२३ असार २०८३, मंगलबार

वामदेवले भने- चुनावमा पराजित भएकोमा रत्तिभर दुःख लागेन !

वामदेवले भने- चुनावमा पराजित भएकोमा रत्तिभर दुःख लागेन !

भक्तपुर, २ माघ- नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत नगरेको बताएका छन् । चुनावमा पराजित भए पनि आफूलाई रत्तिभर दु:ख नलागेको बरु शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भएको उनको भनाई छ । 

मंगलबार भक्तपुरमा समय सम्वाद साप्ताहिकको वार्षिकोत्सव समारोहमा बोल्दै उपाध्यक्ष गौतमले चुनावमा पराजय व्योहोरे पनि पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्ने प्रण गरे।

‘चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत गरेको थिइनँ, पराजित भए पनि रत्तिभर दु:ख लागेको छैन,' गौतमले भने, 'शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भयो । यसबारे धेरै कुरा गर्न चाहान्नँ।’ पार्टी एकता आफू कम्युनिष्ट पार्टीमा प्रवेश गरेदेखिकै सपना भएको भन्दै उपाध्यक्ष गौतमले एउटै कम्युनिष्ट पार्टी बनाउने कामको शुरुवात भएको बताए।

साथै उनले जनमतविपरीत कांग्रेसले सत्ता हस्तान्त्ररणमा आलटाल गरिरहेको आरोप लगाए। ‘आयु पुगेको सरकारका प्रधामनन्त्री शेरबहादुर देउवाले बहुमत कसैले ल्याएको छैन भनेर नकचरो तर्क गरेका छन्,’ गौतमले भने, ‘एमाले-माओवादीबीच पार्टी एकता संकल्पलाई तोड्न सकिन्छ कि भनेर लागिपरेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्