×

NMB BANK
NIC ASIA

पोखरा–

Muktinath Bank

'जसलाई मुटुको अंश ठानेकी थिएँ


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उसैले आज घात गर्‍यो ...।' 


Advertisment
Nabil box
Kumari

बीबी अनुरागीको संगीत र मिलन अमात्यको स्वरको यो गीतका गीतकार हुन्, सुमन श्रापित । लामो समयदेखि संगीत, साहित्य पत्रकारितामा क्रियाशील सुमनलाई यही गीतले चिनायो ।

Vianet communication
Laxmi Bank

त्यसपछि ‘दिलराजा दिलरानी', ‘टिलपिल टिलपिल तारा’, ‘तिमीलाई त जहाजमा’ जस्ता गीतले उनलाई अझ फराकिलो परिचय दियो । ‘भावनाको खेती’ गीतसंग्रहबाट उनले वर्ष गीत पुस्तक पुरस्कार–२०७४ प्राप्त गर्न सफल भए । गीतकार संघले आयोजना गरेको कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. रामबरण यादवबाट उनले ५० हजार राशीको सो सम्मान ग्रहण गरेका थिए ।

सुमनले लेखेका मेरो धड्कन तिमी, कहिले ओराली झर्छ जिन्दगी, बदनाम गरेर, तिमी चट्टै माया मारेर गयौ, यसपालीको तीज आहा कति रमाइलो लगायत सफल मानिएका गीत हुन् ।

रेडियो नेपाल सुनेर लगाव

बागलुङको तित्याङ–४ स्थायी घर भएका सुमनको जन्म भारतको सिलोङमा भयो । त्यसबेला उनका बुवा भारतीय सेनामा कार्यरत थिए । बाल्यकाल सिलोङ बिताएका सुमन ६ वर्षको छँदा मूलघर बागलुङ नै फर्किए । त्यसताका अहिलेजस्तो एफएम रेडियो, टीभी, पत्रपत्रिका, मोबाइल भित्रिसकेको थिएन । मात्र सुनिन्थ्यो– रेडियो नेपाल ।

लाहुरबाट फर्किंदा उनका बुबाले गाउँमै पहिलो पटक रेडियो भित्र्याए । गीतसंगीत तथा समाचार सुन्नेहरूको घरमा भीड लाग्थ्यो । त्यतिबेला उनी १२/१३ वर्षका थिए । सुमन सम्झन्छन्, ‘जता जाँदा पनि त्यही रेडियो लिएर जान्थें । हरेक पल सुन्थें । मलाई त्यही रेडियो नेपाल सुनेर गीतसंगीतप्रति नजानिँदो तवरले लगाव बढाएको हुनुपर्छ ।’

मोफसलमा रहेर लगातार गीत रेकर्ड

सुमन अहिले सुन्दरनगरी पोखरामा बसेर गीत सिर्जनामा लागेका छन् । राजधानी बाहिर रहेर पनि चर्चित गायक-गायिकाको स्वरमा धेरै गीत रेकर्ड गराउनेमा उनी अग्रपंक्तिमा छन् । उनका हालसम्म २ सय बढी गीत रेकर्ड भएका छन् । हुन त केही समय उनी राजधानी काठमाडौंमा बसे । म्युजिक मुभीको प्रधानसम्पादक भए । साहिय, संगीत र पत्रकारिता तीनै विधाका यी त्रिवेणी विभिन्न सामाजिक संघसंस्थामा संलग्न छन् । उनी एकान्तमा रहँदा सिर्जनामा बढी तल्लीन हुन्छन् । सुमन भन्छन्, 'मोफसलमा बसेर राष्ट्रिय ख्याति कमाउन गाह्रो छ । यद्यपि मेरा पाइला एउटा कुशल गीतकारको छबि बनाउने बाटोतिर उन्मुख छन् ।' 

पहिलो एल्बमपूर्णिमाको रात

सुमनले २०५८ सालमा ‘पूर्णिमाको रात’ एल्बममा स्वर भरे । सोसँगै उनमा उत्साह थपियो । त्यसयता उनको निरन्तर परिश्रम, साधना र लगनशीलता टुटेन । अझै फाप्दै गयो । पछि फूलपाती देवीदेउतालाई र पूर्णिमाको रात लोकदोहोरी एल्बममा स्वर दिए । त्यस्तै दुई वटा आधुनिक, दुई वटा लोकदोहोरी तथा तीन वटा तीज गीत गरी ७ वटा एल्बममा उनले एकल गीत रचना गरेका छन् । यतिले पनि उनको तिर्खा मरेन । आधुनिक गीत गजल, फिल्म लोक र तीज गीत रेकर्ड गराउनेक्रम जारी राख्दै गए । गायनभन्दा गीत लेखनमा बढी क्रियाशील सुमनले रत्यौली शैलीका तीज गीतको माझमा शालीन शैलीका तीज गीत लेखेर शालीन गीतकारको छविसमेत बनाएका छन् ।

