×

NMB BANK
NIC ASIA

इञ्जिनियरिङको परीक्षामा बेथिति

'चीट सारेर' इञ्जिनियर, सेन्ट्रल इञ्जिनियरिङ कलेजबाट सजिलै पाइन्छ प्रमाणपत्र !

बैशाख ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम, ६ वैशाख–परीक्षामा कडाइ गरिएपछि सेन्ट्रल इञ्जिनियरिङ कलेज जनकपुरका विद्यार्थीले मंगलबार बीई सिभिल इञ्जिनियरिङको परीक्षा बहिष्कार गरे । मोडेल बहुमुखी क्याम्पस केन्द्रमा परीक्षा दिन पुगेका ६७ मध्ये ६५ परीक्षार्थीले सो दिन परीक्षा दिएनन्, दुईजना मात्र सहभागी भए ।

Muktinath Bank


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्राध्यक्ष वीरेन्द्रकुमार साहसहितको टोलीले चेकजाँचका नाममा आफूहरूलाई कपडा खोल्न लगाएको, जथाभावी र अमर्यादित ढंगले चेकजाँच गरेको तथा अपशब्द प्रयोग गरेको आरोप परीक्षा बहिष्कार गर्ने परीक्षार्थीहरूको आरोप छ । सोही आरोपसहित केन्द्र परिवर्तन गर्न माग गर्दै विद्यार्थीहरूले पूर्वाञ्चल विश्वविद्यालयका डीनलाई ज्ञापनपत्र बुझाए । केन्द्रध्यक्षमाथि पनि कारबाही हुनुपर्ने उनीहरूको माग थियो ।


Advertisment
Nabil box
Kumari

यस विषयमा जाँचबुझ गर्न पूर्वाञ्चल विश्वविद्यालयले पर्यवेक्षक रामनारायण बिच्छालाई पठायो । घटनालाई नियालेपछि पर्यवेक्षक बिच्छाले उनीहरूको आरोप तथ्यहीन भएको निष्कर्ष निकाले । पर्यवेक्षक विच्छाले लोकान्तरसँग भने, ‘विद्यार्थीहरूले झुटो आरोप लगाएको पाइयो, परीक्षा केन्द्र पनि परिवर्तन हुँदैन र बहिष्कार गरेको परीक्षा पुनः सञ्चालन हुन पनि सक्दैन ।’

Vianet communication
Laxmi Bank

चेकजाँचको सिसीटिभी फुटेजसमेत देखाउँदै केन्द्राध्यक्ष साहले विद्यार्थीहरूको आरोप गलत रहेको बताए ।

‘विगतमा पनि सेन्ट्रल इञ्जिनियरिङ कलेजको परीक्षा यही केन्द्रमा हुन्थ्यो, तर मधेस आन्दोलन र विभिन्न परिस्थितिका कारण परीक्षालाई मर्यादिन बनाउन सकेनौँ,’ साहले भने, ‘अहिले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार बनिसकेको छ, परिस्थिति अनुकुल भएकाले परीक्षालाई मर्यादित बनाउन पहल गर्दा विद्यार्थीले आरोप लगाएका हुन् ।’

फेल भयो विद्यार्थीको चालबाजी !

यसअघि २०७३ चैतमा सो कलेजका विद्यार्थीको परीक्षाकेन्द्र जानकी कलेज अफ म्यानेजमेन्टमा तोकिएको थियो । चैत २१ गते छैठौं सेमेस्टरको परीक्षामा कडाइ गरियो । केन्द्राध्यक्ष बलराम झाले क्याम्पसको प्रवेशद्वारमै चेकजाँच गराएर मात्र परीक्षार्थीलाई हलमा प्रवेश दिए । सो क्रम चैत २४ को परीक्षामा पनि जारी रह्यो ।

त्यसपछि ७६  जना परीक्षार्थीले अहिलेको वर्षजस्तै ‘हतकण्डा’ अपनाए । परीक्षा बहिष्कार गरेर डीनलाई दबाब दिन विराटनगर पुगे । अन्ततः उनीहरूको दबाबले काम गर्‍यो, परीक्षा केन्द्र परिवर्तन भयो । रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा बाँकी परीक्षा उनीहरूले चाहेजसरी नै सम्पन्न भयो । यद्यपि बहिष्कार गरेको विषयको पुनः परीक्षा भने भएन ।

यसपटक पनि परीक्षार्थीले सोही सूत्र अपनाएका थिए, तर सफल हुन सकेन ।

अन्ततः बहिष्कार गर्ने परीक्षार्थीहरू बाध्य भएर बुधबार अर्को विषयको परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष साहले जानकारी दिए ।

चीट सारेर इञ्जिनियर !

जनकपुरमा चार वर्षे बीई इञ्जिनियरिङ गराउने कलेज सेन्ट्रल इञ्जिनियरिङ कलेज मात्र हो । २०६७ सालदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन लिएर सो कलेज सञ्चालन भइरहेको छ ।

हालसम्म यस कलेजमा २ सय ९८ विद्यार्थी भर्ना भए । त्यसमध्ये १०० जना पास भएर सिभिल इञ्जिनियर बनिसकेका छन् । ७० जना नतिजाको पर्खाइमा छन् भने, बाँकी विभिन्न तहको परीक्षा दिइरहेका छन् ।

सन् २००९ मा उक्त कलेजका २४ जना विद्यार्थी भर्ना भएकोमा २२ जना, सन २०१० मा ४८ मध्ये ४७ जना, सन २०११ मा १७ भर्ना भएको मध्ये ६ जना पास भइसकेका छन् । ‘यस कलेजमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश सरकारी जागिरे छन्, ओभरसियर पदमा कार्यरत ती कर्मचारीहरूले जनही ७ लाख रुपैयाँ शुल्क कलेजमा तिरेका छन्, तर कक्षामा सहभागी भने हुँदैनन्,’ स्रोतले भन्यो ।

यहाँ पढ्ने विद्यार्थी जनकपुरभन्दा बाहिरका नै बढी छन् । ‘हाम्रो कलेजमा इञ्जिनियरिङ पढ्नका लागि काठमाडौं, धादिङदेखि सुर्खेतसम्मका विद्यार्थी  आएका छन्,’ क्याम्पसका व्यवस्थापक बब्लु झाले भने, ‘प्रदेश २ का ८ वटै जिल्लाका विद्यार्थी यहाँ छन् ।’ तीमध्ये अधिकांश सरकारी जागिरे रहेको उनले स्वीकारे । चीट चोर्न पाइन्छ भनेर नै ती विद्यार्थी यस कलेजमा आएका हुन् त ? जवाफमा झा भन्छन्, ‘परीक्षामा चीट चोरी नै नभएको त म भन्दिनँ, तर चोरी होस् भन्ने हामीले पनि चाहेका छैनौं ।’

विद्यार्थीहरूले चिट चोर्न नपाउँदा कतिसम्मको हतकण्डा अपनाउँछन् भन्ने पटक–पटकको परीक्षा बहिष्कारले नै देखाइसकेको छ । यसरी उत्पादन भएका इञ्जिनियरले कस्ता पुल, सडक र भौतिक पूर्वाधार बनाउलान्, त्यो भने सोचनीय विषय छ ।

विश्वविद्यालयको नै शाख गिराउने गरी भइरहेको यस्तो गतिविधिबारे पूर्वाञ्चल विश्वविद्यालयको भने ध्यानाकर्षण हुनसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x