×

NMB BANK
NIC ASIA

प्रदेश सभामा शीर्ष नेताकै उपस्थिति न्यून : मुख्यमन्त्री ५२ मध्ये १४ बैठकमा मात्र सहभागी

माघ २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२०७४ माघ २१ गते २ नम्बर प्रदेशसभा पहिलो बैठक बसेपछि २०७६ माघमा २ वर्ष पूरा भएको छ । दोस्रो वर्षमा बसेका प्रदेश सभाका ५२ वटा बैठक बसेका छन् । बैठकमा शीर्ष नेताकै उपस्थिति न्यून देखिएको छ ।

Muktinath Bank

प्रदेशसभा सचिवालयका अनुसार समाजवादी पार्टीको तर्फबाट सरकारको नेतृत्व गरिरहेको मुख्यमन्त्री लालबाबु राउत ५२ मध्ये १४ बैठकमा उपस्थित छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साह १३ दिन, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव २१ दिन उपस्थित भएका छन् ।


Advertisment
Nabil box
Kumari

प्रदेश सरकारका मन्त्रीमध्ये सबैभन्दा बढी उपस्थिति प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको रहेको छ । उनी ४१ दिन बैठकमा उपस्थित भएका छन् ।

Vianet communication
Laxmi Bank

राजपा नेपालको तर्फबाट सरकारमा नेतृत्व गरिरहेको भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्रप्रसाद सोनार २४ दिन उपस्थित भएका छन् । उनी राजपा संसदीय दलका नेता हुन् । राजपाका अर्का मन्त्री सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी १९ दिन मात्र उपस्थित भएका छन् ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय भने २३ दिन उपस्थित भएका छन् । राजपाका तर्फबाट राज्यमन्त्रीहरू अभिराम शर्मा १० दिन, सुरेशकुमार मण्डल १६ दिन र डिम्पलकुमारी झा १८ दिन मात्र उपस्थित भएका छन् ।

समाजवादी पार्टीको तर्फबाट प्रदेश सरकारका राज्यमन्त्री उषाकुमारी यादव २ दिन, सरोजसिंह कुशवाहा १६ दिन र योगेन्द्रराय यादव २७ दिन उपस्थित रहेका छन् ।

प्रदेश सभामा सबैभन्दा ठूलो दल तथा प्रमुख प्रतिपक्षी दल नेकपाका संसदीय दलका नेता सत्यनारायण मण्डल ३२ दिन, प्रमुख सचेतक सुन्दर बहादुर विश्वकर्मा ३१ दिन उपस्थित भएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव ३४ दिन, प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहा ३६ दिन उपस्थित भएका छन् ।

समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव ३८ दिन, राजपाका प्रमुख सचेतक परमेश्वर साह सुडी ४५ दिन उपस्थित भएका छन् ।

प्रदेश सभाको दोस्रो वर्षमा २०७५ फागुन महिनामा १ वटा, चैत्रमा ३ वटा, २०७६ वैशाखमा ४ वटा, जेठमा १७ वटा, असारमा १० वटा, साउनमा ७ वटा, भदौमा ५ वटा, कात्तिकमा ३ वटा र पुसमा २ वटा गरी ५२ बैठक बसेका छन् ।

यस्तो छ उपस्थितिको विवरण –

प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले उपलब्ध गराएको सांसदको उपस्थितिको सूचीअनुसार नेकपाका सांसद कुन्दनप्रसाद कुशवाहा सबैभन्दा कम उपस्थित भएका सांसद हुन् । उनी ५२ वटा बैठकमध्ये ९ वटा बैठकमा मात्र उपस्थित भएका छन् । राजपा नेपालका सांसद अभिराम शर्मा १० वटा बैठकमा उपस्थित भएका छन् । महोत्तरीबाट प्रत्यक्ष चुनाव जितेका शर्मा प्रदेश सरकारको सामाजिक विकास राज्य मन्त्री समेत हुन् ।

समाजवादी पार्टीका सांसद रामकिशोर प्रसाद यादव पनि ११ दिन मात्र उपस्थित भएका छन् । कम उपस्थित भएको सांसदको सूचीमा समाजवादी पार्टीका सांसद कौशलकुमार यादव पनि पर्छन् । उनी जम्मा १२ दिन मात्र संसदको बैठकमा उपस्थित भएका छन् ।

नेकपाका सांसद मोहम्मद समीर पनि १२ दिन मात्र उपस्थित भएका छन् । नेपाली कांग्रेसका धनलाल ठाकुर १४ दिन उपस्थित भएका छन् । 

सभामुख सरोजकुमार यादव ४६ दिन उपस्थित भएका छन् भने उपसभामुख उपमाकुमारी देव ४२ दिन उपस्थित भएका छन् । प्रायःजसो बैठकको सञ्चालन सभामुख यादव आफैंले गरेका छन् । सदन सञ्चालन गर्ने बेलामा सभामुख यादवले केही समय उपसभामुख देवलाई पनि बैठक सञ्चालन गर्ने मौका दिने गरेका छन् । सभामुख यादव अनुपस्थित भएको दिनमा भने उपसभामुख देवले नै बैठक सञ्चालन गर्ने गरेका छन् ।

प्रदेश सभामा १०७ जना सांसदहरू छन् । ८ जिल्ला समेटिएको प्रदेशमा ६४ जना प्रत्यक्ष र ४३ जना समानुपातिकतर्फ जितेर प्रतिनिधित्व गर्दै आएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x