×

NMB BANK
NIC ASIA

आलेख: पूर्वसचिवको अनुभव–सुझाव

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

काठमाडाैं | बैशाख २७, २०८१

NTC
Premier Steels

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको छ । जिम्मेवारी लिन हच्केको छ । जोखिम पन्छाइरहेको छ । सेवाग्राहीमैत्री व्यवहार देखिँदैन । परिवर्तनको द्योतन गर्नुपर्नेमा परिवर्तन अनुकूल क्षमता पनि घटेको छ । सम्वाद सीप र शिष्टता देखिँदैन ।

Muktinath Bank

साथै, पदाधिकारीले प्रयोग गरेको साधन स्रोत, शक्ति र समयप्रति न्याय देखिँदैन । बहुसीपयुक्त र सधैँ सिकिरहने कर्मचारीको माग भएको छ, तर प्रवर्तन तत्परता त कता हो कता स्वयं गतावधिक हुने दिशामा पो जालाकि भन्ने प्रवृत्ति देखिएको छ । यसले सार्वजनिक प्रशासनको साख मात्र गिराएको छैन, सरकारप्रतिको नागरिक विश्वास र नागरिक सन्तुष्टिमा स्खलन देखिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यावसायिकता केलाई भन्ने ?


Advertisment
Nabil box
Kumari

व्यावसायिक प्रशासनका तीन आयाम वा तीन फाइदा छन् । व्यावसायिकता विकासले व्यक्ति आफ्नो वृत्तिको ओज, क्षमता र सीप बढाउँछ । संगठनले कार्यसम्पादन दक्षता हासिल गरी आफ्नो उद्देश्य पूरा गर्ने कार्यलाई संस्थागत गर्दछ । सेवाग्राही सर्वसाधारणहरूले स्तरीय सेवा र असल व्यवहार प्राप्त गर्दछन् । त्यसैले आधुनिक शासकीय व्यवस्थामा व्यावसायिकता विकास गर्ने कार्यले उच्च प्राथमिकता पाएको छ । व्यावसायिकता विकासलाई मानव साधनमाथिको रणनीतिक लगानीका रूपमा लिन थालिएको छ । 

Vianet communication

व्यावसायिकता विकासका विभिन्न अवयवहरू छन् । पहिलो कार्यदक्षता (कम्पिटेन्सी) हो । यो कर्मचारीको काम गर्ने सीप, विश्वसनीयता, प्रतिबद्धता र समाधानकेन्द्रित स्वभावको समष्टि हो । दोस्रो, इमान्दारिता र सदाचारले अरूलाई सम्मान गर्ने, विश्वासिलो बन्ने र मूल्य मान्यताप्रति रहने स्वभाव विकास गर्छ । तेस्रो जवाफदेहिता हो, जसले पदाधिकारीले प्रयोग गर्ने स्रोत, साधन, शक्ति र समयप्रति जिम्मेवार बनाउँछ । चौथो, स्वनियमनले आफैंप्रति प्रश्न उठाउने र स्वयं विवेचना गर्ने आन्तरिक भाव विकास गर्छ । पाँचौं, पहिचान हो, जसले पदीय जिम्मेवारीको अस्तित्व विस्तार गर्दछ, संगठन र कर्मचारीको छवि विस्तार गर्दछ । 

निजामती सेवामा व्यावसायिकता देखिने पहिलो ठाउँ सेवाग्राहीको सन्तुष्टि र जवाफदेहितामा हो । कर्मचारी मूल्यांकन र कार्यसम्पादन सूचकबाट व्यावसायिकता र जवाफदेहिताको स्तर मापन गर्ने परम्परागत विधिमा स्वयं विवेचना, सेवाग्राही अनुभूति र अग्रसरताको अभिरुचि पनि थपिएका छन् । 

सामान्य बुझाइमा सार्वजनिक व्यवस्थापनमा व्यावसायिकता भन्नाले योग्यता (कार्यसम्पादनको सापेक्षिक सामर्थ्य), प्रवीणता, प्राविधिक सीपका आलावा सेवाग्राहीप्रतिको आदरभाव र सदाचारिताको योग हो । अझै छोटो अर्थमा योग्यता, सीप र दक्षताको जोड हो । 

