कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
माघ १५, २०७६
अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले एक विधेयक पारित गरेर तिब्बती धर्मगुरु दलाई लामाको उत्तराधिकारी छान्ने प्रक्रियामा अवरोध गर्ने चिनियाँ अधिकारीहरूलाई आर्थिक र यात्रामा प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।
हाउस रुल्स कमिटी र कंग्रेसनल–एक्जेक्युटिभ कमिसन अन चाइनाका अध्यक्ष जेम्स पी मकगोभर्नले प्रस्ताव गरेको विधेयकका पक्षमा ३९२ र विपक्षमा २२ मत परेको थियो ।
माथिल्लो सदन सिनेटले विधेयक पारित गरेर राष्ट्रपतिले हस्ताक्षर गरेर कानून बनाएमा चीनले अमेरिकामा नयाँ वाणिज्य दूतावास बनाउन समेत प्रतिबन्ध लाग्नेछ । वाशिङटनले ल्हासामा कूटनीतिक स्टेसन खोल्ने अनुमति बेइजिङले दिए मात्र त्यो प्रतिबन्ध खोलिनेछ ।
विधेयकका अनुसार, १५औं दलाई लामा सहित तिब्बती बौद्ध नेताहरूको उत्तराधिकार वा पुनर्जन्म पूर्णतया धार्मिक मामिला हो र त्यसमा तिब्बती बौद्ध समुदायले मात्र निर्णय लिन पाउँछ ।
विधेयकमा उल्लेख भएअनुसार, चिनियाँ अधिकारीहरूले बेइजिङबाट अनुमतिप्राप्त दलाई लामालाई पहिचान गरेमा वा राखेमा उनीहरूको अमेरिकामा रहेको सम्पत्ति रोक्का र अमेरिका भ्रमणमा प्रतिबन्ध वाशिङटनले लगाउनेछ ।
हाउसलाई सम्बोधन गर्दै सभामुख न्यान्सी पेलोसीले तिब्बतको धार्मिक तथा सांस्कृतिक मामिलामा हस्तक्षेप गरेमा बेइजिङलाई जवाफदेही बनाइने स्पष्ट संकेत यस विधेयकले दिने बताइन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...