×

NMB BANK
NIC ASIA

माओवादीलाई सात मन्त्रालय : गृहका लागि हानथाप

फागुन ११, २०७४

NTC
Premier Steels

काठमाडौं,११ फागुन-  एमाले–माओवादीबीच गृहमन्त्रालय माओवादीलाई दिने समझदारी जुटेसँगै गृहमा माओवादीभित्रै लफडा चलेको छ। अध्यक्ष पुष्पकमल दाहालका विश्वासपात्र तथा प्रभावशाली नेताहरूले नै गृहमन्त्रीको दाबी नछाडेपछि दाहाल निर्णयमा पुग्न सकिरहेका छैनन्।

Muktinath Bank

माओवादीबाट गृहमा रामबहादुर थापा (बादल), वर्षमान पुन, जनार्दन शर्मासम्मले दाबी प्रस्तुत गरेका छन्। थापालाई उपप्रधान तथा अन्य मन्त्रालय दिएर सरकारको नेतृत्व दिन नेता पुनले अध्यक्ष दाहाललाई सुरुमा दबाब बढाएका थिए। तर, प्रधानमन्त्री केपी ओली र दाहालबीच सकभर उपप्रधानमन्त्री नराखी मन्त्री बनाउने तयारीमा छलफल चलेपछि माओवादीभित्र ‘गृहमा मोह’ बढेको हो, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माओवादीभित्र गृह मोहमा नेताहरूको आन्तरिक द्वन्द्वले पनि प्रभाव पारेको नेताहरू स्वीकार्छन्। थापा विगतमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका कारण यसपटक गृह आफूले लिएर सरकारको नेतृत्व पार्टीका तर्फबाट गरेर जान चाहन्छन्।


Advertisment
Nabil box
Kumari

तर, पुन थापालाई अन्य मन्त्रालयमा अचेटेर आफैं गृहमन्त्री हुने लबिङमा छन्। उता गृहकै दाबी गरिरहेका अर्का नेता तथा पूर्वगृहमन्त्री जर्नादन शर्मा भने पुनलाई गृहमा रोक्ने तयारीमा थापालाई स्वीकार्ने पक्षमा उभिएपछि माओवादीभित्रको गृह लफडा रोचक बन्न थालेको छ। पुन गृह आफूले नपाए सरकारमै सहभागी नहुने पक्षमा देखिएका छन्। पुन र थापा दुवै अध्यक्षका विश्वासप्राप्त नेता हुन्। सक्रिय राजनीतिकालदेखिकै साथी थापासँग दाहाल सम्बन्ध चिस्याउन चाहँदैनन्। पुन अहिले दाहाललाई सहयोग गर्ने नजिकका नेतामध्येमा पर्छन्।

Vianet communication

माओवादी स्रोतका अनुसार, पुनले आफूले गृह नपाए संघीय संसद् (प्रतिनिधिसभा) को सभामुखमा श्रीमती तथा पूर्वसभामुख ओनसरी घर्तीलाई दोहो¥याउनुपर्ने लबिङमा छन्। तर, सभामखुमा माओवादीभित्रै नेताहरू कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल र अग्नि सापकोटाको नाम पनि आउन थालेपछि पुनले गृहमै अडान लिइरहेका छन्।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x