यी अवयव विकास कसरी गर्ने ? यो नै अहम् प्रश्न हो । व्यावसायिकता विकासका कारकहरू सामान्य छन् । पेशागत अभिमुखीकारण (सामान्य ज्ञान), खास कार्यसम्पादनका लागि चाहिने ज्ञान (विशिष्टीकृत ज्ञान), दक्षता (कम्पिटेन्सी), इमान्दारिता र सकारात्मकता, जवाफदेहिता, स्वयं नियमन (आत्मविचरण) र पहिचानजस्ता पक्षहरूले सार्वजनिक प्रशासनलाई व्यावसायिक बनाउँछ । 

सामान्य ज्ञान प्रशासनिक मूल्य, सिद्धान्त र विधि व्यवस्थाको जानकारी हो, यसलाई सेवा प्रवेशको परीक्षण विधि, नियुक्तिपछिको अभिमुखीकरणबाट विकास गर्न सकिन्छ । विशिष्ट ज्ञान भने पदस्थापनका क्रममा प्राप्त जिम्मेवारीले माग गर्ने विशेषज्ञ ज्ञान हो । यो पनि सेवा अभिमुखीकरणमा नै प्राप्त गर्न सकिन्छ । 

कार्यदक्षता जिम्मेवारी प्राप्त गरेपछि काम गर्ने सीप, सामर्थ्य, कामप्रतिको आत्मिक निष्ठा र सेवाग्राहीकेन्द्रित स्वभाव हो । सामान्य र विशिष्ट ज्ञान प्राप्त गरेपछि कार्यसम्पादनको भूमिकामा रहँदा यो देखिने गर्दछ । 

इमान्दारिता र सकारात्मकता सेवा मूल्यप्रतिको उचित सोच हो, यसले अरूलाई सम्मान गर्ने, विश्वासिलो बन्ने र मूल्य मान्यताप्रति अटल रहने स्वभाव दिलाउँछ । काम गर्नुपर्छ, काम गर्न सकिन्छ, कामबाहेक कर्मचारीको न धर्म छ, न आचरण बन्ने सकारात्मक सोच । यसले कर्मचारीलाई जागिर (क्यारिएर) भन्दा सेवा (सर्भिस) महत्त्वपूर्ण हो भन्ने अन्तरबोध गराउँछ । 

जवाफदेहिता (उत्तरदायित्व) पदाधिकारीले कार्यसम्पादनको सिलसिलामा अभ्यास गर्ने शक्ति, साधन र स्रोतको नतिजामूलकता हो । नतिजा धेरै अवस्थामा देख्य (टेन्जिवल) र केही अवस्थामा अनुभूतिजन्य (इन्टेन्जिवल) रहन्छन् । सर्वसाधारण आफूले पाउनुपर्ने सेवा पाएको, नपाउनुपर्नेमा चित्तबुझ्दो जवाफ पाएको र आफ्ना लागि गरिएका काममा विश्वस्त भएको अवस्थामा प्रशासनलाई जवाफदेही भएको मान्दछन् ।

स्वनियमन जिम्मेवार कर्मचारीले आफूले गरेका कामको विचरण, विवेचना र मूल्यांकन गरी सेवाग्राहीको अपेक्षापूर्तिमा तत्पर भैहरने बानी हो । यसले सरोकारवालाको भावनात्मक आवश्यकतालाई समेत सम्बोधन गर्न सक्दछ । आत्मूल्यांकन सबैभन्दा उत्तम हो (सेल्फ रेगुलेसन इज बेस्ट रेगुलेसन) भन्ने भावनाले स्वनियमन विकास हुन्छ । स्वप्रेरित कर्मचारी मात्र आत्मविचरण र मूल्यांकनमा पुग्न सक्दछन् । 

पहिचानले पदीय जिम्मेवारीलाई ओजिलो बनाउने गर्दछ । निजामती प्रशासनको पहिचान बढाउनु कर्मचारीहरूको कामको साझा उपलब्धिको परिणाम हो । कर्मचारीले करारी (कन्ट्र्याक्चुएल) र सांकेतिक (सिम्बोलिक) भूमिका पूरा गरेपछि पूरै निजामती सेवाको पहिचान विस्तार हुन्छ । सर्वसाधारण आफ्नो सहयोगी मान्न थाल्छन् र त्यसपछि राम्रो गर्ने आन्तरिक प्रेरणा झनै विस्तार हुन्छ । 

यी सबै कारकहरू एकल भूमिकामा भन्दा अन्तरसम्बन्धित रहन्छन् र एकले अर्को कारकलाई क्रियाशील बनाउन सहयोग गर्दछन् । यसर्थ सार्वजनिक प्रशासनलाई व्यावसायिक बनाउन उल्लिखित सबै पक्षमा सावधान सक्रियता चाहिन्छ । 

