×

NMB BANK
NIC ASIA

हामीहरू जवान र सुन्दर देखिनुपर्ने दबाबमा बाँचिरहेका छौं : मनीषा कोइराला

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार – ‘सौदागर’, ‘१९४२ अ लभ स्टोरी’, बम्बे जस्ता फिल्ममा सशक्त अभिनय गरेकी सुन्दर अभिनेत्री मनीषा कोइराला सन् १९९० को दशकको शीर्ष नायिकामा गनिन्थिन् । अहिले उनी बलिउडमा दोस्रो पारीका लागि तयार छिन् । 

सञ्जय दत्तको जीवनीमा आधारित फिल्म सञ्जूको प्रमोसनमा व्यस्त मनीषाले बलिउडमा जवान र सुन्दर देखनका लागि दबाब खेप्नुपरेको बताएकी छन् । 

केही समयअघि श्रीदेवीको अचानक निधनपछि यस्तो दबाबका बारेमा खुबै बहस भएको थियो । मनीषाले यो दबाबका बारेमा टिप्पणी गरिन्, ‘सुन्दर र जावन देखिने दबाबमा हामीहरू थाहै नपाई स्वास्थ्य खराब गरिरहेका छौं ।

समयसँगै उमेर बढ्दै जाँदा त्यसमा फरक किसिमको सुन्दरता हुन्छ । उमेर बढ्नु एक प्राकृतिक प्रक्रिया हो र उमेरका सबै चरणलाई सबैले पार गर्दै जानुपर्छ ।’

मनीषा थप्छिन्, ‘मेरो उमेरसँग फिट हुने भूमिका निर्वाह गर्न मलाई मन लाग्छ । म २० वा ३० वर्षकी हुँदा गरेको काम आज पर्दामा गर्न सक्दिनँ, त्यसैले उमेरअनुसारको काम गर्नुपर्छ मैले ।’

फिल्म सञ्जूमा सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा रहेकी मनीषा भन्छिन्, ‘म खासमा रणवीरकी आमाको भूमिका गर्न चाहँदिनथिएँ किनकि त्यसपछि मलाई आमाकै भूमिकाको अफर आइरहने सम्भावना रहन्छ । कतै म टाइपकास्ट त हुँदिनँ भन्ने डरले सताइरहन्छ ।’

तपाईंको जीवनीमा फिल्म बन्यो भने तपाईंको भूमिका कसले निर्वाह गरेको राम्रो हुन्छ भनी सोधेको प्रश्नमा उनले आलियाको नाम लिइन् ।

एजेन्सी

Muktinath Bank


 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

बैशाख ५, २०८१

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ ।  काठमाडौंमा बुधवार आयोजित एक कार्यक्रमबीच सार्वजनिक ट्रेलर सार्वजनिक गरिएको हो । चार मिनेट लामो ट्रेलरमा य...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x