×

NMB BANK
NIC ASIA

प्रदेश सभाको २ वर्ष

प्रतिपक्षीको विश्लेषण– २ नम्बरमा प्रदेश सभा पास, सरकार फेल !

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश सभा गठन भएर पहिलो बैठक बसेको आज (माघ २१ गते) २ वर्ष पूरा भएको छ ।

Muktinath Bank

नेपालको संविधान २०७२ मा टेकेर भएको प्रदेश सभा निर्वाचनबाट प्रदेश सभा गठन भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संविधानले प्रदेशहरूको संख्या र सीमांकन टुंग्याएपनि नामकरण र स्थायी राजधानी तोक्ने जिम्मा सम्बन्धित प्रदेश सभालाई नै छाडेको थियो ।


Advertisment
Nabil box
Kumari

संख्यात्मकरूपमा नामकरण गरिएको प्रदेश नम्बर २ को अस्थायी राजधानी शेरबहादुर देउवा नेतृत्वको सरकारले जनकपुरधाम तोक्यो ।

Vianet communication
Laxmi Bank

गत वर्ष प्रदेश सभाले वार्षिकोत्सव मनाइरहेका बेला सभामुख सरोजकुमार यादवले आगामी वार्षिकोत्सव मनाउँदा नाम र स्थायी राजधानी टुंगो लागि सक्ने दाबी गरेका थिए, तर प्रदेश सभाले २ वर्षमा समेत आफ्नो महत्त्वपूर्ण जिम्मेवारी पूरा गर्न सकेको छैन ।

प्रमुख प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहा प्रदेश सभाले हालसम्म प्रदेशको नाम र स्थायी राजधानी चयन गर्न नसक्नु ठूलो असफलता रहेको बताउँछन् ।

यति मात्र होइन, प्रदेश सभाले हर्षोल्लास तथा भव्यताका साथ विभिन्न कार्यक्रम आयोजना गरी दोस्रो वार्षिकोत्सव मनाइरहँदा समेत प्रदेश सभा लामो समयदेखि अनिर्णयको बन्दी बनेको छ । प्रदेश सभाको बैठक समेत बस्न सकेको छैन।

प्रदेश सभाअन्तर्गतका ६ वटा संसदीय समितिमध्ये सार्वजनिक लेखा समितिको सभापति समेत चुन्न सकेको छैन । राजनीतिक दलको भागबण्डाका आधारमा उक्त समिति प्रमुख प्रतिपक्षी दल नेकपालाई दिइएको हो । तर, नेकपाभित्रको किचलोका कारण समिति सभापति चयन हुन नसकेको सत्ताको नेतृत्व गरिरहेको दल समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव बताउँछन् ।

तर, नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा भने नेकपाले उठाएको उम्मेदवारलाई नमानेर अन्य दलले आफ्नो पार्टीभित्रै खेल्न खोजेको आरोप लगाउँछन् ।

नेकपा प्रमुख सचेतक विश्वकर्मा

‘हाम्रो पार्टीभित्र नेपाली कांग्रेस र राजपाले खेलिदिएका कारण हामीले सभापति चयन गर्न सकेनौं,’ विश्वकर्माले भने, ‘तर अब छिट्टै सभापति चयन गर्नेछौं ।’

प्रतिपक्षीको नजरमा प्रदेश सभा पास, प्रदेश सरकार फेल ! 

दुई वर्षको कार्यकालमा प्रदेश सभा सफल भएपनि प्रदेश सरकार असफल भएको प्रतिपक्षी दलको आंकलन छ । यता सत्तारुढ दलको जिकिर भने दुवै सफल भए भन्ने छ ।

नेकपा प्रमुख सचेतक विश्वकर्मा १० पूर्णाङ्कमा प्रदेश सभालाई ८ र प्रदेश सरकारलाई ३ अंक दिन्छन् । कांग्रेस प्रमुख सचेतक कुशवाहाको तर्फबाट प्रदेश सभालाई ९ र प्रदेश सरकारलाई ३ अंक छ ।

कांग्रेस प्रमुख सचेतक कुशवाहा

तर, सत्ताको नेतृत्व गरिरहेको सपाका प्रमुख सचेतक यादवले प्रदेश सभा र प्रदेश सरकार दुवैलाई १० पूर्णाङ्कमा समान ८ अंक दिए ।

त्यसैगरी राजपाका प्रमुख सचेतक सुडीले १० पूर्णाङ्कमा प्रदेश सभालाई  ८ र प्रदेश सरकारलाई ७ अंक दिए ।

