×

NMB BANK
NIC ASIA

लोकसंस्कृति : न्याउल्या, डेउडा र देउडाका भेद र विभेद !

माघ १८, २०७६

NTC
Sarbottam
डेउडा खेल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्री तथा प्रदेशसभा सदस्यहरू
Premier Steels
Marvel

‘सुदूरपश्चिम भौगोलिक रूपले विकट हुनुको लाभ यहाँको कञ्चन लोकसंस्कृति हुन् । पाश्चत्य संस्कृतिको प्रदुषणबाट अझै मुक्त छ । यस्तो सांस्कृतिक वैभवता अन्यत्र कहाँ पाउँछ र ?,' पुसको उत्तरार्द्धमा आयोजित सुदूरपश्चिमको भाषा, संस्कृति तथा पुरातत्त्व सम्बन्धी कार्यशालामाथि टिप्पणी गर्दै मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीले भने ।

Muktinath Bank

यहाँको सुदूर हिमालदेखि तराईका फाँटहरूमा सांस्कृतिक खजानाहरू दबिएका छन् । जनजिब्रोमा लुकेका छन् । केही लोप हुँदैछन् । केही बाह्य प्रभावले अपभ्रंश हुँदै गएको साहित्यकार जोशीसहित लोकसंस्कृति विद्हरूको मत र जोड थियो । बाह्य संस्कृतिको विषाक्त प्रभाव र राज्यको उदासिनताले लोकसंस्कृति विकृत हुँदै गएको भन्दै उनीहरूले चिन्ता पनि पोखे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वास्तवमा सुदूरपश्चिम भौगोलिक रूपमा विकट र आर्थिक रूपमा विपन्न भएता पनि सांस्कृतिक वैभवतामा अग्रस्थानमा छ । ब्राह्मण, क्षेत्री, थारू, मगर, नेवार, मुसलमान, दलित,  ठकुरी, सौका, वादी, राउटे, थकाली, कुम्हाललगायतको बसोबास छ । सखिया, सजना, मागर, बर्किमार, डेउडा, देउडा, न्याउल्या, फाग (मंगल गीत), सगुन (विसु पर्व गाइने), माँगल (मांगलिक गीत), अठवाली (गौरा पर्वमा गाइने गीत), चैत (पर्व विशेष गीत), धमारी (गाएर खेलिने गीत), पुतला (नारी प्रधान गीत), होली, डुड्केली (नृत्य), चाँचरी (रोपाइको क्रममा गाइने गीत), झोडा (देव स्तुती), भोलाउलो (पर्व विशेष गीत), भाटगीत (भाट जातिले गाउने गीत), आरती, ढुस्को (सामाजिक जनजीवन सम्बन्धित गीत), भैली, भोस्सो (भुवा), बाह्रमासा (१२ महिनाको वर्णन गरी गाइने गीत), बात (उखान, कथा), आशिष गीत, माणा (सामाजिक जनजीवन सम्बन्धित गीत), झुनमुन्या (सामाजिक जनजीवन सम्बन्धित गीत, छोला (सौका जातिले गाउने गीत), घटुसिम (सौका जातिले गाउने गीत), गरखाल (सामाजिक जनजीवन सम्बन्धित गीत, मासक विन (सौका जातिले गाउने गीत), किर्जेमेला (सौका जातिले गाउने गीत), चाँचर/चाँचरी, होरी (रानाथारु जातिको नृत्य), मलार (सामाजिक जनजीवन सम्बन्धित गीत), वसन्त, माघ, रास (कृष्ण गाथा) झिझिया (रानाथारु जातिको पर्व), निर्गुन (सामाजिक जनजीवन सम्बन्धित गीत), बरातीलगायत लोक संस्कृतिको भण्डार छ ।


Advertisment
Nabil box
Kumari

तर पछिल्लो समय ती लोक संस्कृतिहरू विकृत हुँदै गएका हुन् । तीमध्ये डेउडा एंव न्याउल्या र देउडाका भेदहरू पहिचान नहुँदा धेरैले समानता देख्छन् । कोही दिग्भ्रमित छन् ।

