कात्तिक १५, २०८०
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
बेनी–म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर माटेवगरमा देवी महिमा श्रीमद्भागवत नवाह ज्ञान महायज्ञ एवं धार्मिक महोत्सव शुरू भएको छ । माटेवगरमा रहेको ऐतिहासिक देवी भगवती मन्दिर परिसरमा मङ्गला युथ क्लबको व्यवस्थापन तथा देवी भगवती मन्दिर संरक्षण समितिको आयोजनामा शुरू भएको धार्मिक महोत्सव वैशाख १६ गतेसम्म सञ्चालन हुनेछ ।
धार्मिक पर्यटकीय सम्भावनायुक्त देवी भगवती मन्दिरमा बहुउद्देश्यीय सेवा भवन निर्माण तथा एम्बुलेन्स किन्ने उद्देश्यले आयोजित महायज्ञको शनिवार मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका छन् । महायज्ञको उद्घाटन गर्दै अध्यक्ष रोकाले सामाजिक एकता, सदभाव फैलाउन र धार्मिक महिमाको संरक्षण तथा धार्मिक पर्यटन विकास गर्न महायज्ञले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले सामाजिक सेवाको पवित्र भावना राखेर आयोजना गरिएको महायज्ञलाई सफल बनाउन पालिकाले रचनात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मंगला गाउँपालिका–२ का अध्यक्ष धनबहादुर खाती क्षेत्री, मङ्गला माविका प्रधानाध्यापक गमबहादुर केसी, राप्रपाका नेता विनोद भट्टचन, मूल समारोह समितिका सहकोषाध्यक्ष नीरज खड्का, प्रचार प्रसार उपसमिति संयोजक चक्रलाल पाण्डे (राजु)लगायतले महायज्ञबाट स्कलन हुने रकमले बहुउदेश्यीय भवन र एम्बुलेन्स खरिद गरिने भएकाले महोत्सवमा सक्दो सहयोग गर्न आह्वान गरेका छन् ।
महायज्ञ उद्घाटनको अवसरमा बावियाचौरमा शान्ति कलशयात्रा गरिएको थियो । विभिन्न आमा समूह तथा सङ्घसंस्थाको उपस्थितिमा कलशयात्रा गरी बाबियाचौर बजार परिक्रमा गरिएको थियो । महायज्ञमा पण्डित कपिलदेव भट्टले कथा प्रवचन गर्नुहुनेछ । महायज्ञमा दैनिक पूजापाठ, ग्रह शान्ति व्रतबन्ध, विवाह, ब्रतसाङेता, सन्ध्या महाआरती, लाखवत्ती, कलश, मूलकर्ता भूमिदान र तुलादनको व्यवस्था छ ।
महायज्ञमा राष्ट्रियस्तरका कलाकारद्वारा भजनकीर्तन, पशुपति, देवघाट तथा बनरासमा देखिने जस्तै महाआरतीका साथै देवलीला झाँकी र सन्देशमूलक नाटकसमेत प्रस्तुत गरिने मूल समारोह समितिका संयोजक नवीन अधिकारीले जानकारी दिए । महायज्ञको पहिलो दिन मङ्गला–२ बाबियाचौर निवासी स्व नगेन्द्रबहादुर अधिकारीको स्मृतिमा उनका छोराछोरी, ज्वाँइलगायत सपरिवारको तर्फबाट रु दुई लाख एक हजार एक सय ११ सहयोग प्राप्त भएको मूल समितिका सहकोषाध्यक्ष नीरज खड्काले जानकारी दिए । -रासस
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...