नेपालको निजामती सेवामा व्यावसायिकताको अवस्था 

नेपालको निजामती सेवामा बुझाइको स्तर सतही देखिन थालेको छ । नेपालको निजामती सेवालाई लाग्दै आएको आरोपमध्ये एक हो, ‘कम्पिटेन्ट बट ननपर्फर्मिङ सिभिल सर्भिस’ । नतिजामा नदेखिए क्षमताको कुनै महत्त्व रहँदैन । निजामती कर्मचारीले आफ्नो प्रभावकारिता सिद्ध गर्ने माध्यम नै नतिजा हो । नतिजाको आधार काम हो, काम गर्न आफूले सम्पादन गर्नुपर्ने कामको जानकारी त चाहिन्छ नै, त्यसको अन्तर्य पनि बुझ्नुपर्छ । सतही रूपमा बुझिएका कुराले परिणाम पनि सतही नै ल्याउँछ । अवधारणा, सिद्धान्त, नीति, विधि र परिवेशको सम्पूर्णता नबुझे पदले व्यक्तिलाई र व्यक्तिले पदलाई न्याय गर्न सक्दैन । सेवाग्राही मर्कामा पर्दछन् । कर्मचारीले जागिर खान्छ, कार्यालयले कर्मचारी पाउँछ, अहिलेको अवस्था करिब यस्तै छ । 

संविधान, नीति, कार्यक्रममा अभिव्यक्त भएका राज्य इच्छाहरू कर्मचारीको व्यावसायिक सक्रियतामा नतिजासम्म पुगी सर्वसाधारणलाई सन्तुष्टि दिन्छन् । सेवाग्राही सन्तुष्टिको सापेक्षमा निजामती सेवाको क्षमता मापन हुन्छ । यस आधारमा सार्वजनिक प्रशासन क्षमताशील छ भन्ने देखिएको छैन । भलै कि हिजोको तुलनामा अवसरहरू धेरै पाएको छ, आन्तरिक तथा बाह्य क्षमताको विकासका प्रयासहरू पनि भएका छन् र अन्तर्राष्ट्रिय एक्सपोजर पनि भएको छ । 

तर, नेपालमा नीतिहरू राम्रो बनेका छैनन्, बनेका नीतिहरू नतिजामा पुगेका छैनन्, सेवाग्राहीको कर्मचारीप्रति व्यापक गुनासो छ । यस अवस्थामा निजामती सेवा क्षमतावान छ भन्नुले कुनै अर्थ राख्दैन । निजामती कर्मचारीको क्षमतामाथि प्रश्न उठाएर अन्तर्राष्ट्रिय संस्थाहरूका प्रतिवेदनमा उल्लेख गरिँदै आएको छ, ‘नेपालमा नीतिहरू त राम्रा बनेका छन्, तर कार्यान्वयन हुँदैनन् ।’  

कर्मचारी वृत्तमा सकारात्मक सोच खस्किएको छ । कुनै कुरा प्रस्तुति र सम्वादमा आत्मविश्वास देखिँदैन । पढेलेखेका र एक्सपोजर पाएकाहरू प्रायोजित सेलिब्रिटी बनेका छन् । जिम्मेवारी लिन भने हच्किने मनोवृत्ति छ । सेवाग्राहीमैत्री प्रस्तुति छैन । परिवर्तनप्रतिको अनुकूलन क्षमता घटेको छ । संवाद, सीप र शिष्टता कमजोर छ । साथै, आफैंले प्रयोग गरेको साधन, स्रोत र समयप्रति न्याय देखिँदैन । बहुसीपयुक्त र सधैँ जानिरहने (एभर लर्निङ) कर्मचारीको माग छ तर प्रवत्र्तन तत्परता निकै खुम्चिएको जताततै देखिएको छ । त्यसैले सार्वजनिक प्रशासनमा व्यावसायिकताको अनुमानै नगरिएको माग भैरहेको छ । 

डेलेवर विश्वविद्यायलयका प्राध्यापक एवं नयाँ सार्वजनिक सेवाका प्रवर्तक रवर्ट डी डेनहार्ट यी ५ कारणले सार्वजनिक प्रशासनमा परिवर्तन, व्यावसायिकता र बहुसीपयुक्त क्षमता आवश्यक भएको देख्दछन् : 

