बुटवल, २३ असार-बुटवल उपमहानगरपालिकाले नगरका एकल महिलाका लागि सीपमूलक र आयमूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
उपमहानगरका प्रमुख शिवराज सुवेदीले उपमहानगरमा रहेका एकल महिलाको विस्तृत विवरणसहितको तथ्याङ्क समग्री शुक्रबार बुझ्दै एकल महिलाका लागि आवश्यकतानुसारका सीपमूलक कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।
उपप्रमुख गुमादेवी आचार्यले नगरलाई लैंगिक हिंसामुक्त बनाउने अभियानस्वरुप महिलाका आर्थिक, सामाजिक अधिकारका क्षेत्रमा विशेष कार्यक्रम बनाइने बताउनुभयो ।
उपमहानगरपालिकाको सहयोगमा मानवाधिकारका लागि महिला एकल महिला समूहले नगरभरिका एकल महिलाको तथ्याङ्क संकलन गरी नगरप्रमुख र उपप्रमुखलाई बुझाएको थियो । उक्त समूहमा रहेका नौ महिलाले गत वैशाख १ गतेदेखि नगरका एकल महिलाको तथ्याङ्क संकलन गरेको समूहका अध्यक्ष पवित्रा खनालले जानकारी दिनुभयो ।
समूहका सचिव नारायणी पाटा मगरले एकल महिलाका समस्यासमेत अभिलेखमा समावेश गरिएको बताउनुभयो । नगरमा १८ देखि १०७ वर्ष उमेर समूहका एकल महिला रहेको तथ्याङ्कमा उल्लेख छ ।
सबैभन्दा धेरै एकल महिला वडा नं ११ मा ८८५ जना रहेको समूहका अर्का सदस्य अरुणा श्रेष्ठले जानकारी दिनुभयो । सबैभन्दा कम ६३ जना वडा नं ४ मा छन् ।
एकल महिलामा आर्थिक अवस्था कमजोर, अंशबन्डा नपाइने, नागरिकता बनाउन समस्या हुने, छोराछोरीलाई छात्रवृत्ति, शिक्षा, स्वास्थ्य रोजगारीलगायत साझा समस्या रहेको अभिलेखमा समेटिएको छ । कतिपय एकल महिला भेदभावको शिकार भइरहेको शिक्षा र समाजबाट समेत वञ्चित हुनुपर्ने अवस्था रहेको तथ्याङ्क संकलनमा खटिएकी पाटा मगरले बताउनुभयो ।
सो अवसरमा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत राजनकुमार बिसी, प्रवक्ता रामप्रसाद रेग्मी तथा कार्यपालिका सदस्य र सामाजिक विकास शाखाका प्रमुख भुवाप्रसाद लुइँटेललगायतले तथ्याङ्कले योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको थियो ।
थप समाचार
- राष्ट्रिय वाणिज्य बैंकको जागिर, लिखितको नतिजा सार्वजनिक
- २३ वर्षे युवकले गरे ९१ वर्षीया महिलासँग बिहे, अहिले भयो हंगामा
- अण्डा मांसाहारी कि साकाहारी ? यस्तो छ वास्तविकता
- हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत
- मरेका मान्छे तपाईँको सपनामा आउँछन् ? यस्तो लाग्दोरहेछ अर्थ
- राति निदाउन नसकेमा अपनाउनुस् यी उपाय, केही क्षणमै लाग्छ निद्रा
ताजा समाचार
- १४ वर्षीया बालिका वलात्कार गर्ने ६५ वर्षीय सिंहेश्वर पाण्डेलाई ६ वर्ष जेल
- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो, नेपालमा के हुन्छ ?
- भारतीय क्लबलाई नेपाली टोलीले ८–० गोल अन्तरले हरायो
- विधानबारे काङ्ग्रेसमा छलफल ,अर्को बैठक फागुन १२ मा
- काजी कालु पाण्डेको समाधी स्थल नेपालीको तिर्थस्थलः प्रम ओली
प्रतिक्रिया दिनुहोस