×

NMB BANK
NIC ASIA

बूढानीलकण्ठको होटलमा गोरेको ‘सत्कार’, प्रहरीका उच्च अधिकारीसँग ‘गोप्य भेट’ !

जेठ १०, २०७५

NTC
Premier Steels

काठमाडौं, १० जेठ– सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) अहिले मोरङ प्रहरीको हिरासतमा छन् ।  

Muktinath Bank

मंगलवार बिहान काठमाडौंबाट पक्राउ परेका भनिएका गोरेलाई मंगलवार दिउँसै मोरङ जिल्ला अदालतमा उपस्थित गराइएको थियो भने बुधवारदेखि मोरङ जिल्ला अदालतमा उनको बयान लिइँदैछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६९ सालदेखि संगठित रूपमै सुन तस्करीमा लागेका भनिएका गोरे गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याइएको साढे ३३ किलो सुन हराएपछि आफूसँगै काम गर्ने सनम शाक्यको ‘हत्या गरी’ फरार भएका थिए । 


Advertisment
Nabil box
Kumari

विभिन्न व्यापारीको लगानीमा तस्करी गरी ल्याइएको सुन हराएको प्रचार भएपछि गोरेले आफूसँगै काम गर्ने व्यक्तिलाई यातना दिएर सुन खोज्ने नाटक गरेका थिए । यातनाकै क्रममा फागुन १८ गते सनमको मृत्यु भएपछि सुन प्रकरण सार्वजनिक भयो । 

Vianet communication

फागुन १९ गते मोरङ उर्लाबारीको जंगलमा सनमको शव फेला पर्दा गोरे भारत छिरिसकेका थिए । 

यसबीचमा सुन तस्करी र सनम शाक्य हत्याको पछाडिका थुप्रै पात्रहरू सार्वजनिक भए र केही पक्राउ परे । तर यो प्रकरणका मुख्य ‘नाइके’ भनिएका गोरे भने फरार थिए । 

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको छानबिनका लागि गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा गठित समितिले गोरेको व्यापक खोजी गर्‍यो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)मा गोरेविरुद्ध रेडकर्नर नोडिस समेत जारी भयो । तर गोरे भने एकाएक मंगलवार (जेठ ८ गते) बिहान काठमाडौंमै फेला परेको समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो । 

मंगलवार मध्याह्न गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक पौडेलले गोरेलाई काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको बताए । गोरेलाई पक्राउ गर्नकै लागि आफूहरू ३ दिनदेखि मोबाइल समेत अफ गरी भूमिगत रूपमा खटिएको संयोजक पौडेलको भनाइ थियो । 

तर गोरेको ‘पक्राउ’ पछाडिका धेरै यस्ता रोचक घटनाक्रम छन्, जसलाई समितिले लुकाउन खोजेको छ ।

गोरेलाई ‘सम्मानका साथ’ पक्राउ !

फागुन १९ गते भारत पसेका गोरे कलकत्ता, सिक्किम, आसाम र सिलगुढी लगायत क्षेत्रमा बसिरहेका थिए । सिक्किमका केही क्यासिनो व्यवसायीसँग गोरेको चिनजान थियो । सिक्किम सरकारसँग समेत पहुँच भएका क्यासिनो व्यवसायीकै संरक्षणमा गोरे भारतका विभिन्न शहरमा ‘लोकेसन चेन्ज’ गर्दै बसिरहेका थिए । 

जेठ ६ गते (आइवार) दिउँसो झापाको काँकरभिट्टा नाका हुँदै गोरे नेपाल फर्किन्छन् । गोरे मोरङ जिल्ला अदालतमा आत्मसमर्पण गर्ने भनेर भारत पश्चिम बंगालको सिलगुढीबाट नेपाल फर्किएका थिए । उनको साथमा केही मानवअधिकारकर्मी पनि थिए । तर जब गोरे झापाको दमकमा पुगे, सुन तस्करी र सनम शाक्य हत्याकाण्डको छानबिन गर्न गठित समितिका सदस्यसँग भेटघाट भयो ।

६ गतेको साँझ गोरेसहित समितिका सदस्यको वास दमकमै भयो । 

७ गते विहान गोरे आफ्ना मामा (नाम नखुलेका), २ जना मानवअधिकारकर्मी र २ जना समितिका सदस्यसहित काठमाडौंका लागि हिँडे । गाडी बुक गरेर काठमाडौं पुर्‍याइएका गोरेलाई ७ गतेको साँझ काठमाडौंको बूढानीलकण्ठस्थित एक होटलमा राखियो । 

बूढानीलकण्ठको होटलमा गोरेसँग नेपाल प्रहरीका केही उच्च अधिकारीले पनि गोप्य रूपमा भेटेको स्रोतको भनाइ छ । 

छानबिन समितिका संयोजकलगायतसँगको भेटमा गोरेले सुन तस्करीमा संलग्न आफूभन्दा माथिल्लो तहका केही व्यक्तिको नाम पोलेका थिए । तर समितिका संयोजक बाहिरिएपछि सो होटलमा पुगेका प्रहरी अधिकारीले भने ती नाम उल्लेख गरे खतरा हुने बताएपछि गोरेले आइन्दा ती नाम कसैसँग नबताउने बाचा गरेका थिए । 

घरका सदस्यलाई छुट्टै ‘कोचिङ’

अदालतमा आफैं हाजिर हुने भनेर मानवअधिकारकर्मीको रोहबरमा नेपाल आएका गोरेलाई सुन छानबिन समितिका पदाधिकारीले आफ्नो महत्त्व बढाउन ‘पक्राउ गरिएको’ भनेर प्रचार गरेको गोरेका आफन्तको भनाइ छ । ती आफन्तले आफ्नो परिचय भने खुलाउन चाहेनन् ।  

‘गोरे आफैं अदालतमा उपस्थित हुने भनेर नेपाल आएका हुन्,’ गोरेका आफन्तले लोकान्तरसँग भने, ‘तर समितिका मान्छेले ठूलो मेहनत लगाएर पक्राउ गरिएको जस्तो गरी प्रचार गरेका छन् । उनीहरूले पक्राउ नगरे पनि गोरे सोमवार (जेठ ७) गते अदालतमा उपस्थित भइसक्थे ।’

गृह मन्त्रालयको छानबिन समितिले गोरेले अदालतमा आत्मसर्मण गर्न खोज्दा आफूहरूले नियन्त्रणमा लिएको कुरा कसैलाई नभन्न भनेर आफूहरूलाई सचेत गराएको गोरेका परिवारका सदस्यको भनाइ छ । 

‘समितिका सरहरूले गोरे आफैं अदालतमा उपस्थित हुन आएको हो भन्ने कुरा बाहिर नभन्न भनेका थिए,’ गोरेको परिवारका एक सदस्यले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा लोकान्तरसँग भने, ‘बाहिर हामी (समिति)ले पक्राउ गरेको भनेर भन्नु, अन्यथा राम्रो हुने छैन भनेर धम्की पनि दिए ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x