
काठमाडौं, ९ जेठ -रुसमा आगामी महिना हुने फुटबल विश्वकपको तयारीमा रहेको साबिकको उपविजेता अर्जेन्टिनालाई गम्भीर धक्का लागेको छ ।
टोलीका नियमित गोलकिपर सर्जियो रोमेरोले घुँडाको चोटका कारण विश्वकप गुमाउने भएको अर्जेन्टाइन फुटबल एसोसिएसन (एएफए)ले ट्वीटमार्फत जनाएको छ ।
मंगलबार बिहान घोषित २३ सदस्यीय टोलीमा रोमेरोको नाम समावेश थियो । तर अभ्यासका क्रममा दाहिने घुँडामा चोट लागेपछि उनी टीमबाट बाहिरिएका छन् ।
टोलीमा रोमेरोसँगै विली क्याबाएरो र फ्रान्सो अर्मानीको नाम समावेश थियो । रोमेरो बाहिरिएपछि नहुल गुजम्यानलाई स्थान दिइएको छ ।
रोमेरोको चोटका कारण अर्जेन्टाइन पोस्ट कसले सम्हाल्ने भन्ने अतिश्चितता देखिएको छ ।