×

NMB BANK
NIC ASIA

भोक कैयौँ प्रकारका हुन्छन्, तपाईंलाई लाग्ने कस्तो हो ?

बैशाख ७, २०७५

NTC
Premier Steels

पेट दुख्नु, पोल्नु या मच्मचाउनुको एउटा कारण भोक पनि हो । यो विषयमा सबै मानिस जानकार छन् । तर, भोक पनि कैयौँ प्रकारका हुन्छन् भन्ने कुराचाहिँ धेरैको सोचाइभन्दा बाहिरको कुरा हो । यद्यपि, भोकका प्रकार पहिचान गर्नचाहिँ जरुरी हुन्छ । किनकि, कहिलेकाहीँ मानिस कम भोक लागेको अवस्थामा पनि बढी खाने गर्छन् । यस्तो अवस्थामा बढी भोजन गर्दा शरीरले अतिरिक्त क्यालोरी ग्रहण गर्न थाल्छ । जसले शरीरको तौल बढ्न जान्छ । भोकका पनि शारीरिक र मानसिक कारण हुन्छन् । यी हुन् भोकका केही प्रकार :

Muktinath Bank

वास्तविक भोक (रियल हंगर)
यस्तो भोक सबैभन्दा महत्वपूर्ण हुन्छ । यस्तो प्रकारको भोक लाग्न जरुरी पनि हुन्छ । किनकि, हरेक मानिसलाई खानाको जरुरत पर्छ । खानाविना मानिस बाँच्न सक्दैन । यस्तो भोकको असर शरीरमा पनि देखिने गर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तो भोक बढी लागेमा वा भोकाएको वेला नखाएको अवस्थामा ब्लडमा सुगरको मात्रा कम हुने, ऊर्जाको कमी, टाउको दुखाइ, पेटमा समस्यालगायतका शारीरिक प्रतिक्रिया देखिन्छन् । यस्तो प्रकारको भोक मेटाउनका लागि स्न्याक्स या फ्रुट्सलाई सँगैको ब्यागमा राख्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

टिभी हंगर
अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनको रिसर्चअनुसार मानिसले अन्यत्र कहीँ ध्यान दिएको अवस्थामा अत्यधिक खाने गर्छ । जसबाट अत्यधिक क्यालोरी पनि ग्रहण गर्छ । शोधकर्ताहरूले भनका छन् कि टिभी अन गर्नुभन्दा पहिले यसबारे राम्ररी सोच्न जरुरी छ कि तपाईंलाई कति भोक छ ।

Vianet communication

बोरिङ अवस्थामा
यदि तपाईं बोरिङ वा तनावपूर्ण अवस्थामा हुनुहुन्छ भने जस्तो स्थितिमा पनि ध्यान सबैभन्दा पहिले खानामा जाने गर्छ । त्यसैले यस्तो समस्याबाट बच्नका लागि सबैभन्दा पहिले आफूलाई व्यस्त राख्नुपर्छ । किनभने, बोरिङ क्षणलाई पनि प्रभावकारी तरिकाले उपयोग गर्न सकियोस् ।

दिनको भोक
लन्च लिएको केही घन्टा बितेपछि प्रायः मानिस चिया पिउने तयारीमा हुन्छन् । यस्तो समय हल्का भोक त हुन्छ नै । यस्तो अवस्थाबाट बच्नका लागि सबैभन्दा राम्रो तरिका भनेको खानाको योजना बनाउनु हो । यस्तो भोकबाट बच्न ब्याग वा अफिसको ड्रअरमा हाई प्रोटिनयुक्त स्न्याक्स राख्न सकिन्छ । जसको प्रयोगले डिनरभन्दा अघि कडा भोक लाग्नबाट बचाउँछ । तर, यस्तो स्न्याक्समा बढी फ्याट भने हुनुहुँदैन ।

स्ट्रेस हंगर
जब तपाईंको मुड खराब हुन्छ वा तनावमा हुनुहुन्छ, त्यतिवेला खानामा ध्यान जाने गर्छ । यस्तो अवस्थामा आफ्नो ध्यानलाई अरू नै कुरामा लगाउनुपर्छ । यस्तो गतिविधिले भोक लाग्ने विचारलाई मस्तिष्कबाट हटाउन सहयोग गर्छ । मनिसले तनावको अवस्थामा १० गुणाभन्दा बढी खाने विभिन्न अनुसन्धानले पत्ता लगाएका छन् ।

विनाभोकको खाना
कुनै–कुनै समय यस्तो हुन्छ कि भोक नलागेको अवस्थामा पनि केही खाने चाहना हुन्छ । यस्तो अवस्थामा खानुपूर्व एकपटक सोच्न जरुरी हुन्छ । व्यस्त समयबाट ब्रेक लिन लागेको वेला यस्तो हुन सक्छ ।

यसो हो भने त्यसको केही समयपछि ब्रेक लिँदा राम्रो हुन्छ । यस्तो गर्दा न भोक लाग्छ न त कुनै खानेकुरा नै खाइन्छ । यस्तो अवस्थाबाट बच्नका लागि रिल्याक्स हुनुभन्दा अन्य विकल्पको छनोट गर्नुपर्छ । यस्तो अवस्थामा हल्का शारीरिक क्रियाकलाप गर्दा पनि राम्रो हुन्छ ।

नयाँ पत्रिकाबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x