×

NMB BANK
NIC ASIA

३३ किलो सुन प्रकरण– सुन तस्करीका अभियुक्तको पक्षमा बहस गर्दै सांसद इजलासमा

जेठ ७, २०७५

NTC
Premier Steels

विराटनगर, ७ जेठ– एक नम्बर प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् । 

Muktinath Bank

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा वहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को भावना बिपरित उभिएका हुन् । 
जिल्ला अदालत मोरङको इजलाशमा जारी थुनछेक वहसमा आइतवार प्रतिवादी नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बहस गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको सरकारवादी मुद्दामा सांसद समेत रहेका अधिकारीले प्रतिवादीको पक्षमा बहस परेपछि उनी विवादमा तानिएका हुन् । 


Advertisment
Nabil box
Kumari

राज्य संचालनको ३ अंग कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका एक अर्काका लागि कानून कार्यान्वयन र बिधिको शासन सिकाउने संस्थाका रुपमा स्थापित निकाय हुन्   । सरकारवादी मुद्दामा  ब्यवस्थापिका संसदका सदस्य नै प्रतिवादीको पक्षमा बहसमा उत्रिनु अश्वभनिय र नैतिकता बाहिरको बिषय बनेको न्यायीक क्षेत्रका जानकारहरु बताउँछन्  । बहसका क्रममा उनले राम्रो काम गर्ने प्रहरीलाई फसाउन खोजिएको बताए । 

Vianet communication

माथिल्लो निकायबाट आएको निर्देशन बमोजिम प्रहरी अधिकारी पक्राउ गर्न आउँदा सञ्जेललाई फसाइएको अधिकारीको जिकिर छ । 

प्रदेश नम्बर १ को  प्रदेश सभा बैठकमा केही दिन अघिको शून्य समयमा बोल्दै सांसदहरुले सुन तस्करी र हत्यामा संलग्नलाई पक्राउ गरी कडा कार्वाहीको माग राखेका थिए । तर त्यही संसदका एक जना सदस्य भने त्यही घटनासँग जोडिएका व्यक्तिको पक्षमा बहस गर्न झोला बोक्दै पुगे ।

कानून व्यवसायी अधिकारी प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए । 

कानून ब्यवसायी अधिकारी कै नेतृत्वमा गठित समितिले प्रदेश सभा नियमावली तयार पारेको थियो । नियमावलीको नियम १७८ (ख) मा समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकुलको ब्यवहार सदैब गर्ने लेखिएको छ ।सोही नियमावलीको नियम १८० मा आचरण अनुगमन समिति गठन गर्ने ब्यवस्था छ । तर प्रदेश सभाले आचरण अनुगमन समिति गठन गरेको छैन ।

अधिकारीले अदालतमा बहस गरेपछि समिति गठन गर्ने समेत नैतिक दवाव बढेको छ । अधिकारीले आफू  कुनै न्यायीक समितिमा नभएकोले बहस गर्न अप्ठेरो नपर्ने प्रतिक्रिया दिए ।  आइतवारसम्म ५४ जना प्रतिवादी तर्फका वकिलहरुले प्रतिरक्षा गर्दै बहस गरेका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x