×

NMB BANK
NIC ASIA

रसुवागढीले एक अर्ब बढीको साधारण शेयर जारी गर्दै, मध्य भोटेकोशीको पनि तयारी !

पुस २०, २०७४

NTC
Premier Steels

काठमाडौँ, २० पुस -नेपाल धितोपत्र बोर्डले चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी रसुवागढी हाइड्रोपावर कम्पनीलाई रु एक अर्ब ६४ करोड बराबरको साधारण शेयर निष्काशनको अनुमति दिएको छ । 

बोर्डले आज रसुवागढी जलविद्युत् आयोजनाको प्रवद्र्धक रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर (आइपिओ) निष्काशनको अनुमति दिएको हो । कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी र ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई गरी रु एक अर्ब ६४ करोड २१ लाख ४ बराबरका एक करोड ६४ लाख २१ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । 

बोर्डका प्रवक्ता निरज गिरिले सबै कागजातको अध्ययनपछि रसुवागढी हाइड्रोपावर कम्पनीलाई साधारण शेयर निष्काशनको अनुमति दिइएको बताउनुभयो । कम्पनी प्रमुख माधव कोइरालाले रसुवागढीले पहिलो चरणमा २४ प्रतिशत साधारण शेयर (आइपिओ) निष्काशन गर्ने अनुमति प्राप्त भएको जानकारी दिनुभयो । 

रसुवागढी हाइड्रोको साधारण शेयर निष्काशनको बिक्री प्रबन्धकमा यसअघि नै ग्लोबल आइएमइ क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । यस्तै सहायक बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड, सिद्धार्थ क्यापिटल लिमिटेड र एसनआइबीएल क्यापिटल लिमिटेड रहेका छन् । 

रसुवागढीले पहिलो चरणको साधारण शेयर निष्काशन गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित रसुवावासीलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत गरी झण्डै रु एक अर्ब ७५ करोड बराबरको साधारण शेयर बिक्री गर्नेछ । 

कम्पनीको लगानी संरचनाअनुसार ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको लगानी रहेको छ । रसुवागढी हाइड्रोले कुल १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना रसुवा जिल्लामा निर्माण गरिरहेको छ । आयोजनाको काम करिब ६० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख कोइरालाले जानकारी दिनुभयो । 

गोरखा भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण केही समय समस्यामा परेको आयोजनाले पछिल्लो दिनमा निर्माण कार्यले गति लिएको छ । आयोजना प्रमुख कोइरालाले हाल सुरुङ खन्ने, बाँधलगायत अन्य पूर्वाधार निर्माणको काम युद्धस्तरमा भइरहेको जानकारी दिनुभयो । 

कुल चार हजार १८५ मिटर लामो सुरुङमध्ये दुई हजार ६०० मिटर निर्माण सकिएको र बाँकी रहेको सुरुङ खन्ने काम आगामी चार महिनाभित्र सम्पन्न हुने पनि उहाँले बताउनुभयो । 

पूर्वनिर्धारित कार्यतालिकाअनुसार आगामी भदौमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर विविध कारणले गर्दा २०१९ को डिसेम्बरमा सक्ने गरी कार्ययोजना बनाइएको छ । 

आयोजनाको निर्माण चाइना वाटर एन्ड इलेक्ट्रिसिटी कर्पोरेशनले गरिरहेको छ । यस्तै इलेक्ट्रोमेकानिकलतर्फ भारतको भ्वाइथ हाइड्रो लिमिटेड रहेको छ । कुल रु १३ अर्ब ६८ करोड लागत अनुमान गरिएको उक्त आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३, नेपाल विद्युत् प्राधिकरणको १८, सर्वसाधारणको १५, आयोजना प्रभावित स्थानीय बासिन्दालाई १०, लगानीकर्ता कर्मचारी सञ्चय कोषका कर्मचारी तथा विद्युत् प्राधिकरण र कम्पनीका कर्मचारीको गरी तीन दशमलव पाँच प्रतिशत एंव सञ्चयकर्ताको १९ दशमलव ५ प्रतिशत लगानी रहनेछ । 

यसअघि बोर्डले सान्जेन जलविद्युत् कम्पनीलाई रु दुई अर्ब ७३ करोड ७५ लाख बराबरको साधारण शेयर जारी गर्ने अनुमति दिइसकेको छ । सरकारी स्वामित्वका जलविद्युत् आयोजनाले एक पछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारी गरेको र अनुमति समेत पाएकाले लगानीकर्तामा भने उत्साह बढेको छ । 

बोर्डकाअनुसार यस वर्ष विभिन्न १६ जलविद्युत् कम्पनीले साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिएका छन् । केही दिन पहिले मात्रै राधी हाइड्रो पावर कम्पनीले रु ६१ करोड ५० लाख बराबरको साधारण शेयर जारी गरेको छ । 

यस्तै चिलिमे कम्पनीको अर्को सहायक कम्पनी मध्य भोटेकोशीको पनि साधारण शेयर जारी गर्ने तयारी भईरहेको छ । एकपछि अर्को गर्दै साधारण शेयर जारी गर्ने तयारीमा जलविद्युत् कम्पनीहरु लागेपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाले हितग्राही खाता नभएकालाई तत्काल हितग्राही खाता खोल्न सूचना मार्फत आग्रह गरिरहेका छन् । 

कोषका प्रमुख प्रशासक दीपक रौनियारले हितग्राही खाता नभएकालाई खाता खोल्न आग्रह गरिएको जानकारी दिनुभयो । 

आरम्भ माइक्रो फाइनान्सले पनि आइपिओ जारी गर्ने 
बोर्डकाअनुसार आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थालाई पनि साधारण शेयर निष्काशनको स्वीकृति दिइएको छ । सो संस्थाले रु दुई करोड ९४ लाख बराबरको दुई लाख ९४ हजार कित्ता साधारण शेयर निस्काशनको अनुमति पाएको हो । सो संस्थाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । 

Muktinath Bank

–रमेश लम्साल /रासस


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x