×

NMB BANK
NIC ASIA

बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’

चैत ११, २०७४

NTC
Premier Steels

काठमाडौं, ११ चैत– बिदेशी भूमीमा रहेर नेपाली भाषा, साहित्यलाई विभिन्न माध्यमबाट विश्वभरि फैलाउन विशेष योगदान पुर्याएको भन्दै साहित्यकार भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गरिने भएको छ । 

Muktinath Bank

बिगत एक दशक लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेकी बस्नेतले नेपाली भाषा, साहित्य बारे निरन्तररुपमा कलम चलाई नेपाल बाहेक अन्य देशमा समेत नेपाली भाषा, साहित्यको विस्तार गर्न सिर्जनात्मक र संगठनात्मकरुपमा विशिष्ट योगदान पुर्याएको भन्दै बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ प्रदान गर्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नइ प्रकाशनको शनिबार बसेको बैठकले साहित्यकार बस्नेतले नेपाली भाषा, साहित्यलाई जगेर्ना गरी विश्वभर फैलाउनमा विशेष योगदान गरेको ठहर गरी ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार २०७४’ बाट सम्मान गर्ने निर्णय भएको नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईंले जानकारी दिइन् । पुस्कारको राशी एक लाख रुपैयाँ नेपाली रहेको छ । 


Advertisment
Nabil box
Kumari

इजरायलका लागि नेपालका पर्यटन तथा सांस्कृतिक सद्भावना दूत तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल च्याप्टरका अध्यक्ष समेत रहेका बस्नेतले ‘मर्दको माया’ लगायतका पुस्तक लेखेकी छन् । 

Vianet communication

यस्तै, नइ प्रकाशनले चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपाली शिक्षा सेवामा योगदान दिएका जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोईलाई पनि पुरस्कृत गर्ने भएको छ ।

प्रकाशनले शनिबार प्रा. डा. थ्रोईलाई तीन लाख रुपैयाँको ‘नइ देरुनीख अन्तर्राष्ट्रि पुरस्कार’ दिने निर्णय गरेको हो । विदेशी मूलका विशिष्ट व्यक्तिलाई दिइने पुरस्कारका लागि प्रा. डा. थ्रोइ छानिएका हुन ।

घोषित दुर्इ वटै पुरस्कार संस्कृतिबद् डा. सत्यमोहन जोशीको ९९औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा प्रदान गरिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x