Vianet communication
Laxmi Bank

तर नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिषठानका पूर्व प्राज्ञ परिषद् सदस्य यज्ञराज उपाध्यायले सुदूरपश्चिमको लोकसंस्कृति मध्ये न्याउल्या, डेउडा र देउडाको आफ्नै ऐतिहासिक मौलिकता रहेको व्याख्या गरेका छन् ।

डेउडा र देउडाबीचको भेद

प्राज्ञ उपाध्यायका अनुसार न्याउल्या कालीकर्णाली जनजीवनको सर्वप्रिय पेवा गीत तथा खेलको रूपमा लिन सकिन्छ । न्याउल्या गाउँदा न्याउल्या गीतको रूपमा र पैतोल (स्टेप) मिलाएर गोलाकार रूपमा खेल्दा न्याउल्या खेलको रूपमा चिनिने गरेको उनी बताउँछन् । न्याउल्या खेल खेल्दा डेढ स्टेप चालेर डेउदी पार्दै खेलिने भएकोले यसलाई डेउडा पनि भन्ने गरिएको हो ।

न्याउल्या र डेउडा एउटा सिक्काको दुई पाटाका रूपमा रहेको तर देउडाको महिमा बिल्कुलै फरक रहेको व्याख्या गर्दै प्राज्ञ उपाध्याय अगाडि थप्छन्–‘वास्तवमा 'देउडा' डेउडा र न्याउल्या भन्दा फरक विषय वस्तुको विधा हो । देउडा 'देवता' शब्दबाट आएको र 'देवता' देवडा हुँदै देउडा हुन गएको भन्ने भनाइ छ । देउडा ब्युत्पत्तिको दृष्टिबाट हेर्दा दे = देव, उ = उपासना, डा = डाक्ने अर्थात् देव देवताको उपासना गर्न डाक्ने वा आह्वान गर्ने भन्ने बुझिन्छ र देउडा हुन गएको देखिन्छ । अर्को रूपमा हेर्दा देउ+डाक्नेको संघिबाट देउडा शब्द बनेको छ । जसको अर्थ देउतालाई उडेर वा दौडेर आउनु होस् भन्ने हो ।’

फलतः देउडा भन्नाले निश्चित पक्ष र तिथीमा मनाइने विशेष पर्वमा देव देवताको उपासना गर्दै, देव देवताका भक्ति गाथा, चरित्र गाथा गाएर सम्झिने आमन्त्रित गर्ने भन्ने बताइन्छ । काली–कर्णाली क्षेत्रमा होरीमा राम, कृष्ण, शिव, पाण्डव, देवकी, नन्दनका क्रिडा चरित्र गाथाभक्ति पूर्वक एवं मनोरञ्जनात्मक रुपमा गाउँदै खेलिने गरिन्छ । होरीका देउडा पनि भन्ने गरिन्छ ।

शिव नाचे सदा शिव बम भोला२
ए शिव मकुटमा गंगा विराजे
लटुरी लटुरीकी लोला
शिव नाच्ने सदाशिव बम झोला

न्याउल्याको उत्पत्ति

न्याउल्याको उत्पति न्याउली चरीको सुमधुर र विरहयुक्त स्वरबाट भएको हो भन्ने लोक मान्यता रहिआएको बताइन्छ । न्याउली चरीको स्वरलाई विरहको प्रतिकका रूपमा लिने गरिन्छ । प्राज्ञ उपाध्यायले नाटककार पहलमान सिंह स्वारले १०० वर्षअघि पद्यमा लेखेको अछामका चाडपर्व पुस्तकलाई उदृत गर्दै 'डेउडी पारी खेलिने खेललाई न्याउल्या' भन्ने गरिएको बताएका छन् । साथै संस्कृतिविद् रामबहादुर रावलको 'अभिनन्दन स्मारिका २०५९' को नेपाली सभ्यता र संस्कृतिको मूल–खस सभ्यता शीर्षकको लेखको उपखण्डको 'खसानको पेवा न्याउल्या' लाई उद्धृत गर्दै न्याउली चरीकै स्वरबाट न्याउल्याको उत्पति भएको दाबी गरेका छन् ।

