बुद्ध एयरको पोखरा–विराटनगर हवाई सेवा शुरु

बुद्ध एयरले सोमबारदेखि पोखरा–विराटनगर सिधा उडान शुरु गरेको छ।

बुद्धको १८ सिट क्षमताको जहाजले पोखरबाट १८ र विराटनगरबाट १८ जना यात्रु बोकेर उडान भरेको बुद्ध एयर पोखराका स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।


Advertisement

पोखरा–विराटनगर ११ बजेर ४५ मिनेट र विराटनगर–पोखरा दिउँसो १ बजेर २० मिनेट समयमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार जहाज सेवा सञ्चालन गरिने उनको भनाइ छ।

आगामी दिनमा यात्रुको माग बढेको खण्डमा ठूलो जहाजबाट दैनिक सेवा शुरु गर्ने योजना रहेको गौतमले जनाए।


Advertisement

यसअघि बुद्धले पोखरा–काठमाडौँ, पोखरा–भैरहवा र  पोखरा–भरतपुर सिधा हवाई सेवा प्रदान गर्दै आएको छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्