माघ १, २०८०
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
नयाँ केन्द्रीय कमिटी गठन भएको २० महिनापछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक ११ बुँदे प्रस्ताव पारित गर्दै आइतवार राजधानीमा सम्पन्न भएको छ ।
२०७५ जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने निर्णय अनुमोदनका लागि केन्द्रीय कमिटी बसेको थियो । लामो अन्तरालपछि बसेको केन्द्रीय कमिटी बैठकमा मुलुकको समयसामयिक राजनीतिक घटनाक्रम, ३ तहका सरकारका काम कारवाही र पार्टी भित्रको आन्तरिक लोकतान्त्रिकरणबारे गरमागरम बहस चल्यो ।
नेकपा केन्द्रीय कमिटी बैठकले अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन पारितसँगै अहिले बहसमा रहेको मिनेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विवाद निरुपणका लागि समिति गठन गरेको छ । बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको संगठनात्मक र विधान संशोधन प्रस्ताव पारित गर्दै प्रभावशाली नेता वामदेव गौतमलाई पार्टीको शक्तिशाली उपाध्यक्षमा स्थापित गरेको छ ।
केन्द्र्रीय कमिटी बैठकले पारित गरेको ११ बुँदे प्रस्तावमा सरकारको काम कारवाहीदेखि भारतले जारी गरेको नयाँ नक्सालाई अस्वीकार गर्ने जस्ता विषय समेटिएका छन् ।
अध्यक्षद्वयको राजनीतिक प्रस्ताव सर्वसम्मत पारित भएपनि राष्ट्रिय सभागृहमा ५ दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यले केही गम्भीर विषयको उठान गरेका छन् – खासगरी पार्टीभित्र मौलाएको विकृतिको विषयमा ।
जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्थानीय सरकारमा जननिर्वाचितहरू जनताको सेवाभन्दा पनि डोजर–स्काभेटर र टिप्पर खरिदमा रमाएको विषय केन्द्रीय कमिटी बैठकसम्म चर्चाको विषय बनेको छ । पार्टीसँग परामर्श नगर्दा तीनै तहका सरकारका काम प्रभावकारी बन्न नसकेको निष्कर्ष समूहगत छलफलमा पेश भएको छ । सरकारका काम कारवाहीबाट जनता सन्तुष्ट नरहेको स्वयं नेकपाका केन्द्रीय सदस्यले स्वीकार गरेका छन् ।
नेपालको राजनीतिक क्रान्ति र आन्दोलनको नेतृत्व गरेको तथा अहिले सरकारको नेतृत्व गरिरहेको पार्टीको केन्द्रीय कमिटी बैठकप्रति उसका सदस्य मात्र नभएर आम नागरिक र मतदाताको चासो स्वाभाविक छ । केन्द्रदेखि प्रदेश र अधिकाशं स्थानीय तहका सरकारको नेतृत्व गरेको दलले लिने नीतिले आम जनतालाई सरोकार राख्छ ।
सन्दर्भमा नेकपा बैठकबाट पारित प्रस्ताव नम्बर ५ मा उल्लेख भएजस्तै गत आम निर्वाचनमा जनताबाट पाएको जनविश्वास अनुसार जनताको सेवामा निष्ठापूर्ण ढंगले समर्पित हुनु नेकपा सदस्यहरूको दायित्व हुन आउँछ ।
देशमा लोकतन्त्रको सुदृढीकरण र विधिको शासन स्थापित गर्न राजनीतिक दलको आन्तरिक लोकतन्त्र मजबुत हुन जरुरी छ । आन्तरिक रुपमा अलोकतान्त्रिक दलले मुलुकको लोकतान्त्रिकरण, समाजको रुपान्तरण तथा सुशासन र पारदर्शिता स्थापित गर्न सक्दैनन् । केन्द्रीय कमिटी बैठकमा उठेका विषयलाई नेकपाले सही ढंगले सम्बोधन गर्न सक्यो भने त्यसको प्रतिबिम्ब ३ वटै तहका सरकारसम्म पुग्नेछ ।
केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी कमिटीलाई चलायमान बनाउन सकेमा सरकारको नेतृत्वकर्ता दल अझ प्रभावकारी बन्न सक्नेछ ।
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
लोकान्तर सञ्चार प्रालिद्वारा सञ्चालित लोकान्तर डट्कम (Lokantar.com) स्थापनाको सात वर्ष पूरा गरेर आजदेखि आठौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा सबैभन्दा पहिला हामी हाम्रा समस्त पाठक, विज्ञापनदाता र शुभेच्छुकहरूप्...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...
जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...