न्याउल्याको गायन पद्धति

प्राज्ञ उपाध्यायले न्याउल्या गीतको आफ्नै संरचना र गायन पद्धति रहेको बताएका छन् । मानव जीवनका अन्तरनिहीत भोगाई एवं प्रकृति वर्णनको विषयवस्तु बनाएर लोक कलाकारको अन्तस्करणबाट स्वतःस्फूर्त रूपमा निस्किने १४ अक्षरले युक्तलोक रचनालाई न्याउल्या गीत भन्ने गरिएको उनको ठम्याइ छ । उनका अनुसार न्याउल्या गीतमा २ पंक्ति रहेका हुन्छन् । प्रत्येक पंक्तिमा १४/१४ अक्षर हुन्छन् । दुवै पंक्तिको अन्त्यमा तुक मिलेको हुन्छ । प्रायः गरेर न्याउल्या गीतमा पहिलो पंक्तिले खासै अर्थ बोकेको हुँदैन । अभिव्यक्त गर्न खोजेको गीतको अर्थ दोस्रो पंक्तिबाट झल्केको हुन्छ ।

दुई वारीकी दुई पारीका दूइ जनी दर्नाकी
इच्छा थियो करम नाई रानी वन चर्नाकी

पिपल तोला नौ दोकान गैराला पाटन
दिहल्साई ओठको हाँसो सौरणी काटन

मुलतः यसको प्रति पाद्य विषय प्रेम र श्रृंगार हो । संयोग श्रृंगारभन्दा वियोग श्रृंगार बढि मार्मिक हुन्छ । वियोगावस्थाको गहन पीडा, बाडुली, संझना आदिले प्रमुखता पाएको हुन्छ । संयोगावस्थाको अनुरागपूर्ण सुखदअनुभूति, माधुर्य, उल्लास, उमंग र प्रेम पनित्यत्तिकै रूपमा प्रस्फुठित भएको हुन्छ न्याउल्या गीतमा । मुख्य गरेर लोक जीवनका सुख दुःख, संयोग, वियोग, राग, विराग, माया, प्रेम, हर्ष, विषाद, हाँसो, रोदन, आस्था, अनास्था, नीति, भक्ति आदि र प्रकृति वर्णन न्याउल्या गीतका विषयवस्तु बन्दछन् भने आफ्नो प्रेमी प्रेमिकालाई साइ, सुवा, बाज, बाजकली, मुगामाल, मुरली चडो, जुनकिडी, जस्ता शब्दहरूबाट सम्बोधन गरिने प्राज्ञ उपाध्याय व्याख्या गर्छन् ।

चौबन्दी ढाँकाको चोलो छिट्का फरियाकी
बाज्कली घर काँ हो तम्रो बैश भरियाकी

यी कैका परेवा हुन्ना पानी खाँदा कुवा
मलाई क्यान बन्दि बनाई रानी वनका सुवा

न्याउल्या खेल्ने विधि

पुरुष–महिला, पुरुष–पुरुष, महिला–महिलाका बिच दोहोरो सवाल र जवाफका साथ डेढ स्टेप अगाडि र पछाडि खुट्टा चालेर दोहोरो पैतोल (खुट्टाको चाल) मिलाउँदै खेलिन्छ । साथै विभिन्न लय र भाकामा समान स्वर लहरी मिलाइन्छ । यसरी न्याउल्या गीतको गायन सहित २ समूहले गोलाकार रूपमा खेलिने खेललाई न्याउल्या खेल भन्ने गरिएको हो । खेल खेल्दा एकले अर्कोको पाखुराभित्र हात घसाई दरिलो तरिकाले समाएर गोलाकार रूपमा अगाडि बढ्दै डेउढी पारेर एक पाइला अगाडि बढाई आधा पाइला पछाडि सार्दै खेलिने भएकोले डेढ स्टेपमा खुट्टा चालिने हुँदा डेउडा खेलको नामले पनि चर्चित भएको हो-  न्याउल्या खेल ।

