×

NMB BANK
NIC ASIA

बालबालिकाको तनाव कम गर्न मोदीले लेखे पुस्तक- 'परीक्षाका योद्धाहरु'

माघ २१, २०७४

NTC
Premier Steels

नयाँदिल्ली, २१ माघ-भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लेख्नु भएको “इक्जाम वारियर” (परीक्षाका योद्धाहरु) नाम पुस्तक सार्वजनिक भएको छ । 

पुस्तकमा विद्यालयस्तरका विद्यार्थीहरुले परीक्षाका बेलामा उत्पन्न हुने तनावलाई कसरी कमगर्न सक्छन् भन्ने बारेमा जानकारी दिने विषयवस्तुहरु समावेश गरिएका छन् । 

भारतीय प्रधानमन्त्रीले यस प्रकारको पुस्तक लेखेको यो पहिलो घटना हो । भारतको ‘पेन्गुइन ¥यान्डम हाउस’ मा शनिबार सो पुस्तक विमोचन गरिएको हो । 

विद्यालयस्तरका विद्यार्थीहरुले दिन लागेको उनीहरुको बार्षिक परीक्षाको समय पारेर यो पुस्तक सार्वजनिक गरिएको छ । 

भारतको माध्यमिक शिक्षा केन्द्रीय बोर्डले आगामी मार्च ५ देखि अप्रिल ४ सम्ममा कक्षा दशको बार्षिक परीक्षा सम्पन्न गर्नेगरी परीक्षा तालिका बनाएको छ । 

त्यसैगरी कक्षा १२ को परीक्षा पनि मार्च ५ देखि अप्रिल १३ सम्ममा सम्पन्न गर्ने योजना बोर्डले बनाएको छ । 

भारतीय बालबालिकाले परीक्षामा राम्रो नतिजाका लागि आफ्ना अविभावकहरुबाट ठूलो तनाव एवम् दवाव खेप्नुपर्दछ । 

अविभावकहरुको दवावका कारण विद्यार्थीहरु परीक्षाको ठूलो तनावमा पर्ने गर्छन् । यस्तो तनावका कारण माध्यमिक विद्यालयको नतिजासँगै वर्षेनी केही विद्यार्थीले आत्महत्या समेत गर्ने गरेको पाइन्छ । 

यस्तो तनावलाई कमगर्न प्रधानमन्त्री मोदीले लेख्नुभएको सो पुस्तक सहयोगी हुने अपेक्षा गरिएको समाचारमा जनाइएको छ । रासस

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x