– पहिलो, असाधारण रूपमा विस्फोट भैरहेको नयाँ ज्ञान, प्रविधि र अग्रसरता, 

– दोस्रो, संस्थात्मक पुनर्संरचना, 

– तेस्रो, बढ्दो अन्तरआबद्धता र विश्वव्यापीकरण,  

– चौथो, जनसंख्या र सांस्कृतिक विविधता, 

– पाचौं, परम्परागत विश्वासप्रति स्खलन । 

व्यावसायिकता विकासका उपाय 

कुनै पनि मुलुकको शासकीय व्यवस्था र त्यसलाई प्रणालीबद्ध गर्ने सार्वजनिक प्रशासन यी परिवर्तनप्रति सापेक्ष रहने मात्र होइनन्, कतिपय अवस्थामा परिवर्तन र आविष्कारका सहयोगी नै बन्ने गर्दछन् । जनताको तहमा आएको परिवर्तन, बदलिएको शासकीय दर्शन र विश्वव्यापी मान्यताले निजामती सेवा हिजोभन्दा आज र आजभन्दा भोलि क्षमतावान, सीपयुक्त र व्यावसायिक निष्ठामा रहनुपर्ने देखिएको छ । यसर्थ नेपालमा पनि सामाजिक सन्दर्भ, आन्तरिक माग र जनताको चेतनास्तरमा आएको परिवर्तनले सुविधामा रमाउने काममा लजाउने निजामती सेवा होइन, आक्रामक निजामती सेवा चाहिएको छ । जान्नेभन्दा गर्ने, स्वयं नियमित, धेरै गर्ने र जनताको भावना तत्काल सम्बोधन गर्ने क्षमताको कर्मचारी चाहिएको छ । अर्को अर्थमा व्यावसायिक निजामती वशासन चाहिएको छ । निजामती सेवालाई व्यावसायिक, क्षमतावान र सधैँ जानिरहने स्वयं प्रेरित बनाउन यी कदम आवश्यक छन् :

– भर्ना छनौटको प्रक्रियामा जानकारीका साथ सीप र अभिरुचि पनि परीक्षण गर्ने । परीक्षण विधिले व्यक्ति (जागिर खोज्ने उम्मेदवार) को जानकारीको तह मात्र सीमित नराखी उसको स्वभाव, अभिरुचि र सीपको परीक्षण गर्न सक्ने बनाउने । योग्यता परीक्षणका नवीनतम विधिको उपयोग गर्ने । (यसअघि पनि उल्लेख गरिएको छ) । 

– सेवाभित्र प्रवेश गरेपछि निष्ठा र नैतिकताको अभिमुखीकरण गर्ने, निजामती सेवा वृत्ति विकास र राष्ट्र सेवाको दोहोरो अवसर भएको सेवा हो भन्ने भावना मन, मस्तिष्कमा सञ्चार गराउने । स्टाफ कलेजको तालिमलाई व्यापक र कार्यमूलक बनाउने । तालिममा प्रशासन सेवाका कर्मचारीको वर्चस्व छ, प्राविधिक सेवाका कर्मचारीहरूको पनि सामान्य ज्ञान (कार्यसम्पादनका मूल्य, विधि र प्रविधिका आयाममा तालिम दिने । प्रशासनिक सेवाका कर्मचारीहरूका लागि भने यसैले विशिष्टकृत तालिम (विशिष्ट ज्ञान) पनि दिनसक्छ । 

– वृत्ति र व्यवसायभन्दा सेवाभावना विकास गर्ने गरी सामाजिकीकरण र विकासका उपायहरू अभ्यासमा ल्याउने । 

– क्षेत्रगत सघन तालिम (सामान्य र कार्यमूलक) कार्यक्रम सञ्चालन गर्ने, तालिम कर्मचारीको अधिकार हो भन्ने प्रत्याभूत गर्ने । सबै सेवा समूहका कर्मचारीले वार्षिक रूपमा तालिम पाउने कुरा अधिकारका रूपमा स्थापित गर्ने । तालिम क्षमता विकासका साथै अनुभव विनिमय र अभ्यास परिमार्जनको माध्यमको रूपमा व्यवस्थापनले लिनुपर्दछ । 

– केन्द्रीय कर्मचारी व्यवस्थापन निकाय र सम्बन्धित निकायले कर्मचारीको सीपको विस्तृत विवरण (स्किल प्राफ्राइलिङ) गर्ने र यसैको आधारमा तालिम आवश्यकता आकलन, तालिम व्यवस्था र कर्मचारी उपयोग गर्ने नीति लिने । 

– नतिजामूलक कार्यविवरण साथ जिम्मेवारी तोक्ने, कार्यसम्पादन व्यवस्थापन प्रणाली लागू गर्ने । 