प्राज्ञ उपाध्याय अगाडि थप्छन्, ‘न्याउल्या खेल खेल्दा डेढ स्टेपमा चालिने खुट्टाको चाललाई पैतोल भनिन्छ । खेल खेल्दा सबैको पैतोल (स्टेप) मिलेको हुनु पर्दछ । खेलमा एक जनाले मात्रै पैतोल मिलाउन सकेन भने उ भन्दा पछाडिको सबैको पैतोल बिग्रिने हुन्छ ।’

न्याउल्या खेल शुरू गर्दा सर्वप्रथम खेलको सफलताको कामना गर्दै पृथ्वीमाता अर्थात् जन्मभूमिलाई पुकार्दै आराधना गरी आशीष लिइन्छ । अनि भलाकुसारीसहित कुनै विषयमा प्रवेश गरी सवाल जवाफ गरिन्छ ।

ओ न्याउल्या स्याँलाकी सिटिक्या लौरी मलेवाकी भाँटी
ओ न्याउल्या गडा भया साइका बाउली दाइनी भयइ माटी

ओ न्याउल्या अछामका गोदाम्याकी फुलौट्याउ कालो
ओ न्याउल्या लालाबाला निकाइ छन्की गाथ छ कि सुकालो

न्याउल्या खेल खेल्ने दुवै समूहमा १/१ जना गीत भन्ने प्रमुख व्यक्ति हुन्छन् । गीत भन्ने पुरुषलाई 'गीतउड्या' र महिलालाई 'गीताउडी' भनिन्छ । यिनीहरूको स्थान चलचित्रका नायक र नायिकाको झैं हुन्छ । न्याउल्या खेलमा सोधिएको प्रश्नसहितको गीतको उत्तर तत्काल दिन असमर्थ भएपछि उसले खेल छोडेर बाहिरिने प्रचलन छ । जसलाई 'हरुवा'को उपमा दिइन्छ । जित्ने केटालाई 'जिताउड्या' र केटीलाई 'जिताउडी' भनिन्छ । काली–कर्णाली क्षेत्रमा केटा केटीलाई 'छोर्याट्टा', 'छोर्याट्टी' अर्थात छोट्टाछोट्टी भन्ने गरिन्छ । एकातिर छोर्याट्टा र अर्कातिर छोर्याट्टी भएको न्याउल्या खेललाई रोमाञ्चक र पूर्ण खेल मानिन्छ । छोर्याट्टी नभएको छोर्याट्टाहरूले मात्र खेलेको खेललाई 'राँडो' खेल समेत भन्ने गरिएको बताइन्छ । खेलमा केटाहरूले गीतमार्फत नै केटीहरूलाई सहभागिताका लागि आग्रह गर्छन् ।

बल्ल गयो बाटै बाटा बड गयो गोर्याट्टी
राँडै खेल अस्स्वाइलो भयो आइजावो छोर्याट्टी

गीत भन्ने गीताउड्या र गीताउडीले आफ्नो पालो आएको केही मिनेट होइन केही सेकेन्डमै गीत फर्काउनु पर्छ । नत्र गीत भनिरहेको गीताउड्या तथा गीताउडीले नै हस्तक्षेपकारी भूमिका निर्वाह गर्छन् । गीताउड्या र गीतउडीमा तत्काल अर्को पक्षबाट आएको गीतको अर्थ बुझ्न सक्ने र सवाल जवाफ गर्न सक्ने चातुर्य शक्ति निहीत भएको हुनुपर्छ । प्राय: गरेर पुरुषले गीतभन्दा खेल खेलिरहेको घेराभन्दा एक कदम अगाडि दाहिने खुट्टा सारेर दाहिने हातमाथि गर्दै अनि चोर औंला ठड्याएर फुर्तिलो तरिकाले भन्नुपर्ने बताइन्छ ।

‘गर्नै नसक्ने गारो कामको र उत्तर दिन अप्ठ्यारो हुने गरी विषयवस्तु बनाई सोधिने गीतलाई 'झिट्टो' हाल्ने भनिन्छ । गीत रच्न सक्षम गीताउड्या र गीताउड्यीले झिट्टोको उत्तर दिन तुरुन्तै स्वीकार्छन्,’ उनले अगाडि थपे ।

