नेपालको आधिकारिक नक्सा जारी गर्न सरकारलाई नेकपाको निर्देशन, नेताहरूको सम्पत्ति छानबिन गरिने

ईश्वर अर्याल
ईश्वर अर्याल

पत्रकार अर्याल लोकान्तरका लागि राजनीति, समसामयिक घटनाक्रम र वैदेशिक रोजगारीमा रिपोर्टिङ गर्छन् ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपालको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

राजधानीमा ५ दिनदेखि जारी केन्द्रीय कमिटी बैठकले देशको आधिकारिक नक्सा जारी गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।


Advertisement

कालापानी, लिपुलेक लगायतका नेपाली भू–भाग समेटेर भारतले नक्सा जारी गरेपछि नेपालले पनि आफ्नो नक्सा जारी गर्नुपर्ने भनेर चौतर्फी माग हुँदै आएको छ ।

यसका साथै केन्द्रीय कमिटीका सबै सदस्यको सम्पत्ति छानबिनको जिम्मा अनुशासन आयोगलाई दिने निर्णय पनि बैठकले गरेको छ ।


Advertisement

महाधिवेशन तोकिएकै समय (२०७७ चैत २५-३०) मा गर्ने निर्णय पनि बैठकबाट भएको छ ।

स्थानीय तह, प्रदेश र संघ तीनै तहका सरकार सञ्चालनका लागि संयन्त्र बनाउने निर्णय समेत बैठकले गरेको केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले जानकारी दिए ।

यसअघि केन्द्रीय सदस्यहरूले उठाएका सबालको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए । प्रचण्ड करीब डेढ घण्टा बोले ।

प्रचण्डले जवाफ दिएसँगै अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन परिमार्जनसहित सर्वसम्मतिले पारित भएको नेकपा प्रचार विभागका उपप्रमुख समेत रहेका केन्द्रीय सदस्य सूर्य थापाले जानकारी दिए ।

यस्तै महासचिवले पेश गरेको विधान संशोधन र सांगठनिक प्रस्ताव पनि पारित भएको छ ।

यससँगै सचिवालय सदस्य वामदेव गौतम  पार्टीको उपाध्यक्षमा चयन भएका छन् ।

ईश्वर अर्याल
ईश्वर अर्याल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्