएका थिए । त्यहाँबाट नै भाइरस आरम्भ भएको थियो । 


Advertisement

यात्रुहरूमाझ नै संक्रमण नफैलियोस् भनी होटलका कर्मचारीले रोबोटमार्फत खाना पुर्‍याउन थालेका हुन् । 

आइतवार होटलका पाहुनाहरूले खिचेको भिडियोमा रोबोट कोठाका ढोकाअगाडि रोकिएको अनि मानिसहरूले कोठाबाहिर आएर खानेकुरा लिएको देखिन्छ । 

खाना पुर्‍याउने क्रममा पाहुनाहरूलाई एक घोषणा पनि सुनाइन्छ । 

द स्टारका अनुसार, रोबोटले यसो भनेको सुनिन्छ : ‘सबैजनालाई नमस्कार । म तपाईंहरूलाई अहिले खाना पस्किरहेको छु । तपाईंलाई कुनै किसिमको खाना आवश्यक भएमा वीच्याटमार्फत हामीलाई सन्देश पठाउनुस् । कर्मचारीले तपाईंलाई छिट्टै सम्पर्क गर्नेछन् । खानामा रमाउनुस्, धन्यवाद !’

चिनियाँ कम्युनिस्ट पार्टीको हाङ्चो स्कूलका एक प्रवक्ताले १६ वटा रोबोटलाई प्रोग्राम गरेको बताए । भवनका प्रत्येक तल्लामा एक रोबोट खटाइएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्