केटी – सक्न्या भ्या मर्दका छोरा तोला सुन् लर्काइदे
गीत भनुकी झिट्टो हालु साई छिटो फर्काइदे

केटा – खेत रोप्न पायाँन मैले तमसुक बनाई फर्जी
गीत भन्दि छै झिट्टो हाल्छै बाज त्यरो मर्जी   

केटी – अछामका बेल्खेतमा किर्मि लाकोजन्त
तँ छैत बाबुको छोरो सर्ग तारा गन्त

केटा – पर्बाली सैनका गाड चैत उम्य्रो सिस्नु
सर्ग तारा गन्न जान्छु तँ लगाई दे लिस्नु

न्याउल्या खेलमा केटाकेटीका बीच प्रेमप्रसंगले नै बढी स्थान ओगटेको पाइन्छ । केटाकेटीबीचको प्रेमभाव अंकित गीतलाई प्राज्ञ उपाध्यायले यसरी अगाडि सुनाउँछन्-

केटा – अछाम छोर्याट्टी राम्री भउतै गहनाले
रात निननाई दिन भोक नाई साइका लहनाले

केटी –आँखा उदाआयाका आँशु रुमाल पुत्थो छु
जोवन लैजा मुकी होइजा म पन सुत्तो छु

केटा –  भैसी आमा सोगटकी गोठालो नारीको
लामु हो पिरमका डोरी म खोलापारीको

केटी –  अषाढ धान खोप्न भनीआमा गै भकाल्या
माया मान्या चल्ल्या साइकीक्या छियो छकाल्या

पहिले न्याउल्या गीतमा घाँस, दाउरा, मेलापात, गाई, भैंसी, भेडा, बाख्रा चराउन जाँदाका कुराहरू र वर्षात्मा खोलानाला बढेर भेट्न जान नसकेका कुराहरू व्यक्त गरिन्थ्यो । हाल विज्ञान प्रविधिको विकासले ती कुराहरू विस्तापित भएका छन् । गीतमा इमेल, इन्टरनेट, फेसबुक, च्याट, मोबाइललगायतका कुराहरू व्यक्त हुन थालेका छन् ।

काम जति भाउजूका भाग बसि खान्या नन्द
इन्टरनेट चल्लैन छ कि अन्लाइन सधै बन्द

गफ गर्न पाइँदैन च्याटमा मुटु दुख्छ हल्का
पगार फुल्याका फूल किन लाउन्छै झल्का

फोन गर्छु नेटवर्क बीजी केइ खबर पाइन
साई होइजा कास्मिरी कोट मेरा आङ लाइन

न्याउल्याभित्र जातीय विभेद

न्याउल्या खेलभित्र जातीय र वर्गीय भेदभाव पनि रहेको बताइन्छ । महिला–महिला र पुरुष-पुरुषबीच खेलेको न्याउल्या खेलमा भेदभाव नरहे पनि ब्राह्मण, क्षेत्रीका पुरुषहरूले दलित समुदायका महिलासँग खेल्ने तर दलित समुदायका पुरुषहरूले बाहुन क्षेत्रीका महिलासँग खेल्न नपाउने संस्कार अहिले पनि विद्यमान रहेको प्राज्ञ उपाध्याय बताउँछन् । जसलाई मध्यकालबाट प्रादुर्भाव भएको सामन्तवादी संस्कृतिका रूपमा लिन सकिने तर्क गर्छन् । साथै पारिवारिक नाता सम्बन्धले पनि महिला पुरुषलाई न्याउल्या खेल्न सीमा रेखामा बाँधिदिएको बताइन्छ । विवाहित महिलाभन्दा पनि अविवाहित केटीहरू यो खेल खेल्न खुला हुन्छन् । न्याउल्या रमाइलो र मनेरञ्जनका लागि खेलिने खेल भएको हुनाले यस्ता विभेदकारी नीतिको अन्त्य हुनु जरुरीको प्राज्ञ उाध्यायको जोड छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १५, २०८०

१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x