कांग्रेसको मागः वडाध्यक्ष धामीको मृत्यु घटनाको छानबिन होस्

नेपाली कांग्रेसले अछाम पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको मृत्यु प्रकरणको छानबिनको माग गरेको छ।

कांग्रेसले बुधबार विज्ञप्तिमार्फत घटनाको यथार्थ छानबिन र अनुसन्धान गरी दोषीमाथि आवश्यक कानूनी कारवाही गर्न सरकारसँग माग गरेको हो।


Advertisement

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष धामी माघ २० गते गैरीगाउँस्थित स्थानीयको भैँसीगोठमा मृत भेटिएका थिए।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्