– कर्मचारीलाई कामप्रति स्वयत्तता दिने, सेवाग्राहीप्रति प्रत्यक्ष जवाफदेही बनाउने । 

– सेवाग्राही कर्मचारी सम्वाद व्यवस्थित गर्ने, सिकायतका आधारमा मूल्यांकन गर्ने ।  

– उत्कृष्टता प्रवर्द्धन गर्न अग्रसरता परीक्षण र प्रोत्साहन गर्ने । 

– कर्मचारी क्षमताका आधारमा जिम्मेवारी दिने र कर्मचारीलाई जतिखेर र जसरी चलाए पनि हुन्छ भन्ने सेच नराख्ने । 

– कार्यकारी तहमा नेतृत्व परीक्षणका आधारमा जिम्मेवारी दिने परिपाटी बसाल्ने ।

– संस्थात्मक सम्झना हस्तान्तरणको व्यवस्थित विधि बसाउने । जिम्मेवारीबाट अलग हुँदा अनिवार्य रूपमा संस्थाका क्रियाकलापको अवस्था, सम्पन्न काम, थालिएका काम, थाल्नुपर्ने काम, संस्थाले अपनाएका सुधार रणनीति, कमीकमजोरी, जोखिम अवसर, आँकडा तथ्यांकको विवरण लिखित रूपमा दिने, मौखिक रूपमा भन्ने परम्परा बसाउने । कर्मचारीले आर्जन गरेको कुरा संस्थाले आफ्नो बनाउने विधि बसाल्ने । संस्थाका तर्फबाट ज्ञान सिक्ने र बाहिर बस्ने, बाहिरको नागरिकता लिने, उतैको कर्मचारी बन्ने, अन्य निकायमा काम गर्ने प्रवृत्ति हटाउन कठोर आचरण विधि तर्जुमा गरी कार्यान्वयनमा ल्याउने । 

– वार्षिक रूपमा निजी प्रतिष्ठानको कार्यशैली लिने (स्किल पोचिङ, स्किल शेयरिङ, स्किल इन्टेलिजेन्स) को प्रक्रिया अपनाउने, ता कि निजी क्षेत्रमा अपनाइएको प्रविधि र कार्यशैली आवश्यक हदमा संस्थाभित्र प्रवेश गराउन सकियोस् । 

– कर्मचारीको स्वनियमन र स्वविचरण गर्ने परिपाटी बसाएर कामप्रति आत्मिक निष्ठा जगाउने । कर्मचारी काम गर्न नै वृत्ति चयन गरेको व्यक्ति हो । आफ्ना कामबाट मात्र ऊ प्रेरित भएर काम गर्न सक्छ । काम नै उत्प्रेरणा हो भन्ने कार्यसंस्कृति विकास गर्न स्वनियमन र स्वविचरण शक्तिशाली अस्त्र हो । 

– सेवाग्राही सर्वेक्षण र नीति परीक्षणमार्फत क्षमताको परीक्षण गर्ने । 

– सहभागितात्मक व्यवस्थापनका विधिमार्फत आर्जित ज्ञानको सामूहीकरण र संस्थानीकरण गर्ने, 

– उपलब्ध अवसरको न्यायिक वितरण गर्ने । 

उपसंहार 

कर्मचारीमा कार्यअमिुखीकरण, क्षमता विकास र त्यसको उपयोगबाट मात्र व्यावसायिक प्रशासनको जग बसाउन सकिन्छ । एकपटक व्यावसायिक प्रशासनको जग बसाएपछि त्यसले प्रणालीगत निरन्तरता पाउने गर्दछ, अनि स्वचालित नवीकरणको बाटो समाउँछ । उल्लिखित पक्षमा ध्यान नदिई व्यावसायिक निजामती प्रशासनको कुरा गर्दा त्यो प्रशासनिक ठट्टेबाजी (एड्मिनिस्ट्रेटिभ गिमिक) मात्र हुन्छ । (@mainaligopi) 

यसअघिका भागहरू :

प्रशासनिक सुधारको पाटो– ४ : नैतिकता, सदाचार र अनुशासन

प्रशासनिक सुधारको सूत्र– ३ : भर्ना छनोट र परीक्षण प्रविधिमै परिवर्तन

प्रशासनिक सुधारको अर्को सूत्र : राजनीतिज्ञ–कर्मचारी ईर्ष्यारहित सम्बन्ध, उचित तालमेल

कर्मचारी प्रशासन चुस्त बनाउने सूत्रः प्रतिभा व्यवस्थापनमार्फत व्यावसायिक अग्रसरता विकास

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x