सपाका प्रमुख सचेतक यादव

प्रदेश सभालाई पूर्णरूपमा सफल हुन नदिनमा पनि प्रदेश सरकारकै हात रहेको नेकपा प्रमुख सचेतक विश्वकर्माको आरोप छ ।

‘मुख्यरूपमा प्रदेश सभाको काम भनेको कानून बनाउने हो, त्यसमा प्रदेश सभाले पनि जति मात्रामा कानून बनाउनुपर्ने थियो, त्यो बनाएको छैन,’ विश्वकर्माले भने, ‘त्यसमा पनि प्रदेश सरकारकै कमजोरी छ ।’

प्रदेश सभालाई ‘बिजनेस’ नै नदिने सरकारका कारण धेरैजसो विधेयक प्रदेश सभामा आउनै नसकेको उनले बताए ।

प्रदेश सरकारले संसद्लाई पूर्णरूपमा बेवास्ता गर्दै आएको उनको आरोप छ । 

प्रदेश सभाको शून्य समय, विशेष समयमा बोलेका कुराप्रति प्रदेश सरकारले कुनै वास्ता नै नगरेको आरोप समेत उनी लगाउँछन् ।

त्यस्तै आरोप कांग्रेस सचेतक कुशवाहको पनि छ ।

संसदीय सर्वोच्चतालाई कायम राख्नका लागि सांसदहरूले उठाएको प्रश्नप्रति प्रदेश सरकारका मन्त्री तथा मुख्यमन्त्रीले जवाफ नदिने गरेको उनको आरोप छ ।

तर, प्रतिपक्षीको आरोपमा सत्यता नरहेको सत्ताका साझेदार राजपाका प्रमुख सचेतक परमेश्वर साह सुडी बताउँछन् ।

राजपाका प्रमुख सचेतक सुडी

‘विरोधका लागि मात्रै प्रतिपक्षीले विरोध गर्दै आएको छ,’ सुडीले भने, ‘यो प्रदेश सरकारजस्तो उदार सरकार कतैपनि हुन सक्दैन ।’ 

जनता आवासको कार्यविधि होस्, वा संसदीय विकास कोषको कार्यविधि सबैमा प्रतिपक्षी दलले भनेजस्तै प्रदेश सरकारले काम गर्दै आएको उनले बताए । 

सरकारको नेतृत्व गरिरहेका सपाका प्रमुख सचेतक यादव संसद्मा प्रदेश सरकारका प्रतिनिधिले कुनै न कुनैरूपमा जवाफ दिने गरेको बताउँछन् । 

‘कतिपय अवस्थामा त मुख्यमन्त्रीज्यूले नै आएर जवाफ दिनुभएको छ,’ यादवले भने, ‘हो, कहिलेकाहीँ सम्बन्धित मन्त्रालयको मन्त्री उपस्थित नभएको बेला अन्य मन्त्रीले जवाफ त दिएकै छ ।’

प्रदेश सरकार विवादै विवादमा रहेको नेकपाका प्रमुख सचेतक विश्वकर्माले बताए, जुन स्पिरिटले प्रदेश सरकारले काम गर्नुपर्थ्यो, त्यो गर्नै नसकेको उनको आरोप छ ।

‘गत आर्थिक वर्षकै कामको भुक्तानी प्रदेश सरकारले दिएको छैन,’ उनले भने, ‘चालू आर्थिक वर्षको बजेटको रातो किताब हालसम्म सार्वजनिक गर्न सकेको छैन ।’

भएकै बजेटको खर्चसम्म गर्न नसकेको अवस्थामा प्रदेशको विकास समेत अवरुद्ध भएको उनको जिकिर छ ।

यता राजपाका प्रमुख सचेतक सुडी भने नयाँ अभ्यासमा गएका कारण केही समस्या सरकारलाई पनि रहेको कुरा बिर्सन नहुने बताउँछन् ।

‘हामी नौलो अभ्यासमा छौं, विस्तारै पूर्वाधारहरू बन्दैछन् । प्रदेश सरकारको मातहतमा कर्मचारी छैन, प्रहरी प्रशासन छैन । संघीय सरकारले पठाउने मन्त्रालयका सचिव १ वर्षमा ३ वटासम्म फेरिन्छन्, त्यसकारण सरकारको काममा अपेक्षित गति आउन नसकेको हो,’ सपाका प्रमुख सचेतक यादव भन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x