कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं, ७ जेठ -आइतवार प्रहरीले ३९ वटा स्वास्थ्य परीक्षण संस्थाहरूमा छापा मारेर ४८ जनालाई पक्राउ गर्यो । तोकिएको भन्दा बढी शुल्क लिएर वैदेशिक रोजगारमा जानेहरूको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट खडा गरेको भन्दै श्रम मन्त्रालयले आइतवारै गृहमन्त्रालयलाई पत्राचार गरेर धरपक्कड गर्न लगाएको थियो ।
कम्प्युटर, ल्यापटप र अन्य महत्वपूर्ण कागजातसहित कार्यालयमा भेटिएका सञ्चालक, म्यानेजर र अन्य कर्मचारीहरूलाई पक्राउ गरिएको थियो । पक्राउ पर्नेमध्ये रामकुमार श्रेष्ठ कांग्रेसनिकट व्यवसायी मानिन्छन् ।
आइतवार साँझ प्रहरीले भीएलएन, वान स्टेप सेन्टर, जीएसजी लगायतका संस्थामा छापा मारेर पक्राउ गरेकामध्ये जीएसजीका सञ्चालक गोविन्द थपलिया रिहा भइसकेका छन् ।
थपलिया नेपाल प्रहरीका पूर्वडीएसपी हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा जाँदा थपलिया पनि सँगै गएका थिए । नेपाल प्रहरीको डीएसपी पदमै कार्यरत रहँदा भ्रष्ट्राचार मुद्दामा मुछिएका थपलिया त्यसपछि सेवानिवृत्त भएपछि स्वास्थ्य परीक्षण व्यवसाय सञ्चालन गरेर बसेका थिए ।
तर उनी पक्राउ परेर पनि छुट्नुमा राजनीतिक पहुँचलाई प्रमुख कारण मान्न थालिएको छ । कांग्रेसका एक नेताले नाम नबताउने शर्तमा श्रेष्ठलाई कांग्रेसप्रति आस्था राख्ने भएकोले समातेको र थपलियालाई सत्तापक्षसँग निकट रहेको आधारमै तत्काल रिहा गरिएको आरोप लगाए ।
यद्यपि थपलियालाई के कारणले छाडिएको हो भन्ने हालसम्म पुष्टि हुन सकेको छैन । पक्राउ गरिएकाहरूलाई ठगी मुद्दाअन्तर्गत कारवाही गर्ने प्रहरी स्रोतले जनाएको छ ।
स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्का भने फरार छन् । उनले नेपालमा परीक्षणको लागि भनेर बायोमेट्रिक प्रविधि भित्र्याउन पहल गरेका थिए र तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले बायोमेट्रिक प्रणाली लागू गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिन्डिकेटको कुनै पनि स्वरूपलाई स्वीकार नगर्ने भन्दै बिहीवार पत्रकार सम्मेलन गरी बायोमेट्रिक प्रणाली खारेजीको घोषणा गरेका थिए । त्यसलगत्तै गृह मन्त्रालयलाई पत्राचार गरेर स्वास्थ्य परीक्षणको नाममा सिन्डिकेट खडा गर्नेहरूलाई पक्राउ गरेर कारवाही गर्न अनुरोध गरिएको थियो ।
बायोमेट्रिक प्रणाली भनेको व्यक्तिको आँखा, अनुहार, हात आदिको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो । काठमाडौंस्थित मलेसियन दूतावासले गत २०१५ जनवरी १५ देखि मलेसिया जाने कामदारहरूको बायोमेट्रिक विवरण संकलन गर्न र स्वास्थ्य परीक्षण थाल्न भनेर नेपाल सरकारलाई पत्र पठाएको थियो ।
केही स्वास्थ्य माफियाको प्रभावमा आएर तत्कालीन श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले ६ महिनाको परीक्षण अवधि भन्दै नेपालमा बायोमेट्रिक प्रणाली शुरु गरेका थिए । तर परीक्षण अवधि सकिएपछि पनि बायोमेट्रिक प्रणाली रोकिएन । परीक्षण अवधि सकिएपछि सो प्रणाली स्वतः गैरकानूनी भएको थियो ।
आफूले कामदार लिने १५ मुलुकमा त्यस्तो प्रणाली लागू गर्न लागेको भन्दै नेपालमा त्यो कार्यान्वयन गर्न त्यहाँको एक कम्पनीलाई एजेन्ट कम्पनी तोकेको थियो। तर तत्कालीन संसदको अन्तर्राष्ट्रिय श्रमसम्बन्ध समितिले विना कुनै अध्ययन बायोमेट्रिक प्रणाली लागू गर्न नहुने सिफारिस सरकार समक्ष पेश गरेको भए पनि प्रणाली रोकिएको थिएन ।
बायोमेट्रिकको खारेजीअगाडि मलेसिया जाने कामदारहरूले शुरुमै १ सय २५ मलेसियन रिंगेट तिर्नुपर्थ्यो । अलि पहिलासम्म डलरमा तिर्नुपर्ने उक्त रकम मलेसियाको बेस्तिनेट कम्पनीलाई जान्थ्यो ।
उक्त रकम नेपालीमा रूपान्तरण गर्दा ३ हजार ३ सय ७५ रुपैयाँ 'माइग्राम्स रजिस्ट्रेसन' भन्दै बायोमेट्रिक प्रणालीमार्फत् मलेसिया पुग्थ्यो । वार्षिक करोडौं रुपैयाँ देशबाट बायोमेट्रिक प्रणालीको नाममा बाहिरिएको विषयलाई यो भन्दा अघिका सरकार र श्रममन्त्रीहरू टुलुटुलु हेरिरहेका थिए ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...