कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
माघ १५, २०७६
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताको पक्षमा पर्याप्त काम गरेको जिकिर गरेका छन् ।
पूर्वाधारको क्षेत्रमा फड्को मारेपनि सरकारका तर्फबाट जनतामा पर्याप्त प्रचार र सम्प्रेषण गर्न नसकिएको दाबी उनले गरे ।
बुधवारदेखि काठमाडौंमा शुरू भएको नेकपा केन्द्रीय कमिटी बैठकमा सरकारका कामको फेहरिस्त प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले विभिन्न सूचकांकलाई उद्धृत गर्दै सुधार भइरहेको दाबी गरेका हुन् ।
सरकारको काम प्रभावकारी नभएको भन्दै स्वयं नेकपाका सदस्यहरूले असन्तुष्टि पोखेको समयमा ओलीले केन्द्रीय कमिटीमा हुनसक्ने सम्भावित आलोचनाबाट बच्न शुरूमै कामको फेहरिस्त प्रस्तुत गरेका हुन् ।
विधिको शासनको सूचकांक, भ्रष्टाचार मापक सूचकांक, ह्याप्पिनेस इन्डेक्स लगायतका सूचकांकमा नेपालले प्रगति हासिल गरेको ओलीले बताए ।
‘गणतन्त्र स्थापनापछिको एक दशकमा लगातार ४ प्रतिशतको आर्थिक वृद्धि थियो । पछिल्ला तीन वर्षमा ६ प्रशिसतभन्दा माथि छ, फौजी किराले धक्का दियो तर धेरै नोक्सान पार्न सकेको छैन,’ ओलीले भने, ‘उच्च आर्थिक वृद्धिदर भएका दश देशमा नेपाल परेको छ, हाम्रो मुखपत्रले होइन द इकोनमिस्ट भन्ने पत्रिकाले निकालेको हो ।’
सरकार गठनपछिको दुई वर्षमा वैदेशिक लगानीको प्रतिबद्धता समे बढेको दाबी उनले गरे । ‘वैदेशिक लगानीको प्रतिबद्धता १३२ प्रतिशत बढेको छ । अन्तर्राष्ट्रिय व्यापार घाटामा कमी आएको छ । आयात घटाएका छौं र निर्यात वृद्धि गरेका छौं । २७ प्रतिशतले निर्यात् २७ बढेको र आयात ४ प्रतिशत घटेको छ,’ ओलीले भने ।
प्रधामनन्त्री ओलीले पूर्वाधार निर्माणको क्षेत्रमा पनि फड्को मारेका दाबी गरे ।
‘पूर्वाधारको क्षेत्रमा असाधारण प्रगति भएको छ, ५ दशमलव ७ किमी प्रतिदिन कालोपत्रे भएको छ, विगतमा वर्षमा १० किमी पिच नभएको अवस्था पनि थियो,’ ओलीले भने, ‘नागढुंगासँगै सुरुङमार्गको युगमा प्रवेश गर्यौं । यी काम फलिसके भनेको होइन, कतै टुसाउँदैछन्, कतै फुल्दैछन् । एकै दिनमा रोम बनेको थिएन । हामीले कसरी काम गरेका छौं भन्ने उदाहरण मात्र हो,’ उनले भने ।
१२औं गासमा ३ पदक ल्याएको नेकपालले १३ औं सागमा ५२ पदक जित्नुलाई पनि ओलीले सरकारको सफलताको रूपमा व्याख्या गरे ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...