उनका गीत चर्चित गायक–गायिकाले स्वर दिएका छन् । उदितनारायण झा, दीपानारायण झा, रामकृष्ण ढकाल, मेलिना राई, देविका बन्दना, सुनिता दुलाल, अञ्जु पन्त, स्वरुपा रसाइली, कल्पना गौतम, स्वरुपराज आचार्य, हेमन्त शर्मा, बीबी अनुरागी, माण्डवी त्रिपाठी, प्रशान्त तामाङ, राजु परियार, शर्मिला गुरुङ, देवी घर्ती, रामचन्द्र काफ्लेलगायतले उनको गीतमा स्वर भरेका छन् ।

तीज गीतको पहिलो एल्बम 'यसपालीको तीज' बजारमा ल्याइसकेपछि उनले क्रमशः 'धुमधाम तीज' र 'फुरुक्कै परें बरिलै' बजारमा ल्याए । शुभयात्रा र संकल्प नामका आधुनिक गीत तथा गजल एल्बम आए ।

सुमनलाई अचेल फिल्मका लागि गीत लेखिदिनुपर्‍यो भन्नेहरू धेरै छन् । व्यावसायिक गीतकार बनेका उनका गीत फिल्म जीवनलीला, निशानी, दृष्टिकोण, परदेशी, रित्तोमा  समेटिएको छ । उनका फुटकर एल्बम मोहनी, रिमझिम, निरमाया, रामकसम, मिलन, इन्नोभेटिभ, प्रण, सगुन, मेरो हजुरमा पनि गीत छन् ।

साहित्य र पत्रकारितामा रुचि

उनको सम्पादन रहेको पोखरामा फुलेका सुनाखरीहरू (पोखरेली संयुक्त गीतसंग्रह) र सुरज बिरहीसँग मिलेर निकालेको बिछोडको बेदना कवितासंग्रह पनि पाठकले नरुचाएका होइनन् । पोखरामा फूलेका सुनाखरीहरू बजारमा ल्याउँदा उनले निकै परिश्रम खेप्नुपरेको अझै पनि स्मरण गर्दछन् । उनकै परिकल्पनामा हालैमात्र अन्तर्राष्ट्रिय नेपाली गीतसंगीत मञ्च गठन भएको छ । मञ्चको उनी महासचिव हुन् । संगीत रोयल्टी संकलन समाजका सदस्य उनी गीतकार संघका आजीवन सदस्य हुन् । यस्तै एभरग्रीन क्रियशन प्रालि, नेपालका प्रबन्ध निर्देशक पनि हुन् । यतिधेरै संघसंस्था र गीतसंगीतलाई कसरी समय मिलाउनुहुन्छ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘घटना परिघटनासँगै नयाँ-नयाँ वार्तालापले साधनामा बाधा पार्नुको सट्टा झनै उर्जा थप्छ ।’

दर्जन बढी सम्मान र पुरस्कार

विभिन्न विधामा उत्तिकै जमेका उनलाई दर्जन बढी पुरस्कार तथा सम्मान मिलेको छ । वर्ष गीत पुस्तक पुरस्कार प्राप्त गरेका उनलाई यसै वर्ष अनुपम संगीत सम्मान–२०७६ दिइयो । त्यसअघि उनले बाबा साहित्य साधक पुरस्कार–२०७० पाए भने सम्पदा कला मन्दिरबाट शील्प गीतकारको उपाधि पाए । अर्को आँखा साप्ताहिक सम्मान–०६९, काठमाडौं, चैत्रेदशैं मेला व्यवस्थापन समिति बाग्लुङद्वारा गायनवापन कदरपत्र, साहित्य सिर्जना वापत कदरपत्र–०६१, हिमचुली एफएम पोखराद्वारा कार्यक्रम प्रस्तोतावापत प्रशंसापत्र, संयुक्त दुलेगौडा खैरेनी विश्वकर्मा सेवा समाजद्वारा समाचार लेखनबापत सम्मान–०६२ तथा अन्नपूर्ण एफएमद्वारा आयोजित संविधानसभा र जनता विषयक मुक्तक प्रतियोगिता—०६४ मा उत्कृष्ट हुन सफल भए ।

गीतकारको पहिलो एकल साँझ

सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान नेपालले उनलाई आगामी फागुन ३० मा एकल साँझमा उभ्याउने भएको छ । सुमनद्वारा रचना गरिएका कर्णप्रिय गीतको एकल प्रस्तुति 'सुमन श्रापित एकल सांगीतिक साँझ’ तयारी गरिएको हो । सप्तरङ्गीले गीतकारको पहिलोपल्ट व्यावसायिक एकल साँझ गर्न लागेको हो । यसअघि हरिदेवी कोइराला, दुर्गा शाह बाबा, पद्मराज ढकाल र खिम गुरुङको एकल प्रस्तुति भइसकेको छ । ‘एकल साँझ गर्ने जो कोही सर्जकको सपना हुन्छ । त्यो सपना थियो,’ सुमन भन्छन्, ‘जुन पूरा गर्न संस्था मञ्जुर भएकोमा आभारी छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x