कालापानीबारे ओलीको ब्रिफिङ– लिम्पियाधुरा हाम्रो भनेर नेपाल सरकारले पहिलोपटक दाबी गर्‍यो

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ नक्साका सम्बन्धमा भारतलाई पत्राचार भइसकेकाले संवादमार्फत समस्याको समाधान गरिने बताएका छन् । उनले सरकारले राष्ट्रहितको बेवास्ता र कम मूल्यांकन गर्छ कि भन्ने नठान्न आग्रह गरे । 

बुधवारदेखि काठमाडौंमा शुरू नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रधामनन्त्री ओलीले नयाँ नक्सा सच्याउन मंसिर ४ गते भारतलाई पत्राचार भइसकेको र वार्तामार्फत समस्याको समाधान हुने विश्वास व्यक्त गरेका हुन् । 


Advertisement

तथ्य र प्रमाणले लिम्पियाधुरा समेतको भू–भाग नेपालको रहेको देखाउने भन्दै ओलीले यसबारे संसद्‍मा विस्तृतमा बोल्ने जानकारी गराए । 

‘सरकारले कुनै प्रकारको राष्ट्रहितको बेवास्ता गर्ने, कम मूंल्याकन गर्छ कि भन्ने नठाने हुन्छ । यो सरकार देशभक्त, राष्ट्रवादी र सत्यका लागि लड्ने, सत्यका लागि बोल्ने आँट गर्ने सरकार हो,’ ओलीले भने ।


Advertisement

ओलीले यसबारे संसद्मा सविस्तार बोल्ने बताए । 

उनले सुस्ता, कालापानी, लिपुलेक र लिम्पियाधुरामा रहेको सीमा विवाद समाधान वार्तामार्फत गर्ने स्पष्ट गरे । 

उनले सीमा सुरक्षाका बारेमा पनि सरकारले ध्यान दिएको र सीमा सुरक्षा पोस्ट बढाएको उल्लेख गरे । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्