×

NMB BANK
NIC ASIA

गोकर्ण रिसोर्टबारे ओलीको प्रस्टीकरण– व्यापारिक घरानाको अस्वस्थ प्रतिस्पर्धामा पर्दैनौं, गल्ती गरेको छैन

माघ १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गोकर्ण रिसोर्ट र यती होल्डिङ कम्पनीबारे मिडियामा आएका कुरा व्यापारिक घरानाबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण आएको टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

‘कुन व्यापारीलाई के परेको छ, कुन ब्ल्याकमेलरलाई के परेको छ, तर सरकारले कुनै गल्ती गरेको छैन,’ उनले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गोकर्ण रिसोर्ट र यती होल्डिङ कम्पनीलाई पोस्ने काम गरेको भन्दै आलोचना भएपछि प्रधानमन्त्री ओलीले बुधवार काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा सरकारले कुनै गल्ती नगरेको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

यती होल्डिङको समाचारमा यती एयरलाइन्स शुरू नहुँदै पासाङ ल्हामु शेर्पालाई मदन भण्डारी र जीवराज आश्रितले शुभकामना दिएको तस्वीर राखेर गलत प्रचार गरिएको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे ।

Vianet communication
Laxmi Bank

नारायणहिटी दरबारअगाडिको जग्गा व्यापारिक प्रयोजनका लागि लिजमा दिनु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने बहस भएपनि सरकारले दिने नीति बनाएको र दिएको उनले बताए । 

‘जहाँसम्म ६ अर्ब लिज पर्ने १ अर्बमा दियो भन्ने छ, त्यो जग्गाको मूल्य नै त्यति पर्छ कि पर्दैन ? १ अर्ब ४० करोडमा दिने भन्ने भूलचुकले लेखिएको विषयलाई लिएर अहिलेको सरकारलाई आरोपित गर्ने गरिएको छ,’ उनले भने । 
पाथीभराको ९३ रोपनी जमिन पनि सित्तैमा नदिइएको दाबी गर्दै ३० वर्षका लागि दिइएको बताए ।

‘व्यापारिक घरनाबीचको अस्वस्थ प्रतिस्पर्धामा पर्दैनौं । विकासका काम स्वच्छ ढंगले अगाडि बढाउँ भन्ने चाहन्छौं । जो सुकैलाई कानूनसम्मत् ढंगले अगाडि बढाउन दिन्छौं, कानूनविपरीत गए कारवाही गर्छौं,’ ओलीले भने ।

गोकर्ण रिसोर्ट विगतमा दरबारले कुनै विदेशी कम्पनीलाई दिएको र द्वन्द्वकालमा विदेशी कम्पनीले चलाउन नसक्ने भएपछि नेपालीले किनेको प्रसंग उनले स्मरण गराए । 

‘ब्ल्याकमेलरले ब्ल्याकमेल गर्न पाएन भनेर बन्द गर्नुपर्छ भन्ने धारणा हो ? सम्झौता नसिधिँदै दिनुपर्छ, सम्झौता नभए तयारी गर्दासम्म भत्किन सक्छ । प्रतिस्पर्धात्मक मूल्य कायम गरेर दिएका छौं,’ ओलीले भने । 

यति होल्डिङसँग सरकारलाई जोडेर भइरहेका प्रचारप्रति ओलीले एकमुष्ठ जवाफ फकाए– ‘कुन व्यापारीलाई के परेको छ, कुन ब्ल्याकमेलरलाई के परेको छ, सरकारले कुनै गल्ती गरेको छैन ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x