×

NMB BANK
NIC ASIA

गाउँपालिका पार गर्न पनि कर !

माघ २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य सामग्रीमा कर लिन थालेको छ ।

Muktinath Bank

अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा परेका छन् । स्थानीय उत्पादन बाहिर निर्यात गर्दा कर लिने भनी गाउँपालिकाले तीन ठाउँमा ढाट राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर अन्यन्त्र जिल्लाबाट गाउँपालिका हुँदै लैजाने सामग्रीको पनि कर लिने गर्दा व्यवसायी मारमा परेका हुन् । कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाडाँैतर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुल नजिकै ढाट राखेर कर असूली गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

बाहिरबाट ल्याइएको कृषिजन्य सामग्रीमा पनि गाउँपालिकाले अनाधिकृत रूपमा कर उठाएकोमा व्यवसायीहरु यो कार्यको विरोध जनाएका छन् ।

Vianet communication
Laxmi Bank

पोखराबाट नारायणगढतर्फ लैजाने कृषिजन्य वस्तुमा पनि कर लिने गरेको राष्ट्रिय फलफूल तथा तरकारी बिक्री सङ्घ कास्कीका कार्यसमिति सदस्य दुर्गा कँडेलले बताए । उनले यस विषयमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको बताए ।

उनले भने, 'स्थानीय प्रशासन र इलाका प्रहरी कार्यालय मुग्लिनमासमेत उजूरी दिएको छु तर अहिलेसम्म यसबारे कुनै सुनवाई भएको छैन् ।'

गाउँपालिकाभित्र उत्पादन भएका ढुङ्गा, गिट्टी बालुवा, इँटा, कटिङ ढुङ्गा, माटो, फलफुल, तरकारी तथा वनजन्य खयर, काठ, दाउरा, गोलिया, जडीबुटी, हाड, सिङ, छाला, चौपायालगायत अन्य शीर्षकमा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कर उठाउन शुरु गरेको हो ।

उक्त शीर्षकमा कर उठाउनका लागि आश्ना कन्सट्रक्सनलाई जिम्मेवारी दिएको छ । कँडेलले इच्छाकामनामा पार गर्दा लिएको करको आधादर्जन भन्दा बढी रसिद देखाउँदै भने, 'हामीले पोखराबाट नारायणगढ लैजाने सामग्रीमा जबरजस्ती कर लिनेको गरेको छ , सम्बन्धित जिल्ला प्रशासन कार्यालय र गाउँपालिकालाई पटक–पटक जानकारी गराएका छौँ, प्रहरीमा उजूरी पनि दिएका छौँ तर सुनवाई भएन, यसरी जथाभावी कर उठाउँदा व्यवसायी मर्कामा परेका छन्, उही सामान उही परिणामको भए पनि हरेक पटक फरक–फरक कर रकम असुल्ने गरेका छन् ।'

कँडेलले उपलब्ध गराएको बिलमा पहिलो दिन कृषिजन्य शीर्षकमा प्रति टिप १०० रुपैयाँ शुल्क लिएकोमा क्रमशः पछिल्ला दिनमा प्रतिटिप रु २००, त्यसपछि प्रतिटिप रु २५० र पछिल्लो दिनमा रु ४५० सम्म अवैध रुपमा कर असूली गरेको देखिन्छ ।

गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले अब त्यसरी कर नउठाइने भनेर बारम्बार आश्वासन दिएपनि कर सङ्कलकले विभिन्न बाहनामा बखेडा झिकेर दादागिरी शैलीमा कर लिने गरेको प्रमाण नै पेश गर्दासमेत सुनुवाई नभएको उनले बताए ।

बाहिरबाट आएको सामग्रीमा पनि इच्छाकामना गाउँपालिकाले कर उठाएकोबारे अध्यक्ष गुरुङसँग कुरा गर्दा उनले केही समय पहिले स्थानीय उत्पादित बस्तु पनि झुक््याएर बाहिरको भनेर कर नतिर्दा कर सङ्कलकले बाहिरको सामग्रीमा पनि कर लिएको तर अहिले अनुगमन पश्चात बाहिरको हो भनी आवश्यक प्रमाण र कागजपत्र भए कसैसँग कर नउठाएको र उठाएको भए तत्काल कर सङ्कलकलाई कारवाही गर्ने बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x