मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
माघ १५, २०७६
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले केन्द्रीय कमिटीमा पेश गरेको विधान संशोधन दस्तावेजमा केन्द्रीय कमिटीमा अध्यक्षले मत हाल्न नपाउने प्रस्ताव गरिएको छ ।
बुधवारदेखि शुरू भएको केन्द्रीय कमिटीको बैठकमा महासचिव पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।
प्रस्तावमा उपाध्यक्षको काम, कर्तव्य र अधिकार थप्नुपर्ने उल्लेख गरिएको छ । गत भदौमा बसेको सचिवालय बैठकले संगठन विभागका प्रमुख वामदेव गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् विधान संशोधन प्रस्तावको पूर्णपाठ
प्रस्तावनाको दोस्रो प्याराग्राफमा 'यस पार्टीको ..... ..... भन्ने विश्वास गर्दछ' भन्ने वाक्यांशको सट्टा 'यस पार्टीको रणनीतिक लक्ष्य र आधारभूत कार्यक्रम वैज्ञानिक समाजवाद हो । तात्कालिक कार्यक्रम समाजवादउन्मुख जनताको जनवाद हो । यो पार्टी तात्कालिक रुपमा समाजवादउन्मुख जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्न, समाजवाद स्थापना गर्न र मानवजातिको सबैभन्दा विकसित सामाजिक–आर्थिक व्यवस्था साम्यवादको दिशामा अघि बढ्न प्रतिबद्ध छ' भन्ने उल्लेख गर्ने ।
प्रस्तावनाको तेस्रो प्याराग्राफमा 'समाजवादको आधार निर्माण गर्नु यस पार्टीको तात्कालिक लक्ष्य हो' भन्ने वाक्याँशको सट्टा 'समाजवादको आधार निर्माण गर्नु जनताको जनवादको मुख्य उद्देश्य हो' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – १० को (ख) ७ मा 'संगठित सदस्यता प्रदान गर्न' पछि 'र उपयुक्त कमिटीमा संगठित गर्न' भन्ने वाक्याँश थप्ने।
धारा– १० (ग) १ को साविक व्यवस्थाको सट्टा 'पार्टी कमिटी वा आयोग वा विभाग वा पार्टी सेलमा संगठित भई काम गर्ने' भन्ने उल्लेख गर्ने ।
धारा– १८ (घ) १ को साविक व्यवस्थाको सट्टा 'दुई अध्यक्ष, दुई बरिष्ठ नेता, एक उपाध्यक्ष, एक प्रवक्ता र एक महासचिवसहित ४४१ सदस्यीय कमिटी' भन्ने उल्लेख गर्ने ।
धारा – १८ को (झ) पछि निम्नानुसार थप्ने '(ञ) उपाध्यक्षको अधिकार र कर्तव्य देहायबमोजिम हुनेछन्ः १. अध्यक्षको अनुपस्थितिमा अध्यक्षको अधिकार र कर्तव्यको प्रयोग र पालना गर्ने, २. अध्यक्षलाई सघाउने, ३. केन्द्रीय कमिटीले तोकेका अन्य कार्य गर्ने ।'
धारा – १९ (ङ) ८ को सट्टा 'आयोगका अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा पदेन सदस्यको रुपमा भाग लिनेछन् तर निजलाई मताधिकार हुनेछैन' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २० (ङ) ७ को सट्टा 'आयोगका अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा पदेन सदस्यको रुपमा भाग लिनेछन् तर निजलाई मताधिकार हुनेछैन' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २१ (ङ) ७ को सट्टा 'आयोगका अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा पदेन सदस्यको रुपमा भाग लिनेछन् तर निजलाई मताधिकार हुनेछैन' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २३ (क) ६ को सट्टा 'केन्द्रीय विभागका सचिव र सदस्यहरु' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २३ (ख) ३ हटाउने ।
धारा – २४ (क) को सट्टा 'केन्द्रीय कमिटीले आफ्नो कूल सदस्य संख्या भन्दा बढी नहुने गरी अध्यक्ष, सचिव र सदस्यसहित सल्लाहकार परिषद गठन गर्न सक्नेछ' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २४ (घ) को सट्टा 'अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा पदेन सदस्यको रुपमा भाग लिनेछन् तर निजलाई मताधिकार हुनेछैन' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २५ (क) को सट्टा 'केन्द्रीय कमिटीले कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान गरेका अनुभवी व्यक्तिहरु मध्येबाट आफ्नो कूल सदस्य संख्या भन्दा बढी नहुने गरी अध्यक्ष, सचिव र सदस्यसहित ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्न सक्नेछ' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २५ (घ) को सट्टा 'अध्यक्षको मर्यादा स्थायी कमिटी सदस्य सरह र सचिव तथा सदस्यहरुको मर्यादा केन्द्रीय कमिटी सदस्य सरह हुनेछ' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – २५ (घ) पछि '(ङ) अध्यक्षले केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका बैठकमा पदेन सदस्यको रुपमा भाग लिनेछन् तर निजलाई मताधिकार हुनेछैन' भन्ने वाक्याँश थप्ने ।
धारा – २८ को ठाउँमा निम्नानुसार उल्लेख गर्ने 'धारा– २८. उपत्यका विशेष कमिटी : (क) काठमाडौँ उपत्यकामा मजदूर, युवा–विद्यार्थी, उद्यमी–व्यवसायी र पेसागत क्षेत्रको पार्टी कामलाई नेतृत्व प्रदान गर्न अधिवेशनबाट निर्वाचित उपत्यका विशेष कमिटी रहनेछ (ख) उपत्यका विशेष कमिटीमा अध्यक्ष र सचिवसहित ७५ सदस्य रहनेछन् (ग) उपत्यका विशेष कमिटीको अधिकार र कर्तव्य प्रदेश कमिटी सरह हुनेछ' भन्ने उल्लेख गर्ने ।
धारा– २८ लाई धारा– २९ बनाउने र क्रम संख्या मिलाउने ।
धारा – २९ (ख) पछि '(ग) काठमाडौँ उपत्यकाअन्तर्गतका विशेष जिल्ला कमिटीको मातहतमा ईलाका कमिटी, शाखा कमिटी, प्रारम्भिक कमिटी र पार्टी सेल गठन गर्न सकिने छ' भन्ने वाक्याँश थप्ने र क्रम संख्या मिलाउने ।
धारा – २९ (ञ) १२ को सट्टामा 'आफ्नो कमिटीका कूल सदस्य संख्याभन्दा बढी नहुने गरी सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने र अधिकार तथा कर्तव्य तोक्ने' भन्ने उल्लेख गर्ने ।
धारा – ३९ (ग) को सट्टामा 'सबै तहका कमिटीले एकता प्रक्रियालाई अघि बढाउन र योग्य, अनुभवी एवं क्रियाशील कमरेडहरुलाई उपयुक्त जिम्मेवारी दिन आफ्नो कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढाई सदस्यहरु मनोननयन गर्न सक्नेछन् ।
प्रदेश, जिल्ला र सो मातहतका कमिटीहरुको यस्तो निर्णय एकतह माथिल्लो कमिटीबाट अनुमोदन भए पछि लागू हुनेछ' भन्ने वाक्याँश उल्लेख गर्ने ।
धारा – ४६ (घ) को अन्त्यमा 'कुनै पनि कमिटीको ईञ्चार्ज वा सहईञ्चार्ज सोही कमिटीमा सदस्य रहने छैनन्' भन्ने वाक्याँश थप्ने ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...