×

NMB BANK
NIC ASIA

भारतीय गाडीको ओभरलोड नियन्त्रण नहुँदा नेपाली व्यवसायीलाई मर्का

बैशाख १०, २०७५

NTC
Premier Steels

बुटवल, १० वैशाख– भारतीय मालवाहक सवारी साधनले बोक्ने ओभरलोड नियन्त्रणमा सरोकारवाला निकाय गम्भिर नहुदाँ नेपाली  यातायात व्यवसायीको पेशा धरासायी बन्दै गएको छ । दैनिक जसो ओभरलोडमा आउने भारतीय मालवाहक सवारीलाई नियन्त्रण गर्नुको साटो प्रहरीले उल्टै उनीहरुलाई प्रोत्साहन गर्ने गरेका छन् ।

Muktinath Bank

विशेष  गरि ओभरलोड समस्या समाधानकालागि भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७१ लागू गरेपनि सम्बन्धित सरकारी निकायबाट प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा ओभरलोड समस्या समाधान हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले २०७१ भदौ १ गतेदेखि लागुहुने गरी मालवाहक सवारीको भारवहन नियमन सम्बन्धि कार्यबिधि लागू गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कार्यबिधि कार्यान्वयन गराउने सरकारी निकाय भन्सार कार्यालय, प्रहरी, यातायात व्यबस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्यविधि कार्यान्वयनमा उदासिनता देखाउँदा भारवहन नियन्त्रणकालागि बनेको कार्यबिधि अलपत्र जस्तै भएको हो ।


Advertisment
Nabil box
Kumari

भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७१ मा ६ चक्के मालवाहक ट्रकले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बहन गर्न नपाईने उल्लेख छ । तोकिएको भारबहन क्षमता भन्दा बढी बार बहन गरेमा मालवाहक सवारी साधनले कार्यबिधिले तोकअनुसारको जरिवाना तिरि ओभर लोडको सामान अनलोड गर्ने र उक्त सामानको आफैले जिम्मा लिनु पर्ने उल्लेख छ ।

Vianet communication

त्यस्तै आयात भएको सामानको भार बहन क्षमता मिलान गरेर मात्रै ढुवानीकालागि सम्बन्धि भन्सार कार्यालयले ईजाजत दिनुपर्ने र तोकिएबमोजिम भन्दा बढी भारबहन गर्नुपर्ने सामाग्रिको हकमा सम्बन्धित यातायात व्यबस्था कार्यालयको स्वीकृतिमा मात्रै भन्सार कार्यालयले ढुवानी ईजाजत दिन पाउने कार्यविधिमा छ ।

तर ओभरलोड भएर आएका भारतीय मालवाहक सवारी साधनलाई भने यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरु बताउँछन् । लागू भएको कार्यविधि प्रभावकारी रुपमा कार्यान्वयन गर्नकालागि पटक पटक सम्बन्धित कार्यालयहरुमा आग्रह गरिपनि ती कार्यालयका अधिकारीहरुले वेवास्ता गरेको पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष टिकाराम गौतमले बताए ।

ओभरलोड समस्या समाधान नहुदाँ नेपाली  यातायात व्यवसायीको व्यवसाय धरापमा पदै गएको र ओभरलोडका कारण सडक क्षतविक्षत हुदै गएको अध्यक्ष गौतमले बताए ।
 

भारतीय गाडीको ओभरलोडका कारण नेपाली व्यबसायीहरु आफ्ना सवारी साधन थन्काएर बस्नुपर्ने स्थिती बिकास हुँदै गएको बताउँदै पश्चिमाञ्चल यातायात व्यबसायी समितिका पूर्व अध्यक्ष लोकराज पोखरेलले सरोकारवाला निकाय गम्भिर नहुदाँ समस्या विकराल बन्दै गएको गुनासो गरे । 

भारतबाट वेलहीया तथा कृष्णनगर नाका हुँदै दैनिक नेपाल भित्रिने मालवहाक सवारी साधनमा अत्यधिक ओभरलोड हुने यातायात व्यबसायीहरुले दाबी गरेका छन । ‘जतिपनि भारतीय गाडीहरु नेपाल प्रवेश गर्दछन् ति ट्रकहरुमा अत्याधिक भारवहन हुन्छ जसले गर्दा नेपालका सडकको क्षमताले ति लोड धान्न सक्दैनन र सडक क्षतविक्षत हुनुका साथै अधिक लोडका कारण पुल पुलेसाहरु समेत जोखिममा परेका छन् ।’ 

नेपालमा मात्रै ६२ हजार ट्रक रहेको र ती ट्रकमा प्रत्यक्ष रुपमा सवालाख श्रमिकले रोजगारी पाएपनि सरकारले नेपाली व्यबसायीलाई वेवास्ता गरी भारतीय व्यबसायीलाई काखि च्यापेको गुनासो व्यवसायीको रहेको छ । ओभरलोडको समस्या ट्रक व्यवसायीका मात्र नभई सार्वजनिक महत्वका बिषय भएकाले कानूनले निर्दिष्ट गरेका कुराहरु कानून को परिपालना गर्ने गराउने निकायले नगरी कानूनकै वर्खिलाप भएको समेत व्यवसायीले गुनासो गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x