×

NMB BANK
NIC ASIA

नेपालमा रग्बी खेलको सम्भावना कति ?

असार ८, २०७५

NTC
Premier Steels

काठमाडौं, ८ असार – काठमाडौंबाट २८ किलोमिटर पर रहेको नेपाल प्रहरी उच्च माध्यमिक विद्यालयमा रग्बी इन नेपाल छ जसलाई स्टार फ्याक्टरी पनि भनिन्छ ।

त्यहाँ ६० किशोर र ६० किशोरीले वर्षैभरि रग्बी खेल्छन् । त्यसैले गर्दा उनीहरू यस वर्षको अन्डर–१४ राष्ट्रिय उपाधि जित्न सफल भएका हुन् ।

यही विद्यालयबाट नेपाल रग्बीको पहिलो राष्ट्रिय सेभेन्स कप्तान नवीन गिरी आएका हुन् । 

गिरीले सन् २०१६ र सन् २०१७ मा एसिया रग्बी डिभेलोपमेन्ट सेभेन्स प्रतियोगितामा नेपाल पुरुषको सेभेन्स टीमको कप्तानी गरेका थिए र त्यसपछि उनी जापानमा अध्ययन र क्लब रग्बी खेल्न गएका छन् । त्यहाँ उनले टोक्यो क्रुुसेडर्स आरएफसी क्लबमा रग्बी खेल्दैछन् ।

नेपाल प्रहरी उच्च माध्यमिक विद्यालयका प्रमुख प्रशिक्षक विजय कार्कीले विद्यालयमा संरचनागत प्रशिक्षण कार्यक्रम चलाएका छन् र विद्यालयले अर्को राष्ट्रिय कप्तान जन्माउने आशा गरेका छन् । 

उपप्रधानाध्यापक हेम चन्दले तालिम सत्रमा उपस्थिति जनाएर युवा खेलाडीको प्रगतिमा सन्तुष्टि जनाए । रग्बी कार्यक्रमलाई विद्यालयको वार्षिक क्यालेन्डरमा समावेश गरेर थप अन्य खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिइने बताउँछन् । 
‘हामीहरू प्रतियोगिताको आतिथ्य गर्ने अनि अन्य विद्यालयलाई पनि यहाँ नियमित खेल्न निमन्त्रण गर्नेछौं,’ चन्दले भने ।

Muktinath Bank

नेपाल रग्बी संघका अध्यक्ष टंकलाल घिसिङले हालै नेपाल रग्बी आयोग गठन गरिएको बताए । विद्यालय रग्बी आयोग गठन भएपछि सबै विद्यालयका रग्बी गतिविधिहरूलाई एकीकृत गर्नेछ र देशभरि थप प्रतिस्पर्धात्मक अवसरहरू प्रदान गर्नेछ ।

रग्बी संघले यसै वर्षको अन्त्यमा रग्बी विश्वकप ट्रफी आयोजनाको तयारी गर्दैछ । अनि उसले गेट इन्टु रग्बी महोत्सवहरू आयोजना गरेर विलियम वेब एलिस ट्रफी देशमा आएकोलाई सेलिब्रेट गर्ने योजना पनि बनाइरहेको छ ।

एसियारग्बी डट्कमबाट
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x