बैशाख २९, २०८१
केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...
‘जब टेक्छु
यो लमतन्न राजमार्ग
टेकेँ जस्तो लाग्छ – आपाको आङ
चालिस बसन्तअघि लक्का जवान हुँदा
गिट्टि सपनाको अलकत्रा घोलेर
बनाएका थिए रे आपाले यो मार्ग’
बीस बसन्तअघि मजदुर हुन पाएको खुशीमा ‘ठुले’का आपा रामबहादुर घरबाट हिँडेका हुन्छन् । मजदुरी उसको बाध्यता हुन्छ । ‘बाध्यता’ गर्न पाएको खुशीमा ऊ सपना बुनेर हिँड्छ । ‘राजा’ले राजमार्ग बनाउन खोजेका हुन्छन् । छोरालाई पढाउने र मास्टर बनाउने सपना बोकेर रामबहादुर घरमा सुत्केरी श्रीमती र भर्खरै जन्मिएकी छोरी छोडेर हिँड्छ ।
रामबहादुर राजमार्ग बनाउन पूर्वदेखि पश्चिमसम्म पुग्छ । चर्को गर्मीमा तातो अलकत्राको राप सहेर जब उसको पसिनाले मूल्य पाउँदैन । तब उसले तुहिएका आफ्ना सपना सुनाउन घरमा चिठी लेख्छ । मास्टर बन्ने ठुलेको सपना थाती रहे पनि उसले आपाको चिठीमा अक्षर फुटाएको हुन्छ ।
चिठीमा उल्लेख भएको ठेगानमा खोज्दै हिँड्छ ठुले आपालाई । निजगढ, चन्द्रनिगाहपुर उसले देख्छ आपाले बनाएको महेन्द्र राजमार्ग । राजमार्गमा आपा खोज्दै हिँड्दा ठुलेले थाहा पाउँछ आपा आफैँले बनाएको राजमार्गमा लास बनेर लडे ।
आपा खोज्न हिँडेको ठुलेलाई गाउँमा पर्खिएकी हुन्छे बहिनी । उसले पनि थाहा पाउँछे आपा आफैँले बनाएको राजमार्गमा ट्याक्टरले किचेर मरेछन् ।
रामबहादुरको नियति भोग्नुपर्छ ठुलेले । तर, समयसँगै पीडा परिष्कृत बनेर । रामबहादुरले आफ्नै देशमा मजदुरीको नियति भोग्छन् ठुलेले परदेशमा । यी सबै दृश्य हुन् पोखरा थिएटरमा चलिरहेको नाटक ‘मजदुर मार्ग’को । जहाँ आपा खोज्न हिँडेको ठुले आफैँ हराउँछ विरानो शहरमा ।
‘राज्यको सूचीबाट
हराएकै थियौँ हामी
यो विपत्मा तिमी झन हरायौँ
मेरो दाइ !
तिमी कहाँ छौ ?’
ठुले पर्खिएर बसेकी उसकी बहिनी खोज्छे । उसलाई मृतक र घाइतेको सूचीमा । उसले बागमती र विष्णुमतिको किनारमा भेटिएको लासदेखि मन्दिर र गुम्बामा देखिने ख्याउटे माग्ने अनुहारमा खोज्छे दाइको चित्र । तर भेट्दिन उसले ठुलेको अनुहार कहिँकतै । हराएको ठुले एकदिन घर फर्खिएर आउँछ ।
‘आमा
म आइपुगेँ.........’
तर, कसरी त्यो कविताको अर्थात् नाटकको अन्तिममा थाहा हुन्छ । राज स्याङ्तानको कवितासङ्ग्रह ‘ओ पेङ्दोर्जे !’मा आधारित रहेर निर्माण भएको नाटकले रामबहादुरहरूको नियति देखाएको छ । मजदुरको कथा बोलेको छ । नारायण न्यौपानेले निर्देशन गरेको नाटकमा धनकाजी श्रेष्ठ, सुसन पौडेल, सनिता थापा, कुमार तामाङ, रोशनी रामदाम, रमेश तिमिल्सना, राजकुमारी गहतराज, रोहित पौडेल, परिवर्तन, आकाश परियार, समीक्षा पौडेल र नारायण न्यौपानेले अभिनय गरेका छन् । पोखरा थ्रिएटरमा मन्चन भएको नाटक वैशाख २९ गतेसम्म चल्नेछ ।
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ । अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...